गाउँपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टीकरण

निर्वाचन आयोगले पर्साको छिपहरमाई गाउँपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई निर्वाचन आचारसंहिता विपरीत शिक्षक नियुक्ति गरेको विषयमा स्पष्टीकरण सोधेको छ । उक्त नगरपालिकाले करार सेवामा शिक्षक नियुक्त गर्ने सूचना प्रकाशन गरी उक्त प्रक्रिया हालसम्म जारी राखेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीक...

नेपालगञ्जमा बम विष्फोट

१ मंसिर, काठमाडौं । बाँकेको नेपालगञ्जस्थित भृकुटीनगरको एक घरमा डेरा गरी बस्ने विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले लुकाएर राखेको बम विष्फोट हुँदा दुई जना घाइते भएका छन् । बुधबार बेलुकी दिवाकर र श्रीकला मल्लको घरको तल्लो तलामा बम विष्फोट भएको हो । बम विष्फोट हुँदा डेरा गरी बस्ने सल्यानको बागचौर नगरपालिका–२ घ...

स्वास्थ्य पर्यटनको गन्तव्य बन्दै तातोपानी कुण्ड

म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गामा रहेको प्राकृतिक तातोपानी कुण्ड स्वास्थ्य पर्यटनको गन्तव्य बन्दैगएको छ । प्राकृतिक चिकित्सालयको नामले चर्चित म्याग्दीको तातोपानीकुण्डमा डुबेर उपचार गराउन आएका बिरामी र आफन्तहरूको भीड लागेको छ । तातोपानीका होटल र घरबास ‘होमस्टे’हरु भरिभराउ भएका छन् । तातोपानी कुण्ड व्यवस्थापन समितिका...

सामुदायिक र निजी विद्यालयको शिक्षाको गुणस्तरमा समानता ल्याउँछु : नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सामुदायिक विद्यालय र निजी विद्यालयको शिक्षाको गुणस्तरमा समानता ल्याउने दाबी गर्नुभएको छ । लोकतान्त्रिक-वामगठबन्धनको तर्फबाट काठमाडौँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुभएका नेता सिंहले आज बिहान घरदैलो कार्यक्रममा बोल्दै मुलुकको शिक्षाको विकासका लागि सामुदायिक ...

जुम्ला प्रदेशसभा (२) : त्रिपक्षीय प्रतिस्पर्धा

निर्वाचनको मौन अवधि सुरु हुन केही दिनमात्र बाँकी छ । मौन अवधिमा चुनावी प्रचार–प्रसार गर्न नपाइने भएकाले अहिले जुम्लाका उम्मेदवार मतदाता भेटघाटको चटारोमा छन् । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको जुम्लामा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र–२ (२) मा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । सत्ता गठबन्धनका तर्फबाट नेकप...

नबिल बैंकको कोहलपुर शाखामा आगलागी

३० कात्तिक, काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका ११ स्थित नबिल बैंकको शाखा कार्यालयमा आज बिहान आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन । घरको दोस्रो तलामा आगलागी भएको हो । आज बिहान ५ः२५ बजे लागेको आगो एक घण्टापछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डीएसपी रामप्रसाद घर्तीम...

मनाङमा पर्यटक बढे

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन तयारी तिव्र बनेको छ । यही बेला पर्यटकीय मौसम समेत भएकाले यस क्षेत्रमा विदेशी पर्यटक भ्रमणका लागि आउने क्रम बढेको छ । अन्नपूर्ण पदमार्गअन्तर्गत विश्वका विभिन्न देशबाट आएका पर्यटक यतिबेला मनाङमा भेटिन्छन् । पर्यटक आउने अनुकूल समय भएकाले पर्यटक मनाङमा भित्रिने...

साहित्यकार र कलाकार चुनावी प्रचारमा

आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भोजपुरमा चुनावी सरगर्मी बढेको छ । चुनावी प्रचारमा साहित्यकार र कलाकारहरुको टोली भोजपुर आइपुगेको छ । योजना आयोगका पूर्वसदस्य डा शिवकुमार राई, भूपूगोर्खा सैनिक सङ्घ गेसोका अध्यक्ष कृष्णकुमार राई, उपाध्यक्ष मनिकुमार राई, वरिष्ठ कवि तथा गीतकार भू...

दुर्घटनामा एकको मृत्यु, एक घाइते

भक्तपुर सल्लाघारीमा पानी ट्याङ्करमा मोटसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । बागमती प्रदेश०२–०३१प ७८६२ नंको मोटरसाइकल बा४ख ४२६८ नंको पानीट्याङ्करमा ठोक्किँदा मोटरसाइकल चालक मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली बस्ने २६ वर्षीय साजन दुवारीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तप...

हुम्लाका २४ मतदानस्थल अतिसंवेदनशील

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि हुम्लाको २४ वटा मतदानस्थल अतिसंवेदनशीलको सूचीमा रहेका छन् । जिल्लाका सातवटै स्थानीय तहमा रहेका ५८ वटा मतदान केन्द्र र ५९ वटा मतदानस्थलका २४ वटा मतदानस्थललाई अतिसंवेदनशील ठहर गरिएको हो । प्रतिनिधिसभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको हिमाली...