जुम्लाका किसानलाई मार्सीधान भित्र्याउन भ्याइनभ्याई

देश यतिबेला प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा होमिए पनि जुम्लाका किसान राजनीतिभन्दा आफ्नो खेतपातीमा व्यस्त छन् । जुम्लाका किसानलाई यो याममा पाकेको कालीमार्सी धान घरमा भित्र्याउन भ्याइनभ्याई भएको चन्दननाथ नगरपालिका–२ का स्थानीयवासी लक्ष्मी कुमाईंले बताउनुभयो । जुम्लामा मात्र उत्पादन हुने अति लोकप्रिय मार्सीधान ...

प्रहरीलाई आइपर्ने हर चुनौतीमा सरकारको पूर्ण साथ छ : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाणले कानुनले तोकेका जिम्मेवारी निर्वाह गर्ने क्रममा प्रहरीलाई आइपर्ने हर चुनौतीमा नेपाल सरकार र गृह मन्त्रालयको पूर्ण साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १–१८१औँ (पोष्ट ग्य्राजुएट डिप्लोमा इन पुलिस सा...

काग तिहार मनाइँदै

  कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा चिजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मतरूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प...

बस दुर्घटनामा २३ जना घाइते

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–११ मा गए राति बस दुर्घटना हुदाँ २३ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गमा काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको ना७ख ४१५ नंको बस ‘ब्रेकफेल’ भई सडकको दाहिनेतर्फ पल्टिँदा बसमा सवार ५० मध्ये २३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी उपरीक्षक ...

मीठो फलफूल बेच्ने धनमायाको नमीठो कथा

पर्वत ग्याँदीकी धनमाया नेपाली आजभोलि बागलुङ बजारको चोकचोक र गल्लीगल्लीमा भेटिनुहुन्छ । काँधमा ढाको र हातमा पोकापुन्तुराका साथमा भेटिने उहाँले फलफूल बेच्नुहुन्छ । उहाँको कथा भने नमीठो छ । उहाँले चोकचोक र गल्लीगल्लीमा बसेर फलफूल बेच्न थालेको १६ वर्ष भयो । यसरी फलफूल बेच्नु उहाँका रहर होइन । पोखराबाट सुरु भएको फलफूल बेच...

सयपत्री प्रतिथुङ्गा रु चारमा बिक्री

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ बडहरे निवासी मन्जु श्रेष्ठले गत वर्ष थोरै मात्रामा सयपत्री फूलखेती सुरु गर्नुभयो । तिहारका समयमा उहाँलाई मागअनुसारको फूल पु¥याउन धौधौ भयो । परीक्षणका रूपमा फूलखेती सुरु गर्दा माग अत्यधिक भएपछि उहाँमा त्यही बेला अब व्यावसायिकरूपमा फूलखेती गर्छु भन्ने सोच पलायो । “गत वर्ष उत्पादन भएक...

बबईमा नुहाउन गएका दुई किशोरी बेपत्ता

बबई नदीमा नुहाउन गएका दुई किशोरी डुबेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दाङको दङ्गीशरण गाउँपालिका–२ सिमलकुुनाकी १६ वर्षीया रमा शाही र सल्यानको दमाचौर घर भइ दङ्गीशरण–२ स्थित मामा घर आएकी १५ वर्षीया गोमा चन्द रहेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीका अनुसार दुवै जना आज दिउँसो बबईमा न...

उम्मेदवारलाई मतदाताको प्र्रश्न : बाँदर नियन्त्रण गर्ने योजना छन् ?

उम्मेदवारका चुनावी मुद्दा र जनताको माग अधिकांश मिल्दाजुल्दा हुन्छन् । चुनावको समयमा मतदाताको उम्मेदवारसँग अधिकांश माग भनेको शिक्षा, स्वास्थ्य, सडक तथा कृषिमा आधुनिकीकरणसँग जोडिएका सवाल हुन्छन् । तर, बागलुङका दक्षिण भेगका जनताले उम्मेदवारलाई यसपटक फरक माग सुनाएका छन् । बागलुङको दक्षिण भेग बलेवा, जैमिनी नगरपालिका तथा ब...

क्रिकेटको डेब्यु खेलमा नै पुलिसको एतिहासिक स्वर्ण

नेपाल पुलिस क्लबको महिला क्रिकेक टोलीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको डेब्यु खेलमा नै स्वर्ण पदक जितेको छ । पोखरा रङ्गशालामा आज भएको फाइनल खेलमा पुलिसले सशस्त्र प्रहरी बल (एपिएफ) लाई पाँच रनले पराजित गर्दै स्वर्ण पदक जितेको हो । पहिलो पटक महिला टोली बनाएको पुलिसले डेब्यु प्रतियोगितामै एतिहासिक स्वर्ण पदक जित्न ...

तिहारका लागि फूल र मालाको मूल्य निर्धारण

जिल्लामा रहेर फूल खेती गर्ने किसानले तिहारका लागि फूल र मालाको मूल्य निर्धारण गरेका छन् । व्यावसायिकरुपमा पुष्प खेती गर्ने कृषकले बजारमा एकरुपता ल्याउनका लागि फूल र मालाको मूल्य निर्धारण गरेका हुन् । कृषकले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी तिहारको तीन दिनका लागि सयपत्री फूलको माया प्रतिगोटा खुद्रा मूल्य रु ९० ...