कामदारमाथि लाग्दै अाएको शुल्क हटाइदिन मलेसियासँग नेपालको अाग्रह

काठमाडौँ । सरकारले नेपाली कामदारमाथि लाग्दै अाएको बढी शुल्क हटाइदिन मलेिसया सरकारसँग कुटनीतिक पहल शुरू गरेको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बढी शुल्क हटाइदिन मलेसियाका विदेशमन्त्री टाडो सैफुद्दिन अब्दुल्लाहलाई आग्रह गरेका हुन् ।

परराष्ट्रमन्त्रालयका अनुसार मन्त्री ज्ञवालीले मलेसियाका नवनियुक्त विदेशमन्त्री अब्दुल्लाहलाइ टेलिफोन गरी आग्रह गरेका हुन् । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारमाथि बढी शुल्क लाग्दै आएको छ । सरकारले बढी शुल्क लिने नेपाली व्यवसायीलाई कारबाही प्रक्रिया पनि अगाडि बढाएको छ ।

जवाफमा नेपाली कामदार माथि लाग्दै आएको बढी शुल्कको विषयमा आफूले गम्भीरतापूर्वक लिने विश्वास मलेसियाका विदेशमन्त्रीले परारष्ट्रमन्त्री ज्ञवालीलाई दिएको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार