घर भाडामा छुट दिन व्यवसायीको माग

चितवनका व्यवसायीले २० प्रतिशतसम्म घर भाडामा छुट दिन माग गरेका छन् । नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनले आर्थिक मन्दीबाट व्यवसाय धराशयी अवस्थामा पुगेको भन्दै हाल तिर्दै आएको घर भाडादरमा २० प्रतिशत छुट दिन अनुरोध गरेको हो । मञ्चले शुक्रबार नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरी आर्थिक मन्दीको असर रहुन्जेल तथा व्यवसा...

हेटौँडामा वृद्ध दम्पती मृत फेला

मकवानपुरको हेटौँडामा वृद्ध दम्पती मृत फेला परेका छन् । हेटौँडा उपमहानगरपालिका–१  चाइना गेटका ७८ वर्षीय  कृष्णप्रसाद दाहाल र उहाँकी श्रीमती ७४ वर्षीया  नन्दकुमारी दाहाल झुण्डिएको अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका  प्रहरी नायव उपरीक्षक  टेकबहादुर कार्कीका अनुसार दुवैजना गए राति तीन तले पक्...

माछा मार्न करेन्ट लगाउने क्रममा युवकको मृत्यु

खोलामा माछा मार्न करेन्ट लगाउँदा माछा मार्ने युवकलाई नै करेन्ट लागेर मुत्यु भएको छ । मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका–१ र ४ मा पर्ने घट्टे खोलामा माछा मार्न करेन्ट लगाउने क्रममा करेन्ट लागेर सोही नगरपालिका–४ भाम वाडा घर भएका २२ वर्षीय सञ्जय भामको शुक्रबार मृत्यु भएको हो । ब्याट्री र १२ भोल्टको इन्भर्टर लगेर ...

वैदैशिक रोजगारीका लागि श्रम स्वीकृति दिन सुरु

वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई हेटाँैडा उपमहानगरपालिकाले प्रथम पटक श्रम स्वीकृति दिने कार्य सुरु गरेको छ । यसअघि श्रम स्वीकृतिका लागि वैदैशिक रोजगार विभाग पुग्नुपर्ने बाध्यता रहेको थियो । उपमहानगरपालिकाबाट श्रम स्वीकृति दिन थालेपछि सहज भएको बताइएको छ । श्रम स्वीकृतिका लागि वैशाख १ गतेदेखि अनलाइन प्रणालीको सुरुआ...

विवाह गर्दा वडाको सिफारिस अनिवार्य

यहाँका स्थानीय तहले बाल विवाह रोकथाम गर्न विवाह गर्दा अनिवार्य वडाको सिफारिस अनिवार्य गरेका छन् । जिल्लाको तिला गाउँपालिकाले विवाह गर्दा अनिवार्य रुपमा वडाको सिफारिसको निर्णय गरेको छ । विवाह गर्ने जोडीले वडापालिकाको सिफारिस लिएरमात्र विवाह गर्नुपर्ने छ । गाउँ कार्यपालिकाको बैठकको निर्णयबाट विवाह गर्न वडाको सिफारिस अन...

पहाडी क्षेत्र र काठमाडौँ उपत्यकामा चर्को महँगी

तराई र हिमाली जिल्लाको तुलनामा पहाडी क्षेत्र र काठमाडौँ उपत्यकाभित्रका जिल्लामा मूल्यवृद्धि बढी देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति वाञ्छित सीमा नाघेर सात दशमलव ४१ प्रतिशत पुगेको छ । यस अवधिसम्ममा ...

बजेटले आर्थिक सङ्कट र मन्दीको समाधान दिन सक्दैन : सांसद विष्ट

सांसद गोर्कण विष्टले आर्थिक वर्ष २०८०/८१ को बजेटले आर्थिक सङ्कट र मन्दीको समाधान दिन नसक्ने बताउनुभएको छ । प्रतिनिधिसभाको बैठक आगामी आव २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उहाँले आगामी बजेटबाट आश गर्ने ठाउँ नभएको बताउनुभयो । सांसद विष्टले भन्नुभयो, “जुनकिरीको पिँधले स्वर्ग उज्यालो हँुदैन भने झैँ...

बाँदरले हैरान पारेपछि ‘बेसार खेती’

कृषि ज्ञान केन्द्र तनहुँले बाँदरले हैरान पार्न थालेपछि वैकल्पिक बालीका रूपमा ‘बेसार खेती’लाई प्राथामिकता दिएको छ । बाँदरले अन्नबाली र फलफूल खाएर सताउन थालेपछि केन्द्रले बेसार खेती प्रवर्द्धन गर्न लागेको हो । व्यास नगरपालिका–८ सोतीबेँसीका २० कृषकले दुई सय रोपनी जग्गामा बेसार खेतीको सुरुआत गरेका कृषि ज्ञान केन्द्रका...

भरतपुरद्वारा दुग्ध उत्पादक किसानलाई अनुदान

भरतपुर महानगरपालिकाले दुग्ध कृषकलाई अनुदान रकम हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बीच महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले कृषकलाई संयुक्तरूपमा चेक हस्तान्तरण गर्नुभयो । आर्थिक वर्ष २०७९÷८० मा दुग्ध सहकारीमा आबद्ध कृषकले सङ्कलन गरेको दुई करोड चार लाख ल...

समयमै काम नगर्नेको ठेक्का तोडिँदै

सडक विभागले पटक–पटक अवधि थप हुँदा पनि सम्पन्न नभएका सडक र पुलको ठेक्का सम्झौता तोड्न थालेको छ । निर्माण सुरु भएर लामो समय बित्दासमेत अधुरै रहेका सडक र पुलका ठेक्का तोड्न थालिएको हो । सडक विभाग पुल महाशाखाका प्रमुख नरेशमान शाक्यका अनुसार कुनै ठेक्कामा ढिलाइ भए पनि सकेसम्म उसैबाट काम गराइने र काम हुने अवस्था नभएमा म...