चितवनमा खिचरा महोत्सव हुने

चितवनमा यस वर्ष खिचरा महोत्सव आयोजना हुने भएको छ । आगामी पुस २९ देखि माघ ९ गतेसम्म पूर्वी चितवनको खैरहनी नगरपालिका–५ जबकौलीस्थित गौचरनमा आठौँ संस्करणको खिचरा महोत्सवको हुन लागेको हो । आयोजक थारू कल्याणकारिणीसभा चितवन क्षेत्र नं ७ ले शनिबार पत्रकार सम्मेलन गरी महोत्सवको तयारी तीव्र पारिएको जानकारी दिएको छ । महोत्सव म...

१०८ विद्यालयमा भौतिक पूर्वाधार र ल्याब स्थापना हुँदै

बागलुङमा चालु आर्थिक वर्षमा एक सय आठ विद्यालयमा भौतिक पूर्वाधार निर्माण र ल्याव स्थापना हुँदैछन् । चार कोठे र दुईकोठे भवन बनाउन स्थानीयतहमा कार्यक्रम सम्झौतालाई आह्वान गरिएको छ । शिक्षाको भौतिक तथा प्रविधिको सुधारका लागि नेपाल सरकारले ल्याएको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा कार्यान्वय...

सात वर्षदेखि अलपत्र पक्की पुलको काम सुरु

निर्माण सुरु भएर सात वर्षदेखि काम रोकिएको तनहुँको दुई पालिका जोड्ने पक्की पुलको काम अगाडि बढाइएको छ । शुक्लागण्डकी नगरपालिका–७ दोभान र भिमाद नगरपालिका–८ भागर जोड्ने सेती नदीमाथिको पुलको निर्माण कार्य अगाडि बढाइएको हो । सङ्घीय सरकारको लगानीमा निर्माण सुरु भएको उक्त पुलको म्याद तीन पटक थपिएको छ । पछिल्लो पटक थपिएको ...

कपडा पसलमा आगलागी

जनकपुरधामको जनकचोकस्थित शिवानी रेडिमेड पसलमा आगलागी हुँदा करिब रु २० लाखको क्षति भएको छ । स्थानीय बजरङ्ग चौधरीले सञ्चालन गर्नुभएको सो पसलमा शुक्रबार राति करिब ११ बजे विद्युत् सर्ट भएर आगलागी हुँदा कपडा र रेडिमेट सामानसहित करिब रु २० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पसलमा बिजुलीको का...

अङ्ग्रेजी नयाँ वर्षमा पोखरामा सडक महोत्सव हुने

देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखराको लेकसाइडमा २४औँ संस्करणको सडक महोत्सवको तयारी गरिएको छ । रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराले अङ्ग्रेजी नयाँ वर्षको स्वागतार्थ सडक महोत्सव गर्न लागेको हो । यहाँको पर्यटन प्रवर्द्धनमा बेग्लै पहिचान बनाउने विश्वास आयोजकको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई ‘अङ्ग्रेजी नयाँ वर्...

पाँच पालिकाले अझै ल्याएनन बजेट

चालु आर्थिक वर्ष सुरु भएको पाँच महिना बित्न लाग्दा पनि पाँच वटा पालिकाले अहिलेसम्म पनि बजेट ल्याउन सकेका छैनन् । वार्षिक बजेट नआएपछि ती पालिकामा विकास निर्माणका काम ठप्प छन् भने कर्मचारीको तलब भत्ता रोकिएको छ । दैनिक कार्यालय सञ्चालनमा समेत समस्या देखिएको छ । मधेस प्रदेशका चारवटा र लुम्बिनी प्रदेशको एउटा पालिका...

हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्नेबारे सम्झौता

बागमती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्न सम्झौता भएको छ । धर्मभक्त राष्ट्रिय मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरको व्यवस्थापनमा उक्त अस्पतालमा केही महिनाभित्रै मिर्गौलाको प्रत्यारोपण थाल्न त्रि–पक्षीय सम्झौता भएको हो । हेटौँडामा मिर्गौला प्रत्यारोपण गर्न मदन भण्डारी स्वास्...

अतिक्रमण हटाउदैँ नगरपालिका

कपिलवस्तुको शिवराज नगरपालिकाले सडक अतिक्रमण गरेका संरचना हटाउन थालेको छ । नगरप्रमुख अजय थापाले यस क्षेत्रमा सडक अतिक्रमण गरेका संरचना र सामग्री हटाउन थालेको बताउनुभयो । नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, नेपाल प्रहरी, ट्राफिक प्रहरीसहितको टोली अतिक्रमण भएको स्थानको पहिचान गरी सो कार्यमा खटिएका छन् । नगरपालिकाले पू...

पर्यटक आकर्षणको केन्द्र बन्यो ‘गलकोट दरबार’

तलतिर हरिचौर बजार र दरमखोला । माथितिर घुम्टे पहाड र टेउवा । बीचमा छ गलकोट दरबार । यही दरबार परिसरमा दैनिक आगन्तुकको भीड लाग्ने गरेको छ । कुनै बेला राजाले राज गरेको यो ठाउँ अहिले पर्यटक आकर्षणको केन्द्र बनेको छ । विसं १९७९ मा ढुङ्गा, माटो, इँटा र काठ प्रयोग गरेर कलात्मकशैलीमा बनेको यो दरबार भने जीर्ण बन्दै गएको छ । ...

बस र ट्रक ठोक्किँदा १७ घाइते

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गअन्तर्गत जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज बिहान ५ बजे बस र ट्रक एकापसमा ठोक्किएको थियो । बागलुङबाट भैरहवाका लागि छुटेको लु१ख ४६७० नम्बरको बस र पश्चिमबाट छुटेको लु२ख ८९३ नम्बरको ट्रक एका...