मुख्यमन्त्री पाण्डेलाई मातृ शोक

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई मातृ शोक परेको छ । मुख्यमन्त्री पाण्डेकी आमा मनमाया पाण्डेको आज ८७ वर्षको उमेरमा निधन भएको हो । मुख्यमन्त्री पाण्डेका प्रमुख स्वकीय सचिव उमेश रुपाखेतीका अनुसार मनमायाको आज बिहान ३ बजे काठमाडौँको सितापाइलामा निधन भएको हो । स्वर्गीय पाण्डेका मुख्यमन्त्री पाण्डे,...

गाउँपालिका भवन निर्माणका लागि जग्गा दान

बैतडीको डिलाशैनी गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि स्थानीयले जग्गा दान गरेका छन् । गाउँपालिकाको प्रशासकीय भवन निर्माण, आधारभूत स्वास्थ्य केन्द्र र प्रहरीचौकीका लागि स्थानीयले जमिन दान गरेका डिलाशैनी गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले जानकारी दिनुभयो । गाउँपालिकाको केन्द्र रहेको वडा नं ७ का स्थानीयले प्...

नवौँ राष्ट्रिय खेलकुद : पोखरालाई खेलकुदमय बनाउन महानगरले सघाउने

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल रहेको सहर पोखरा महानगरपालिकाले प्रतियोगिता भव्य बनाउन आफ्नो तयारी सुरु गरेको छ । महानगरले प्रचारप्रसारका माध्यमबाट पोखरालाई खेलकुदमय बनाउन सहरका मुख्यस्थल र महानगरका प्रवेशनाकामा स्वागतद्वार र प्रचार सामग्री राख्ने भएको छ । राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बन...

चौध हजारले जोडे नेपाल टेलिकमको तीव्र गतिको फाइबर इन्टरनेट

चितवनमा १४ हजार ग्राहकले नेपाल टेलिकमको तीव्र गतिको फाइबर इन्टरनेट जडान गरेका छन् । दूरसञ्चार कार्यालय भरतपुरका अनुसार जिल्लाका पाँच पालिकामा पुरानो टेलिफोनको प्रविधिलाई फाइबर इन्टरनेटमा परिणत गरिएको हो । माडी नगरपालिका र इच्छाकामना गाउँपालिका बाहेकका पालिकामा फाइबर इन्टरनेट जडान गरिएको छ । भरतपुर महानगरपालिकाम...

नवरात्रको चौथोे दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

नवरात्रको चौथोे दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथोे कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको चौथोे दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवद...

युएनएफपिएद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

सुदूरपश्चिम प्रदेशका बाढी पहिरो प्रभावितलाई संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए) ले प्रदेश तथा स्थानीय सरकारसँगको समन्वय र साझेदारीमा महिला तथा किशोरीको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी आवश्यक स्वास्थ्य सामग्री, ‘डिग्निटी किट’ र किशोरी किट वितरण गरेको छ । गत हप्ता अविरल वर्षाका कारण गएको बाढीपहिरोबाट सो प्...

भक्तपुर नगरपालिकद्वारा मासु पसल अनुगमन

दसैँ नजिकिएसँगै बजारमा मासु पसललाई कानुनी दायरामा ल्याउने उद्देश्यले भक्तपुर नगरपालिकाले आज कमलविनायक क्षेत्रका मासु पसलको अनुगमन गरेको छ । नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भएको अनुगमनमा अधिकांश पसल दर्ता नवीकरण नगरेको, फोहर रहेको पाइएको छ । समितिका संयोजक गोराले भन्नुभयो, “मासु पसलको अनुग...

त्रिभुवन विमानस्थल वरपर चङ्गा उडाए कारबाही हुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चङ्गा उडाउनेलाई कारबाही हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले एक सूचना प्रकाशित गरी विमानस्थल वरपर चङ्गा उडाउँदा हवाई उडानमा खतरा हुने भन्दै सो कार्य तत्काल रोक्न आग्रह गरेको छ । विमानस्थलमा जहाज उडान तथा अवतरणको समयमा विमानस्थलको आसपासको क्षेत्रमा चङ्गा उडा...

मन्त्रिपरिषद्द्वारा राजस्व परामर्श विकास समिति (गठन) आदेश खारेज

सरकारले नेपाल राजस्व परामर्श विकास समिति (गठन) आदेश, २०७६ खारेज गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यही असोज ११ गते बसेको मन्त्रिपरिषद्का निर्णयबारे आज जानकारी दिँदै केचना कञ्चनजङ्घा पर्यटन विकास समितिको अध्यक्ष र कार्यकारी निर्देशकलाई पदबाट हटाउने निर्णय गरिएको बताउनुभयो । मन...

तनहुँमा आन्तरिक दु्रत डाँक सेवा सञ्चालन गरिँदै

जिल्ला हुलाक कार्यालय तनहुँमा आवश्यक तयारीका साथ आन्तरिक द्रुत डाँक (इएमएस) सेवा सञ्चालन गरिने भएको छ । हुलाकमा प्राप्त भएको डाँक सोही दिनमा वितरण गर्ने गरी सेवा सञ्चालनमा ल्याउन लागिएको हो । विभागले तनहुँलगायत स्याङ्जा, पर्वत र कास्कीमा पहिलो चरणमा आन्तरिक द्रुत डाँक सेवा सञ्चालनका लागि परिपत्र जारी गरेको छ । हुलाक...