अर्थमन्त्री महतको दाबीः नेपालमा लगानी गर्नका लागि यथेष्ट इच्छाहरु प्रकट भइरहेका छन्

शनिवारबाट काठमाडौंमा शुरु भएको मार्केटिङ समिट २०२४ को उद्घाटन समारोहमा बोल्दै उहाँले भारत, चीन, अमेरिकालगायतका मुलुकका उद्यमीहरुले नेपालमा लगानी गर्न यथेष्ट चाहना राखेको बताउनुभएको हो । उहाँले नेपालका अर्थतन्त्रका सबै सूचकहरु सकारात्मक रहेकाले पनि नेपालमा लगानीको अभाव नहुने दोहोयाउनु भयो । अर्थमन्त्री महतले मुलुकका आर्थिक गतिविधि विस्तारै अघि बढेको उल्लेख गर्दै यसलाई बढावा दिन सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले सरकारले नेपालमा लगानी भित्र्याउनका लागि आगामी वैशाख १६ र १७ गते हुने लगानी शिखर सम्मेलनमा लगानी भित्र्याउनका लागि उपयुक्त खालका परियोजनाहरु प्रश्तुत गर्ने तयारी भइरहेको पनि बताउनु भयो ।
अर्थमन्त्री महतले भन्नुभयो, ‘अहिले हाम्रा सबै आर्थिक इन्डिकेटरहरु पोजिटिभ छन् । त्यसमा कुनै समस्या छैन । इन्टरनल इण्डिकेटरहरु पनि पोजेटिभ भइराखेका छन् । ब्याजदर घटेको छ । शेयर मार्केट उकालो लागेको छ । र, आर्थिक गतिविधि पनि बिस्तारै बढिराखेको छ । अहिलेको आवश्यकता छ–पोजेटिभ न्यारेटिभ्स विकसित गर्न जरुरी छ । अहिलेसम्म हामीे धेरै नेगेटिभ कुराहरु ग¥यौं । त्यसले गर्दा हाम्रो आत्मविश्वास कमजोर भयो । अहिले पोजेटिभ इन्डिकेटर आइरहेको अवस्थामा हाम्रो व्यापार, व्यवसायको कन्फिडेन्स बढछ । उपभोक्ताहरुको पनि कन्फिडेन्स बढछ । त्यसले लगानी बढाउँछ । नेपालमा लगानी गर्न सक्ने नेपालीहरु छन् । उनीहरुले नेपालमा गर्न नसक्ने भन्ने केही पनि छैन । त्यसकारण मलाई लाग्छ कि अब यो उपयुक्त समय हो कि पोजेटिभ न्यारेटिभ्सका साथ अगाडि बढौं । र, आत्मविश्वास जगाऔं । योसँगसँगै धेरै कुरा पोजेटिभ भएर जान्छ भन्ने मलाई लागेको छ । अहिले हामीले यो वैशाखमा अप्रिल २८, २९ मा इन्भेष्टमेण्ट समिट नेपालमा हामी गर्दैछौं । बाहिरबाट पनि नेपालमा लगानी गर्नका लागि एथेष्ट इच्छाहरु प्रकट भएको छ । भारत, अमेरिका, चीनलगायतका देशहरु पनि नेपालमा लगानी गर्न धेरै इच्छुक छन् । मन्त्री महतले नेपालको आर्थिक क्षेत्रको अवस्थामा सुधार ल्याउनका लागि आत्मविश्वास जगाउनुपर्ने आवश्यकता पनि औंल्याउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार