आईटी माफिया विकल पौडेल पटक पटक भ्रष्टाचारी ठहरिए पनि पौडेलसंग जोडिएका अन्य आईटी माफिया भने खुलेआम हिडिरहेको पाईएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका लागि उपकरण खरिदमा अन्य आईटी माफिया पनि संलग्न गरेको भन्दै भ्रष्टाचारको मुद्दा दायर गरे पनि अझै सम्म फायल अघि बढेको छैन । ती मध्ये एक हो म्याक्स इन्टरनेशनलका मालिक अकबर हुसेन, जो विकल पौडेलका पार्टनर हुन् । अमेरिकी पीआरधारी विकलले सुरक्षण मुद्रण केन्द्रका लागि म्याक्स इन्टरनेसनलसँग झन्डै ४१ करोड उपकरण खरिद गर्दा भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । अख्तियारले उपकरण आपूर्तिकर्ता म्याक्स इन्टरनेसनलका मालिक अकबर हुसेनलाई समेत भ्रष्टाचार मुद्दा लगाएको छ तर राजनीतिक भनसुनले उनी बच्दै आईरहेका छन् । यति सम्म कि विकल पौडेल दोस्रो पटक भ्रष्टाचारी ठहर हुदा समेत हुसेनका मुद्दा भने अझै अघि बढाईएको छैन ।
को हुन त ? अकबर हुसेन
अकबर हुसेन कुनै समय पुतलीसडकमा सामान्य ल्यापटप पसल चलाउने व्यक्ति हुन् । राजनीतिक छत्रछायामा आफनो धन्दा चलाउने हुसेन केही वर्षको अन्तरालमै अर्बपति हुन पुगे , अहिले उनको पुतलीसडक कमलादीमा आफनै आईटी प्लाजा संचालनमा छ ।
कसरी जोडे त ? अर्बौको सम्पत्ति ?
हुसेनले सरकारी राजश्व छली देखि सरकारी ठेक्का पट्टामा घोटला गर्ने गर्थे ,त्यति मात्र होइन नीजि कम्पनीलाई सामान सप्लाई गर्दा कम्पनीको कर्मचारीसंग मिलेमतोमा बढी बिलिङ गरेर कमाउ धन्दा चलाउँथे । अहिले पनि उनको धन्दा त्यस्तै कम्पनीको कर्मचारी र सरकारी कर्मचारीसंग मिलेर ओभर विलिङ गर्ने र मंहगो मँहगो कम्प्युटर र ल्यापटप खरिदमा भन्सार छली गर्ने गर्दै आईरहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग गत वर्ष वैशाखमा विकल पौडेलसहित नौ जना विरुद्ध सुरक्षण मुद्रण केन्द्र स्थापनामा अनियमितता गरेको आरोपमा मुद्दा दायर गरेको थियो । पौडेललाई सुरक्षण मुद्रण केन्द्र स्थापनामा ४० करोड अनियमितता गरेको भन्दै दुई वर्ष कैद र २५ करोड ४७ लाख बिगो भराउने फैसला गरिसकेको छ । भने दोस्रो पटक पनि पौडेलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको छ । उनीमाथि झुटा विवरण पेश गरेर सचिव सरहको पद लिएको आरोपमा थप ६ महिना कैद समेत सजाय तोकेको छ । पौडेल सहित अन्य चार जना भ्रष्टाचारी ठहर भईसकेको छ भने अन्य चार जनालाई विशेष अदालते सफाई दिईसकेको छ । तर अकबर हुसेन भने राजनीतिक पावरका कारण उनी अझै बच्दै आईरहेका छन् । पटक पटक विकल पौडेल भ्रष्टाचारी ठहरिदा हुसेनलाई भने नो टेन्सन ।