फरार प्रतिवादी धमाधम पक्राउ

जिल्ला प्रहरी कार्यालय झापाले आपराधिक घटनाका फरार प्रतिवादीलाई धमाधम पक्राउ गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालका अनुसार चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा मात्र एक सय ३२ जनालाई पक्राउ गरिएको छ । पक्राउ परेका प्रतिवादीलाई अदालतको आदेशानुसार कतिपयलाई जरिवना लिएर छाडिदिएको छ भने कत...

भूटानी शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनालाई हिरासतमा राख्न दुई दिन म्याद थप

जिल्ला अदालत काठमाडौँले नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार आज म्याद थपका लागि अदालतमा पेश गरिएकोमा हिरासतमा राख्नका लागि अदालतबाट थप दुई दिन म्याद पाएको हो । थपिएको दुई दिन...

भूटानी शरणार्थी प्रकरण : पक्राउ परेकालाई तीन दिन हिरासतमा राख्न अनुमति

नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । उनीहरूलाई आज जिल्ला अदालत काठमाडौँमा पेस गरिएकामा अदालतले उनीहरूलाई तीन दिन हिरासतमा राख्न अनुमति प्रदान गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो । उक्त...

वित्तीय सुशासन जोखिम मूल्याङ्कन : मेलम्ची प्रथम

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका प्रथम भएको छ । मेलम्चीले आर्थिक वर्ष २०७८÷७९ को प्रारम्भिक नतिजामा ८९ दशमलव पाँच प्रतिशत अङ्क प्राप्त गर्दै जिल्ला प्रथम भएको हो । मेलम्चीले योजना बजेट तथा कार्यक्रम व्यवस्थापनमा ९२ दशमलव ८६, कार्यान्वयन क्षमता तथा व्यवस्थापन ९७ दशमलव ९...

यार्सागुम्बा टिप्न पाटन लागे स्थानीयवासी

मुगु जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुमकार्मारोङ गाउँपालिकाका विभिन्न वन क्षेत्रमा पाइने बहुमुल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि शुक्रबारदेखि वन प्रवेश खुला गरिएको छ । यार्सागुम्बा सङ्कलनका लागि जिल्लावासी र बाहिरी जिल्लाबाट आउने सर्वसाधारणलाई वन प्रवेश खुलाइएको हो । वन क्षेत्रमा प्रवेशका लागि गाउँपालिकाले...

भ्रष्टाचारको जालो अन्त्य नगर्दासम्म मुलुकको विकास र समृद्धि हुन्नः उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमिसन र भ्रष्टाचारको जालोलाई नतोड्दासम्म मुलुकको विकास र समृद्धिले सार्थकता नपाउने बताउनुभएको छ । गृहमन्त्रालयमा आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वले उपप्रधानमन्त्री श्रेष्ठसँग गरेको भेटमा उहाँले समृद्धिको तगारो कमिसन र भ्रष्टाचार नै भएकाले यसल...

कफी खेतीमा जोड दिँदै खानीखोला

खानीखोला गाउँपालिका काभ्रेपलाञ्चोकको दक्षिण–पश्चिम क्षेत्र डाँडापारि) महाभारत पर्वतशृङ्खला) मा अवस्थित स्थानीय तह हो ।   गाउँपालिकाले एक वर्षको अवधिमा कृषकलाई व्यावसायिक कफी खेतीमा अनुदानदेखि वृद्ध–वृद्धाको स्वास्थ्य परीक्षण तथा असहाय बालबालिकाको शिक्षामा जोड दिएको छ । गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ खानीखोल...

राष्ट्रपतिद्वारा संयुक्त बैठकलाई आज सम्बोधन हुने

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । सङ्घीय संसद् भवन नयाँबानेश्वरमा अपराह्न ४ बजे बस्ने संयुक्त बैठकलाई उहाँले सम्बोधन गर्नुहुने सङ्घीय संसद् सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले सङ्घीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त ब...

जिपको ठक्करबाट बालकको मृत्यु

मकवानपुरको हेटौँडामा जिपको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–११ सिमलटारबाट हेटौँडातर्फ आइरहेको बागमती प्रदेश०३–००१च १५९७ नं को जिपले ठक्कर दिँदा सिमलटारका दई वर्षीय समर लोको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ठक्करबाट गम्भिर घाइते भएका उनको हेटौँडा अस्पतालमा मृत्यु भएको हो...

सार्वजनिक यातायातको भाडा घट्यो

यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायातअन्तर्गत यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर घटाएको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी डिजेलमा मूल्य घटाएसँगै उक्त विभागले पनि आज सार्वजनिक यातायातको भाडादर घटाएको हो । विभागले आज एक सूचना जारी गर्दै इन्धनको मूल्यका आधारमा स्वचालितरूपमा...