काठमाडौं ।
ढुंगा तस्करले सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा
अवैध ढुंगाखानी सन्चालन गरेका छन् । जुगल गाउँपालिका (६को हगाम र बिशिंखर क्षेत्रमा तस्करले
अवैध रुपमा ढुंगाखानी सन्चालन गरिरहेको पाईएको हो । सार्वजनिक जग्गाबाट शुरु गरेको अवैद्य उत्खनन स्थानीयलाई थाहै नदिई स्थानीयको जग्गामा समेत अवैध उत्खनन गरिरहेको पाईएको छ ।
डिएस इन्डस्ट्रीज प्रालि नामक कम्पनीले अवैद्य रुपमा ढुंगा उत्खनन गरेर विक्री वितरण गरिरहेका छन् ।
सार्वजनिक जग्गामा उत्खनन गरिरहेका कम्पनीले स्थानीयको जग्गामा समेत अवैध उत्खनन गरेपछि अहिले स्थानीयले विरोध गरेका छन् । स्थानीयका अनुसार अधिकांश स्थानीयको बिसौं रोपनी जग्गा कब्जा गरेरै दादागिरी शैलीमा ढुंगा उत्खनन भईरहेको बताईएको छ । यति सम्म कि कम्पनीले स्थानीय जग्गा धनीलाई थाहै नदिई रातारात करोडौको ढुंगा उत्खनन गरिरहेका छन् तर सम्बन्धित निकाय मौन रहँदा आफूहरुको जग्गामा समेत अवैध खानी सन्चालन भईरहेको स्थानीयको गुनासो छ । त्यसो त खानी नै सन्चालन गर्ने नै हो भने स्थानीयको समेत सहमति चाहिन्छ तर स्थानीय जग्गा धनीलाई वेवास्ता गर्दै दादागिरी शैलीमा खानीसम्म स्थानीय कै जग्गाबाट मोटरबाटो लगिएको स्थानीय बताउँछन् ।
स्थानीयको जग्गा कब्जा गरेरै खानी सन्चालन गरेपछि अब भने स्थानीय चुप नबस्ने बताएका छन् । यदि डिएस इन्डस्ट्रीजले दादागिरी र्शैलीमै प्रश्तुत हुने हो भने आफुहरु पनि सम्बन्धित निकायको ढोका सम्म जाने स्थानीयले बताए । आफनो जग्गामा भएको करोडौको स्लेट ढुंगा अवैध तस्करी भएपछि जग्गा भएका स्थानीयहरुले विरोधको कार्यक्रम समेत गर्ने जनाएको छ ।