नयाँ समीकरणमा जनमतको बटमलाइन मधेशको मुख्यमन्त्री

२३ फागुन, काठमाडौं ।  जनमत पार्टीले सत्ता गठबन्धन र नेपाली कांग्रेस दुवैतिर सम्वाद गर्ने भएको छ । केन्द्रीय कार्यालय मध्य बानेश्वरमा बसेको बैठकले दुवैतिर सम्वाद गर्ने निर्णय गरेको हो । दुवैतिर सम्वाद गर्ने निर्णय गरेको जनमतले मधेश प्रदेशको नेतृत्वलाई बटमलाइन बनाएको छ ।
‘हाम्रो बटमलाइन मधेश प्रदेशको मुख्यमन्त्री हो, त्यसलाई आधार मानेर हामी छलफलमा छौं । मधेशमा अहिले जनता समाजवादी पार्टी (जसपा) का नेता सरोजकुमार यादव मुख्यमन्त्री छन् ।केही समय अगाडि जनमतले यो सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । नयाँ सत्ता समीकरणसँग जनमतले मधेशकै नेतृत्व दावी गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार