काठमाडौँ । बिहीवार संघीय संसद सचिवालयद्वारा १७ औँ संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुख रानाले संविधानले उपलब्ध गराएका अधिकारहरु जनताले महशुस गर्न पाउनुपर्ने बताउनुभएको हो । उहाँले कसैले पनि संविधानको बिरोधमा बोल्ने आँट गर्न नसक्नेगरी अधिकारहरु जनताले पाउनुपर्ने बताउनु भयो । उहाँले संविधानमा उल्लेख गरिएका समावेशिताका कुराहरु हरेक क्षेत्रमा लागु हुनुपर्ने बताउनु भयो । उहाँले जातिय र वर्गिय आधारमा पनि समावेशिता कायम गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो – कर्मचारीहरुलाई हरेक महिना केही न केही अवसर दिनुपर्छ । तालिम लिने अवसरहरु दिनुपर्छ । सांसदहरु विभिन्न देशमा गएर ज्ञान साटफेर गर्छौ भने कर्मचारीले पनि सिक्नु आवश्यक छ । त्यसो भएर यता बोलाएर हुन्छ कि अरु देशमा गएर हुन्छ कि उहाँहरुलाई कसैलाई पनि विभेद नहुने गरेर कार्यक्रमहरु हुनुपर्छ । हाम्रो संविधानले उपलब्ध गराएको जतिपनि अधिकारहरु छ, त्यो जनताले महशुस गर्न पाउनुपर्छ । ताकि अरुले संविधानको विरोधमा बोल्ने आँट नगरोस् । संविधानमा जुन लेखिएका छन्, समावेशिताका कुराहरु, हरेक कुराहरु हामीले छानविन गर्दाखेरी समावेशिता हुनुपर्छ ।
उपसभामुख रानाले संघीय संसदका कर्मचारीहरुलाई हरेक महिना नयाँ–नयाँ अवसरहरु दिनुपर्ने बताउनु भयो । उहाँले कर्मचारीहरुलाई तालिमको व्यवस्था गर्नुपर्ने र विभिन्न देशमा अनुभव आदान–प्रदानका कार्यक्रमहरुमा समावेश गराएर वृत्ति विकास गराउनुपर्ने बताउनु भयो ।