इतिहासमै पहिलो पटक ‘ब्ल्याक होल’को तस्बिर लिन वैज्ञानिकहरु सफल भएका छन् । यस क्षणलाई उनीहरूले हर्षोल्लासपूर्वक मनाएका छन्।
खगोलविद्हरूले बुधबार ८ ठाउँमा पत्रकार सम्मेलन गर्दै ब्ल्याक होलको पहिलो वास्तविक तस्बिर संसारभर सार्वजनिक गरे। ब्ल्याक होल सिद्धान्तलाई स्टेफेन हकिङले विस्तृत व्याख्या गरेका थिए।
ब्ल्याक होल आकाशगंगामा ४० अर्ब किलोमिटर लामो यो ब्ल्याक होलको आकार पृथ्वी भन्दा ३० लाख गुणा ठूलो रहेको छ, जुन सौर्यमण्डलको आकार भन्दा पनि ठूलो हो ।

पृथ्वीबाट ५ करोड खर्ब किलोमिटर टाढा रहेको यो व्ल्याक होललाई एम ८७ नाम दिइएको छ । तस्बिरमा ब्ल्याक होलको वरीपरी वृत्ताकार स्वरुपमा आगोको ज्वाला देखिएको छ ।

506 पटक हेरिएको 

