संसद सेवामा कार्यरत कर्मचारीहरुको सेवा, सुविधा बढाउन प्रयत्न गर्छुः मन्त्री गुरुङ

 

 

 

 

 

 

काठमाडौँ । बिहीवार संघीय संसद सचिवालयद्वारा १७ औँ संघीय संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले संसद सेवामा कार्यरत कर्मचारीहरुको सेवा, सुविधा बढाउन प्रयत्न गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । उहाँले यस सन्दर्भमा अर्थमन्त्री र प्रधानमन्त्रीसँग छलफल गर्ने बताउनु भयो । उहाँले पहिलो र दोस्रो संविधान सभाको पालामा संसदका कर्मचारीहरु रातभर काम गर्नुपरेको कुरा स्मरण गर्दै कर्मचारीहरुको कामप्रतिको लगावप्रति आफू नतमस्तक भएको बताउनु भयो । संसदका कर्मचारीहरुको कम प्रतिको तदारुकता, जाँगर, परिश्रम र मेहनत अतुलनीय रहेको भनदै उहाँले आफूले उनीहरुको दुःख बुझ्ने बताउनु भयो । उहाँले आफू कर्मचारीहरुको मित्र भएको भन्दै उनीहरुको सुख, दुःखमा सधैँ साथ दिने बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘म अर्थमन्त्री नभएपनि, संसदीय मामिला मन्त्री भएकै कारणले गर्दापनि विशेष–विशेष मेरो त्यसतर्फ ध्यानाकर्षण भएको छ । संघीय संसदका कर्मचारी साथीहरुको सेवा, सुविधाका सन्दर्भमा, आजसम्म भएका अपm्ठ्याराहरुको सन्दर्भमा पूरै रुपमा मेरो ध्यानाकर्षण भएको छ । म यस सन्दर्भमा म मन्त्रीज्युहरुसँग बसेर छलफल गर्नेछु । र प्रधानमन्त्रीज्युसँग पनि यो कुरामा छलफल गर्नेछु । मेरो कर्तव्य यही हो भन्ने मलाइ लागेको छ । पहिलो संविधानसभामा हामी नेताहरुको कारणले गर्दाखेरी कर्मचारी साथीहरुले बेस्सरी दुःख पाउनुभएको थियो त्यतिखेर । कहिलेकाहीँ आधा रातसम्म पनि संसद चल्थ्यो । त्यो क्रममा कति माननीय साथीहरु त कुर्सिमै निदाएको फोटोहरु पनि आउने गथ्र्यो । तर तपाईहरु निदाएको फोटो कहिले पनि हामीले देख्न पाएनौँ । त्यो हो नि त कुरा खास गरेर । राजनीतिक नेताहरुले गर्नुपर्ने निर्णय समयमै गर्न नसक्दाको अवस्थामा ५ बजेसम्म मात्रै नभएर उल्टै बिहानको ५ बजेसम्म चल्दा पनि यहाँहरुको त्यो तदारुकता, जाँगर बडो गज्जबको थियो । डेडिकेशन भनेको त्यो हो । त्यो लगावप्रति म नतमस्तक छु । तपाईहरुको परिश्रम, मेहनत अतुलनीय छ । दोस्रो संविधानसभामा पनि त्यस्तै भएको छ । यत्रो यात्रामा सँगसँगै भएको एउटा साथी हो म । साथी हुँ । तपाईहरुलाई लाग्दा यो मन्त्री । मन्त्री पद त आउँछ, जान्छ । तर साथित्व र भातृत्व भन्ने कुरा त कहिल्यै जाने आउने गर्दैन नि । म तपाईको साथी हुँ । तपाईको मित्र हुँ । एउटा मित्रले अर्को मित्रको दुःख र सुख बुझ्दैन भने फेरि के को मित्र हुन्छ ? त्यसकारणले तपाईको सुख र दुःखमा सँगै छु । प्रयत्न गर्ने ठाउँमा छु । प्रयत्न गर्छु । संसद सेवाको कर्मचारीहरुको वृत्ति विकासमा पनि ध्यान दिइने बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार