दक्षिण कोरियामा ४१ हजार भन्दा बढी कोरोनाका नयाँ सङ्क्रमित

दक्षिण कोरियामा २४ घण्टाको समयावधीमा अर्थात मङ्गलबार मध्यरातीसम्ममा ४१ हजार दुईसय ८६ कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । यसैसँगै कोरोनाका कूल सङ्क्रमितको सङ्ख्या दुई करोड ४५ लाख दुई हजार नौ सय ६८ जना पुगेको स्वास्थ्य अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलन...

नागरिकता विधेयक प्रमाणीकरण नभएकामा सत्तारुढ दलको असन्तुष्टि

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पुनःपारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश भएको नागरिकता विधेयक संविधानले सुनिश्चित गरेको समयभित्र राष्ट्रपतिद्वारा प्रमाणीकरण नभएकामा सत्तारुढ दलले असन्तुष्टि व्यक्त गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता साझेदार चार दलको बैठकले सो असन्तुष्टि व्यक्त गरेको...

पाल्पामा डेँङ्गुका बिरामी बढ्दै

पाल्पामा डेँङ्गु रोगका बिरामी बढ्दै गएका छन् । जिल्लामा हालसम्म एक सय ५७ जना डेँङ्गु रोगका सङ्क्रमित फेला परेको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन अधिकृत मधुसुदन भट्टराईले बताउनुभयो । उहाँका अनुसार डेँङ्गुको सङ्क्रमणले पाल्पामा एक जनाको मुत्यु भएको छ । सङ्क्रमित बिरामीको जिल्लाका विभिन्न अस्पतालमा उपचार ...

कर्णालीमा जग्गा वर्गीकरणमा ढिलाइ

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत जेठ २३ मा भू–उपयोग नियमावली २०७९ राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याएको छ । सबै मातहतका कार्यालयमा सो सम्बन्धी पत्राचारसमेत जारी गरिसकेको छ । हरेक स्थानीय तहले जग्गालाई बसोबास, आवास, कृषि लगायतका १० क्षेत्रमा वर्गीकरण गर्नुपर्ने छ । तर कर्णालीका स्थानीय तहले...

सडक अतिक्रमण हटाउन शिवतासक्षी निर्देशन

सडक दुर्घटना न्यूनीकरण गर्नका साथै स्वच्छ तथा सफा पालिका बनाउने उद्देश्यले शिवसताक्षी नगरपालिकाले सडकमा रहेका सबै प्रकारका अतिक्रमण हटाउन निर्देशन गरेको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले सूचना नै जारी गरेर सात दिनभित्रमा नगरभित्रका सडक अतिक्रमण हटाउन सबैलाई निर्देशन दिनुभएको हो । पूर्व–पश्चिम ...

नवलपुरमा दूध, मासु र अण्डा पर्याप्त उत्पादन

पछिल्लो समय नवलपरासी ( बर्दघाट सुस्तापूर्व) नवलपुरमा दूध, मासु र अण्डा पर्याप्त उत्पादन भएको छ । दूध, मासु र अण्डा जिल्लामा खपत भइकन पनि बाहिरसमेत बिक्री हुने गरेको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपुरमा प्रमुख डा ऋषभ गुरागाईँका अनुसार दूध प्रतिवर्ष प्रतिव्यक्ति ९१ लिटर आवश्यकता रहेकामा नवलपुर...

महाकालीमा पक्की पुलले विकास र पर्यटक बढ्ने आशा

खलङ्गा, ५ असोज (रासस) ः दार्चुलामा नेपाल–भारत जोड्ने पक्की पुल निर्माण कार्य अघि बढेको छ । हालै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू र भारतको उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामीले एकसाथ उक्त पुलको शिलान्यास गर्नुभयो । दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको...

कुलो बगेपछि तीन सय ५० परिवार बिजुलीबिहीन

अविरल वर्षापछि खसेको पहिराले ढोरपाटन नगरपालिका–७ स्थित लघुजलविद्युत् आयोजनाको कुलो बगाएको छ । कुलो बग्दा यहाँका तीन सय ५० परिवार बिजुलीबिहीन अवस्थामा छन् । भुजीखोला लघुजलविद्युत् आयोजना बन्द भएको छ । एक सय किलोवाट क्षमताको सो आयोजनाको कुलो बग्दा ढोरपाटन नगरपालिका–७ का तीन सय ५० परिवार बिजुलीबाट वञ्चित भएका छन् । अ...

बच्चा चोर्न खोजेको आरोपमा चारजना पक्राउ

कञ्चनपुरमा बच्चा चोर्न खोजेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । शुक्लाफाँटा नगरपालिका–८ मा बच्चा चोर्न लागेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेमा रौतहट घर भइ कैलालीको अत्तरिया बस्दै आएका २८ वर्षीय अनिलकुमार साह, भारतको बि...

तेह्र जिल्लामा शून्य सङ्क्रमण

देशका तेह्र जिल्ला कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, रामेछाप, मनाङ, मुस्ताङ, स्याङ्जा, अर्घाखाची, हुम्ला, डोल्पा, कालीकोट पश्चिम रुकुम र दार्चुला सङ्क्रमणमुक्त भएका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र दुई सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला ललितपुर रहेको छ । स...