सुनकोशी गाउँपालिकाको केन्द्र विवाद, केन्द्र सार्ने खेलमा पालिका अध्यक्ष, जग्गा दानको सूचनाको नाटक

 

 

 

 

 

 

 

 

सिन्धुपाल्चोक । स्थानीय सरकार कति सम्मको निकम्मा हुन्छन् भन्ने हेर्न सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका पुग्दा हुन्छ । नेपालमा संघियता शुरु भएसंगै स्थानीय निकायको दोस्रो कार्यकालको पनि वर्ष वित्न लागि सक्यो । ६ वर्ष पुग्नै लाग्दा पनि अझै सम्म गाउँपालिकाको केन्द्र तोक्न सकेको छैन । पालिका हाँक्ने जनप्रतिनिधीहरु केन्द्र विवाद मै अल्झिएका छन् । त्यसोत केन्द्र तोकेर भवन निर्माण गर्ने सम्मको निर्णय पहिलो तत्कालिन पालिका अध्यक्ष दिनेश जिसीको कार्यकालमै कार्यपालिका र गाउँ सभाबाटै सर्बसम्मत निर्णय भएको थियो जहाँ पालिकाको वडा नं ३ पर्ने सियालेमा ६ रोपनी वनको जग्गा स्विकृती समेत पाईसकेको थियो तर अहिले फेरि नयाँ वर्तमान अध्यक्ष टपेन्द्र प्रसाद तिमिल्सिनाले जग्गा नभएको भन्दै स्विकृत वडा नं ३ बाट केन्द्र अन्तै सार्ने प्रपन्चमा लागेको पाईएको छ । यसको प्रमाणको रुपमा यो गाउँपालिकाको सूचनालाई लिन सकिन्छ ।

यो हालै मंसिर २२ गते सुनकोशी गाउँपालिकाले निकालेको सार्वजनिक सूचना । सूचनाको विषयमा भनिएको छ । निशुल्क जग्गा उपलव्ध गराउने सम्बन्धमा । जुन सूचनामा गाउँपालिकाको हाल सम्म प्रशासनिक भवन निर्माणका लागि जग्गा उपलव्ध नभएको भन्दै स्थानीयसंग ६ रोपनी जग्गा दानमा दिन भनिएको छ ।

यो सूचना बाटै प्रष्ट हुन्छ । जहाँ गाउँपालिकाको केन्द्र तोकिएको छैन तर भवन निर्माणको लागि भन्दै जग्गादानको आह्वान गरेका छन् । यो सूचनाको अहिले स्थानीयले भने विरोध गरेका छन् । सबैलाई पायक पर्ने स्थान भनेको पहिले तोकिएको वडा नं ३ को सियाले नै भएकोले अहिले पनि सर्वसम्मत रुपमै सियालेमै केन्द्र हुनु पर्ने स्थानीयको माग छ ।

त्यसो त स्थानीय जनप्रतिनिधी वडाध्यक्षहरुको पनि एउटै स्वर छ । सियाले मै पाएक पनै भन्दै पार्टीगत हिसावले गर्दा सियालेबााट अन्तै केन्द्र सार्न खोजेको हुन सक्ने उनीहरुको भनाई छ ।
तर यता गाउँपालिका अध्यक्षको फेरि आफनै भनाई छ । आन्तरिक स्रोत नभएको कारण निशुल्क जग्गा उपलव्ध गराउनका लागि सार्वजनिक सूचना निकालिएको अध्यक्षको दावी छ ।
अध्यक्षको दावी जे जे भए पनि केन्द्र सार्नैकै लागि अध्यक्ष आफै लागेको स्थानीयको आरोप छ । यति मात्र होइन , अध्यक्षले एकातिर आन्तरिक स्रोत नभएको कारण जग्गादानको आह्वान गरिरहेका छन् भने पालिका कै खर्चमा आफनो नीजि स्वकिय सचिव र सल्लाहकार समेत राखेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार