भक्तपुरमा आजदेखि बिस्काः जात्रा

आठ रात नौ दिनसम्म भव्यरुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा आज बिहानैदेखि सुरु भएको छ । तौमढीस्थित भैरवको रथमा पूजा गर्न बिहानैदेखि घुइँचो लागेको छ । बिहान ५ बजेदेखि सर्वसाधारणका लागि भैरवको रथमा पूजा खुला गरेर जात्राको शुभारम्भ भएको गुठी संस्थान कार्यालयकी प्रम...

मध्यपहाडी लोकमार्ग : हिउँदमा धुलो, बर्खामा हिलाम्य

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको अक्षते–घोडाबाँधे सडकको ट्रायक खुलेको साढे दुई दशक बितिसक्यो । यतिका समयसम्म पनि यस खण्डको अधिकांश सडक कालोपत्र भएको छैन । हिउँदमा धुलो र बर्खामा हिलोका कारण स्थानीय विस्थापित हुनुपरेको छ भने यात्रु आजित बनेका छन् । करिब २६ किलोमिटर लामो यस खण्डमा पछिल्लो समय...

प्रदेशले उपलब्ध गराएका एम्बुलेन्स फिर्ता

बैतडीका स्थानीय तहले सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध गराएका एम्बुलेन्स फिर्ता गरेका छन् । प्रदेश सरकारले उपलब्ध गराएका एम्बुलेन्स पञ्चेश्वर र डिलाशैनी गाउँपालिकाले तीन वर्षमै फिर्ता गरेका हुन् । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले ती दुवै स्थानीय तहलाई एम्बुलेन्स उपलब्ध गराएको थियो । ग्रामीण सडकमा सञ्चा...

आर्थिक समस्या आउनुमा यो सरकार मात्रै दोषी होइन : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको अर्थतन्त्र सङ्कटग्रस्त अवस्थामा पुग्नुमा अहिलेको सरकार मात्र दोषी नभएको बताउनुभएको छ । नेपाली कांग्रेस दाङले घोराहीमा आज आयोजना गरेको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “देशमा आर्थिक सङ्कट गहिरिँदै जानुमा अहिलेको सरकार मात्र दोषी छैन, यो अवस्था आउनुम...

बागमती प्रदेशका नवनियुक्त मन्त्रीद्वारा पद र गोपनीयताको शपथ

बागमती प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले पद र गोपनीयताको आज शपथ लिनुभएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त दुवै जना मन्त्रीलाई पद र गोपनीयताको शपथ आज साँझ गराउनुभएको हो । मुख्यमन्त्री शालिकराम जमकट्टेलले नेपाली कांग्रेसका तर्फबाट बहादुर सिंह लामालाई आर्थिक मामिला तथा योजनामन्त्री र तीर्थ लामालाई ख...

घाइतेको हेलिकप्टरमार्फत उद्धार

बिरामी बोकेको बोलेरो दुर्घटना हुँदा ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीका तीन जना यात्रु गम्भीर घाइते भएका छन् । महेश्वरीस्थित मयुर आधारभूत विद्यालयबाट राखालीपुलतर्फ जाँदै गरेको को १ च ९४९३ नम्बरको महेन्द्र पिकअप बोलेरो आज दुर्घटना हुँदा सोही ठाउँका पदममायाँ राई, जयकुमार राई र डोलकुमार राई गम्भीर घाइते भएका हुन् । दुर्घ...

नुवाकोटमा मनाइयो सन्दुरे जात्रा

भैरवी वर्ष बन्धन २०७९ अन्तर्गतको सिन्दुरे जात्रा धुमधामका साथ मनाइएको छ । बिहीबार साँझ देवीघाटस्थित जालपादेवी मन्दिरमा जानुभएका धामी हरिमानसिंह डङ्गोल, धमिनी ज्ञानुमाया डङ्गोलसहित भैरवीदेवीको रथ शनिबार साँझ भैरवीदेवी मन्दिर परिसरमा पु¥याएसँगै सिन्दुर खेल्दै यस वर्षको सिन्दुरे जात्रा मनाइएको हो । भैरवी वर्ष बन्धन अ...

सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको छु : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको बताउनुभएको छ । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले विकासको नयाँ चरणमा सबैको साथ रहनुपर्ने धारणा राख्नुभयो । उहाँले समाज रुपान्तरण...

छ वर्षपछि बडिगाड गाउँपालिकाको सेवा आफ्नै भवनबाट

बागलुङको बडिगाड गाउँपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ । स्थापनाको छ वर्षपछि आफ्नै अत्याधुनिक सुविधायुक्त प्रशासनिक भवनबाट सेवा दिन थालेको बडिगाड गाउँपालिकाले जनाएको छ । भवन निर्माणपछि गाउँपालिकालाई हस्तान्तरण भएपछि यसै सातादेखि सेवा आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरिएको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा...

ट्रकको ठकरबाट मोटरसाइकल चालकको मृत्यु

गाईघाट बजारको मुख्यचोकमा आज बिहान ट्रकको ठकरबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ट्रकको ठकरबाट मृत्यु हुनेमा मोटरसाइकल चालक त्रियुगा नगरपालिका–११ साउनेका ४३ वर्षीय तारणी थापामगर रहेका छन् । प्रदेश नं१–०५–००१प ६१५१ नंको मोटरसाइकलमा सवार मगरलाई गाईघाटबजारको मुख्य चोक...