नेपाली काँग्रेसको मिसन सुशासन र समुन्नत नेपाल होः उपसभापति गुरुङ

काठमाडौं ।आईतवार नेपाली काँग्रेसको मुखपत्र नेपाल पुकारको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उहाँले नेपालको राजनीतिमा सुशासनको खडेरी परेको उल्लेख गर्नुभयो । अहिले केही राजनीतिक दलहरु मिसन २०८४ भनेर हिँडिरहेको भएपनि काँग्रेसको मिसन सुशासन र समुन्नत नेपाल रहेको बतउनु भयो । उहाँले काँग्रेसले पार्टीलाई विचार प्रधान बनाएर लैजानुपर्ने बताउनु भयो । उहाँले चुनावमा मलाई जिताइदिनुस् भन्ने मिसन बोक्दा देश बिग्रिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आज नेपालको राजनीतिमा सुशासनको खडेरी परेको छ । त्यस कारणले गर्दा अब नेपाललाई फेरि सुशासनमा पु¥याउन, सुशासनको रोडम्यापमा ल्याउन जरुरी छ । आज हामी एक प्रकारले दिक्क पनि भइसकेका छौँ । जति सफा गर्न खोज्यो उति नै फोहोर, जति फाइल खोल्दै गयो, उति नै फोहोरमात्र देखिन्छ, अफ्ठ्यारो छ नि । त्यसकारले गर्दा पनि नेपाली काँग्रेसले लिने बाटोको सन्दर्भमा सुशासन नै हो । अहिले कता कता सुन्छु नि म, मिसन २०८४ ।

तर म भन्छु मिसन सुशासन नै हो, मिसन समुन्नत नेपाल नै हो नेपाली काँग्रेसका लागि । हामीले विचार प्रधान बनाएर लैजानुपर्छ । चुनावमा जिताइदेउ भन्ने मात्रै मिसन होइन हाम्रो । चुनावमा मलाई जिताइदिनुस् भन्ने मिसन बोक्दा मात्रै न देश बिग्रिएको छ । अहिले नेपाली राजनीतिमा जुन ढंगबाट विचार भन्दा पनि अरु नै चिज प्रधान बनेर आएका कारणले गर्दा पनि नेपाली राजनीतिमा सानातिना उथलपुथलका झिल्काहरु देखिन थालेका छन् । हामी सुध्रिन आवश्यक छ ।’उपसभापति गुरुङले नेपाली राजनीति, संसदीय पद्धतिमा र बहुदलमा एउटा पार्टीको नेताले अर्को पार्टीको नेतालाई गाली गरेर बस्ने डरलाग्दो परिपाटी देखिएको बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार