‘पाठेघर र स्तन क्यान्सर’ सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर

महिलाको पाठेघरको मुखको क्यान्सर र स्तन ‘ब्रेष्ट’ क्यान्सर रोगको पहिचान गरी आवश्यक स्वास्थ्य परामर्श दिने उद्देश्यले यहाँ निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठीले क्यान्सर केयर फाउन्डेसन नेपालको प्राविधिक सहयोगमा काँडाघारीस्थित महागुठी परिसरमा आयोजना गरेको एकदिन...

कालीकोटका बाढीपीडितले राहत पाएनन्

कालीकोटका स्थानीय तहले बाढीपीडितको विवरण नपठाउँदा पीडितले राहत पाउन सकेका छैनन् । स्थानीय तहले गत असोज १९ देखि २५ गतेसम्म वर्षासँगै आएको बाढीपहिराको क्षतिको विवरण हालसम्म नपठाउँदा पीडितलाई राहत दिन समस्या भएको छ । जिल्लाका नौवटै स्थानीय तहले विपद्बाट क्षति भएका घरको पूर्ण विवरण नपठाउँदा राहत दिन ढिलाइ भएको छ । बाढ...

बेवोस्थापकिये कागेश्वरी मनोहरामा नौ करोड १९ लाख राजस्व सङ्कलन

कागेश्वरी मनोहरा नगरपालिकाले चालु आर्थिक वर्षको छ महिनामा रु नौ करोड १९ लाख २९ हजार पाँच सय ८० राजस्व सङ्कलन गरेको छ । सो नगरपालिकाले चालु आवको साउन १ गतेदेखि पुस मसान्तसम्म रु नौ करोड १९ लाख २९ हजार पाँच सय ८० राजस्व सङ्कलन गरेको हो । नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले नगरपालिकाले लक्ष्यअनुसार नै राजस्व सङ्कलन ...

बेसहारालाई सहारा दिन महायज्ञ

मानव सेवा आश्रमले आफ्नो नामअनुसार बेसहाराका लागि सहारा दिँदै आएको छ । आश्रमले ‘मानवीयताको कुनै सीमा हुँदैन’ भन्ने नाराका साथ सर्वोत्कृष्ट जीवन, शाश्वत चिन्तन र भातृत्वको आधारमा काम गरिरहेको छ । बागमती प्रदेशको राजधानी हेटौँडामा विसं २०६९ भदौ १३ गतेबाट स्थापित मानव सेवा आश्रमले सातै प्रदेशमा सेवा विस्तार गरेको छ । अहि...

फोहर व्यवस्थापन गर्न निजी क्षेत्रसँग सहकार्य गर्दै ‘तुलसीपुर’

दाङ तुलसीपुर उपमहानगरपालिकाले फोहर व्यवस्थापनका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने तयारी गरेको छ । काठमाडौँको ‘इनरिच नेपाल’ नामक संस्थालाई फोहर व्यवस्थापनको जिम्मा दिने गरी तयारी गरिएको छ । त्यसका लागि उपमहानगरपालिकाको छैटौँ कार्यपालिका बैठकले ठेक्का दिने गरी प्रक्रिया अगाडिसमेत बढाएको छ । बैठकले यसका लागि विपद् व...

धार्मिक आस्थाको केन्द्र बन्दै गोदावरी धाम

धार्मिक रुपमा पवित्रस्थल मानिएको कैलालीको गोदावरी धाम धार्मिक आस्थाको केन्द्र बन्दै गएको छ । गोदावरी धाममा गत पुस ३० गते बाह्रराशि दर्शन मकरमेलाको शुभारम्भ गरिएको थियो । हरेक वर्ष झै यस वर्ष पनि उक्त मेलाको शुभारम्भ गरिएको हो । हालसम्म लाखौँ दर्शनार्थीहरु गोदावरी धाममा विभिन्न क्रियाकलापका लागि आएको गोदावरी धाम विकास...

धनकुटा महोत्सव आजदेखि

प्रादेशिक औद्योगिक व्यापार तथा कृषि मेला एवं धनकुटा महोत्सव आजदेखि सुरु हुँदै छ । महोत्सवको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले उद्घाटन गर्ने कार्यक्रम छ । आयोजक संस्था उद्योग वाणिज्य सङ्घ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईका अनुसार यही माघ १६ गतेसम्म चल्ने उक्त महोत्सवमा उत्पादन, व्या...

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

प्रतिकूल मौसमका कारण हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार मौसम खराबीले भिजिबिलिटी कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुबै उडान प्रभावित भएको छ । अहिले मौसम विस्तारै अनुकूल भइरहेकाले विमानको उडान र अवतरण सहज हुन थालेको विमानस्थलले जनाएको छ । ...

भरतपुरमा विद्युतीय तार भूमिगत गरिँदै

नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रमा विद्युत् भूमिगतको तथा सुदृढीकरणको काम यही माघ १६ गतेबाट थालनी गर्ने भएको छ । नक्साङ्कन, निरीक्षण,माटो परीक्षणलगायतका काम सम्पन्न भएका छन् । आयोजनाका प्रमुख आनन्द सुवेदीका अनुसार सुरुआती चरणमा आन्तरिक तयारीका कारण का...

काभ्रेमा आजदेखि जग्गाको कित्ताकाट

काभ्रेपलाञ्चोकमा आजदेखि जग्गाको कित्ताकाट खुलेको छ । जिल्ला मातपोत कार्यालयले हाललाई सदरमुकाम धलिखेल नगरपालिका र बनेपा नगरमा मात्रै जग्गाको कित्ताकाट हुने जनाएको छ । यी दुई पालिकाले जग्गाको वर्गीकरण गरेकाले कित्ताकाट खुला गरिएको हो । मालपोत अधिकृत गङ्गाप्रसाद पोखरेलका अनुसार जग्गा वर्गीकरण सकाएका काभ्रेपलाञ्चोकका ...