गाजामा प्यालेस्टाइनीहरुको मृत्यु हुनेको संख्या १८ हजार ४ सय नाघ्यो

 

 

 

गाजामा प्यालेस्टाइनीहरुको मृत्यु हुनेको संख्या १८ हजार ४ सय पुगेको प्यालेस्टाइनले जनाएको छ ।
अक्टोबर ७ मा हमास–इजरायल द्वन्द्व शुरु भएपछि गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या १८ हजार ४ सय नाघेको हो ।

साथै मंगलवार वेस्ट बैंकको जेनिन शहरमा इजरायली ड्रोन आक्रमणमा कम्तीमा चार प्यालेस्टाइनीको मृत्यु भएको छ । इजरायली सेनाले मंगलवार जेनिन शहर र यसको शरणार्थी शिविरमा छापा मारेको थियो ।

धेरै घण्टासम्म चलेको सैन्य कारबाहीमा ४ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार