काठमाडौं । हुदै नभएको अमेरिकी संस्थामा पैसा डिपोजिट गर्दा करोडौ हुने भन्दै सोझा साझालाई ठग्दै हिड्ने एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले काभ्रे बिसनडांडाका दिल बहादुर घिसिङलाई पक्राउ गरेको हो । उनले हुदै नभएको अमेरिकी संस्थामा रकम जम्मा गर्दा थप पैसा आफै बढ्ने भन्दै एक करोड भन्दा बढी ठगी गरेको पाईएको हो । गाउँका सोझा सोझालाई सुन राखे सुन बढेर आउने पैसा दिए पैसा बढेर एक लाखको एक करोड हुने भन्दै विभिन्न प्रलोभनमा पारेर ठगी गरेको बुझिएको छ । ठग दिल बहादुरले सिन्धुली मरिण गाउँपालिका २ सोझा गाउँलेसंग सुन र लाखौ रकम ठगी गरेको बुझिएको छ । त्यस्तै घिसिङले रौतहटमा समेत ठगी गरेको पाईएको छ । उनले पैसा डिपोजिट गर्दा मासिक चामल समेत आउने भन्दै सर्वसाधारणलाई प्रलोभनमा पारेर ठगी गरेको पीडितहरु बताउँछन् । पीडितका अनुसार बैंक खाता नभएका गाउँलेलाई आफै बैंकमा गएर खाता खोल्न लगाएर पैसा समेत डिपोजिट गर्न लगाएको बताए । आईतबार मात्र घिसिङबाट ठगीएकाहरु जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सम्पर्कमा पुगेका छन् ।