प्रचण्ड गर्मीका कारण स्पेनमा एकै हप्तामा ६७९ को मृत्यु

स्पेनमा प्रचण्ड गर्मीका कारण तातो हावा चल्दा एक हप्तामै ६७९ जनाको मृत्यु भएको छ ।स्पेनको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ जुलाई १० देखि १७ सम्ममामा ६७९ जनाको ज्यान गएको छ । स्वास्थय मन्त्रालयकाअनुसार जुलई १७ मा मात्र एकै दिन १६९ जनाको तातो हावाबाट ज्यान गएको बताइएको छ । यहाँको एक स्वास्थ्य संस्...

भारतमा एक्काईस हजारभन्दा बढी कोरोना सङ्क्रमित

भारतमा बितेका २४ घण्टामा २१ हजार पाँच सय ६६ सङ्क्रमित फेला परेका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ । हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३८ लाखभन्दा बढी पुगेको छ । भारतमा हाल एक लाख ४८ हजार आठ सय ८१ जना सक्रिय सङ्क्रमित छन् । पछिल्लो एक दिनमा १८ हजार दुई सय ९४ कोरोना सङ...

रूसी सेना अब पूर्वी यूक्रेनमा ‘मात्र’ केन्द्रित नरहने विदेशमन्त्रीको भनाइ

यूक्रेनमा रुसको सैन्य लक्ष्य ‘केवल’ पूर्वमा मात्र केन्द्रित नरहने रूसले जनाएको छ । विदेशमन्त्री सर्गेई लाभरोभले भने, ‘पश्चिमी हतियारको आपूर्तिले क्रेमलिनको अपेक्षामा परिवर्तन आएको छ । लाभरोभले राज्य सञ्चालित एक सञ्चारमाध्यमलाई दिएको अन्तवार्तामा भने, “अहिले भूगोल फरक छ । यो डोनेट्स्क पिपुल्स रिपब्लिक (डीएनआर) र लु...

पाकिस्तान :डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पचास पुग्यो

पाकिस्तानमा सोमबार विवाहमा गएका मानिसहरू बोकेको डुङ्गा दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या बुधबार ५० पुगेको अधिकारीहरूले बताएका छन् । करिब १०० मानिस बोकेको डुङ्गा मध्य पञ्जाब प्रान्तको सादिकबादस्थित सिन्धु नदीमा डुबेको थियो । अधिकारीहरूले डुङ्गा दुर्घटनामा परी वेपत्ता अन्य व्यक्तिहरूको खोजी भइरहेको बताएका छन् । ...

श्रीलङ्काको राष्ट्रपतिमा रनिल विक्रमसिङ्घे निर्वाचित

देशको नयाँ राष्ट्रपतिमा कार्यवाहक राष्ट्रपति रनिल विक्रमसिङ्घे निर्वाचित भएका छन् । संसद्मा आज भएको राष्ट्रपतीय निर्वाचनमा एकसय ३४ मतका साथ उनी विजयी भएका हुन् । सभामुख महिन्दा यापा अबेवर्देनाले सदनलाई निर्वाचन परिणाम सुनाउँदै विक्रमसिङ्घेका मुख्य प्रतिद्वन्द्वी एसएलपिपीका सांसद दुल्लस अलाहापेरुमाले ८२ मत र नेसन...

युद्धका क्रममा मारिएका ४५ जना युक्रेनी सैनिकको शव रूसले फिर्ता गरेको छ । आफ्ना सैनिकको शव फिर्ती रूससँगको आदानप्रदानको एक हिस्सा भएको युक्रेनी पुनःएकीकरण मन्त्रालयले जनाएको छ । रूस–युक्रेन द्वन्द्वमा मारिएका सैनिकको शव आदानप्रदानका लागि युक्रेनका बेपत्ता व्यक्तिका आयुक्त ओलेग काटेन्को र देशको कानुन कार्यान्वयन निक...

कोरियामा कोरोना सङ्क्रमण बढ्यो

दक्षिण कोरियामा बितेका २४ घण्टामा ७६ हजार चारसय दुईजना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । यो सँगै देशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ८९ लाख ३७ हजार नौसय ७१ पुगेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । कोरिया डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन एजेन्सीका अनुसार अघिल्लो दिन ७३ हजार पाँचसय ८२ सङ्क्रमित फेला परेका...

सुडानको जातीय दङ्गामा परी ६५ जनाको मृत्यु

सुडानको खार्तोममा भएको जातीय दङमा परी मृत्यु हुनेको संख्या ६५ पुगेको बताइएको छ । सुडानको ब्लु नाइल प्रदेशमा भएको सो जातीय दङ्गाको घटनामा परी आइतबार बिहानसम्ममा मृत्यु हुनेको संख्या ६५ जना पुगेको यहाँको अल सुडान दैनिक पत्रिकाले जनाएको छ । सुडानको ब्लु नाइल प्रदेशका केही ठाउँमा जातीय दङ्गा भएका छन्, ती घटनामा परी कम...

श्रीलङ्कामा सङ्कटकाल घोषणा

श्रीलङ्कामा सङ्कटकालको घोषणा गरिएको छ । श्रीलङ्काका कार्यबाहक राष्ट्रपतिले सोमबार सङ्कटकालाको घोषणा गर्नुभएको हो । उहाँले सोमबारबाट लागू हुने गरी श्रीलङ्कामा संकटकालको घोषणा गर्नुभएको समाचारमा जनाइएको छ । श्रीलङ्काका कार्यबाहक राष्ट्रपति रनिव विक्रमासिंघले राष्ट्रिय सम्पत्तिको संरक्षण गर्न, नागरिकको जीवन रक्षा गर्न त...

चीनमा प्रचण्ड गर्मी, केही शहरमा सचेत रहन चेतावनी

प्रचण्ड गर्मी बढेसँगै चीनको राष्ट्रिय वेधशालाले उच्च तापक्रमबाट जोगिन सर्वसाधारणमा चेतावनी जारी गरेको । तातो वायुको प्रवाह व्यापक भएपछि वेधशालाले आज त्यस्तो चेतावनी जारी गरेको हो । आइतबार दिउँसो सिन्जियाङ, शान्सी, हेबेई, बेइजिङ, हुबेई र अन्य क्षेत्रहरूमा ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम हुने अनुमान राष्ट्रिय मौ...