जङ्गली जनावरबाट खेती जोगाउन तारजाली वितरण

जङ्गली जनावरले खेतबारीमा लगाएको अन्नबाली, तरकारी तथा फलफूल खानएर दुःख दिन थालेपछि अर्घाखाँचीको धातिवाङमा जङ्गली जन्तुको नियन्त्रण गर्न तारजाली वितरण गरिएको छ । बाँदर, बँदेल, दुम्सी, खरायोलगायत चराचुरुङ्गीले खेतबारीमा लगाएको अन्नबाली खाँदा कृषक हैरान भएकाले पाणिनी–६ धातिवाङमा ९८ कृषकलाई तारजाली वितरण गरिएको वडाध्यक...

सत्तारुढ गठबन्धनको बैठक : उपराष्ट्रपतिको उम्मेदवारीबारे छलफल

सत्तारुढ गठबन्धनको आजको बैठकमा उपराष्ट्रपति पदको उम्मेदवारी सम्बन्धमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सत्तारुढ गठबन्धनका तर्फबाट तत्काल तीन जनाको उम्मेदवारी दर्ता गर्ने निर्णय भएको जनमत पार्टीका अध्यक्ष सिके राउतले जानकारी दिनुभयो । जनता समाजवादी पार्टीका तर्फबाट महिला र पुरुष दुवैको उम्...

एक शिक्षकको भरमा विद्यालय

वरपर सुनसान जङ्गल । जङ्गलको छेउमै छ टोकरी गाउँ । कुनै बेला निकै चहलपहल हुने यो गाउँ अहिले उराठ बनेको छ । त्यही गाउँ छेउमै ढुङ्गा, काठ र माटोले बनेको एउटा जीर्ण विद्यालय छ । त्यस विद्यालयमा थोरै विद्यार्थी भए पनि कक्षा पाँचसम्म पढाइ हुन्छ । कक्षा पाँचसम्मको विद्यालय अहिले एउटा शिक्षिकाको भर चलेको छ । विद्यालयका प्र...

उपराष्ट्रपतिका लागि आज उम्मेदवारी दर्ता

देशको नयाँ उपराष्ट्रपतिको आगामी चैत ३ गते हुने निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हँुदैछ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बिहान ९ देखि दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयनपत्र दर्ता हुने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभयो । संविधानबमोजिम राष्ट्रपति र उपराष्ट्रपतिमा फरक ...

विद्यार्थीको शिक्षामा अभिभावकको भूमिका

प्रविधिको युग छ । घरघरमा वाइफाइ र स्मार्ट मोबाइल छन् । कुनै समय टिभीमा झुम्मिने बालबालिका अहिले मोबाइलमा झुम्मिन थालेका छन् । यसले विद्यार्थीको मानसिक, शारीरिक तथा संवेगात्मक क्षमतामा ह्रास ल्याउने भन्दै अभिभावक यसमा सचेत हुनुपर्ने तुलसीपुर उपमहानगरपालिकाका अधिकृत मनबहादुर खड्काले बताउनुभयो । “धेरै बच्चा अहिले...

अपाङ्गता भएका विद्यार्थीलाई छात्रवृत्ति

शुक्लाफाँटा नगरपालिकाले अपाङ्गता भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रमअनुसार अपाङ्गता परिचयपत्र भएका आर्थिकरुपमा विपन्न परिवारका विद्यार्थीलाई माध्यमिक तथा उच्च माध्यमिक तहका विद्यार्थीलाई नगरपालिकाले छात्रवृत्ति प्रदान गर्ने भएको हो । एनएलआर नामक गैरस...

स्थानीयले रोके कालोपत्रेको काम

सडक कालोपत्रे गुणस्तरीय नभएको भन्दै स्थानीयले काम रोकेका छन् । गुल्मीको सदरमुकाम तम्घासबाट रेसुङ्गा जाने सडक कालोपत्रे गर्ने क्रममा कम गुणस्तरको भएको दाबी गर्दै स्थानीयले काम रोकेका हुन् । तम्घास–रेसुङ्गा सडकमा दुवैतर्फबाट आवतजावत पूर्णरुपमा बन्द गरी निर्माण व्यवसायीले कालोपत्रे गरिरहेका थिए । तर स्थानीयले भने सम्...

दुई घण्टाको यात्रा ४५ मिनेटमै छोटियो

जलजला गाउँपालिका-८ लस्तीदेखि वडा नम्बर ९ को बनौ जोड्ने सडक निर्माण भएपछि दुई घण्टाको यात्रा ४५ मिनेटमै पूरा गर्न सकिने भएको छ । सडक निर्माण भएसँगै बनौका बासिन्दालाई गाउँपालिकाको केन्द्र लामाखेत आवतजावतको दूरी घटेको हो । जलजला-९ बनौका वडाध्यक्ष गौबहादुर पुनले सर्पको गुँड भिरमा मार्ग खुलेसँगै बनौ र लस्ती सीधा सडक सञ...

चैतभित्र सबै योजना सक्ने गरी सम्झौता

बागलुङको बडिगाड गाउँपालिकाले चालु आर्थिक वर्षको चैत महिनाभित्र सक्ने गरी ९९ दशमलव ९ प्रतिशत आयोजना सम्झौता गरेको छ । गाउँपालिकाले चालु आवका लागि छुट्याइएका कुल तीन सय ३२ योजनामध्ये तीन सय २७ वटा योजना सम्झौता गरी काम सुरु गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारीले चैत मसान्तभित्र सबै योजन...

होलीको रङ जस्तै समाज पनि विविधतापूर्ण छ : प्रदेश प्रमुख गुरुङ

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले होलीमा खेलिने विविध रङ जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरुपमा विविधतापूर्ण रहेको बताउनुभएको छ । फागुपूर्णिमा (होली) का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उहाँले भन्नुभयो, “यही विविधताबीचको एकता नै हामी नेपालीको पहिचान र सामथ्र्य बनेको छ । सम्पूर्ण नेपालीबीच आपसी ...