विराटनगर । साढे ३३ किलो सुनको तस्करी प्रकरण र सनम शाक्यको हत्या सम्बन्धमा जिल्ला अदालत मोरङमा ६ जनाको बयान शुरू भएकाे छ ।
जिल्ला न्यायाधीश नारायण शर्मासमक्ष उनीहरुको बयान लिने काम शुरू भएको स्रेस्तेदार नवराज दुलालले बताए । अाराेपितहरू टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मदनप्रसाद घिमिरे, नरेन्द्र कार्की, राजन कुमार र मोहन काफ्लेसँग वयान लिन शुरू भएकाे हाे । बयान लिने काम शुक्रबार पनि जारी रहनेछ ।
निजहरुमाथि आपराधिक समूह स्थापना र सञ्चालन, सुनचाँदीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाइएको छ । जिल्ला अदालत मोरङमा पक्राउ परेका २९ जनामाथि मुद्दा दर्ता भएको छ ।

282 पटक हेरिएको 

