त्रिशुली दुर्घटना अपडेटः सिँचाइ सचिवकाे शव भेटियाे, २ जना अझै वेपत्ता

धादिङ, २७ माघ । धादिङकाे बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटमा सवारी दुर्घटनामा परेका सिँचाइ सचिव रामानन्द यादवको शव भेटिएकाे छ । दुर्घटनामा दुई जना बेपत्ता भएका छन् ।

सशस्त्र प्रहरीको गोताखोर टोलीले उहाँको शव पानीबाट बाहिर निकालेको हो । दुर्घटनामा सचिवका यादवका छोरा सञ्जय र एक किशोरी नदीमा बेपत्ता भएका छन् ।

नारायणघाटबाट काठमाडौँतर्फ जादै गरेको बा.२ झ ३१४० नं को जीप सलाङघाटबाट आज बिहान त्रिशूली नदी खस्दा सचिव यादव त्रिशूली नदीमा मृत अवस्थामा भेट्टिएको धादिङका प्रमुख जिल्ला अधिकारी श्याम भण्डारीले जानकारी दिनुभएको छ ।

जीप चालक निराजन यादवलाई घाइते अबस्थामा उद्धारगरी उपचारको लागी काठमाडौ पठाइएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमिल्सिनाले जानकारी दिए । दुर्घटना भएको जीपलाई गोताखोर टोलीले बाहिर निकाल्ने प्रयास गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार