थप एक सय २६ जनामा कोरोना सङ्क्रमण पुष्टि

देशभर पछिल्लो २४ घण्टामा थप एक सय २६ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार सात सय ९० जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार छ सय ७४ जनाको पिसिआर र दुई हजार एक सय १६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो चौबिस घण्टामा एक सय ३७ ज...

अध्यक्ष लीको भ्रमणसँगै तातोपानी र रसुवा नाका खुला

झण्डै एक महिना बढी समयदेखि कोभिड–१९को सङ्क्रमण बढेको भन्दै बन्द भएका तातोपानी र रसुवातर्फका नाका आजदेखि खुलेका छन् । नेपालको चार दिने औपचारिक भ्रमणमा आउनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको भ्रमणका क्रममा भएका द्विपक्षीय सहमति पश्चात नाका खुलेको बताइएको छ । साथै कोभि...

सेतो पुर्जाले दिएको खुसी

अन्नपूर्ण, कास्की ३० भदौ (रासस) पोखरा महानगर–७ प्रगति टोलकी भुजामती पुन बुधबार भावुक मुद्रामा देखिनुभयो । अनपढ उहाँलाई आफ्नो उमेर कति पुग्यो भन्नेसमेत थाहा छैन तर सुकुम्बासी भएर सो स्थानमा बस्न थालेको १० वर्ष पुगेको भुजामतीले सुनाउनुभयो । काठमाडौँमा श्रीमान्सँगै ज्याला मजदुरी गरेर बस्ने उहाँको जीवनमा विसं २०६७ मा बज्...

इमाडोलमा जितिया पर्व

मिथिला संस्कृतिअनुसार यहाँस्थित इमाडोलमा जितिया पर्व मनाइएको छ । नेपाल महिला समाज समूहद्वारा आयोजित सो कार्यक्रममा समूहका अध्यक्ष अनिका झाले जितिया पर्वको ऐतिहासिक पक्षमाथि चर्चा गर्नुभएको थियो । उहाँका अनुसार जितिया पर्वलाई जिमूतवाहन, जितिया र जिवित्पुत्रका नामले पनि चिनिन्छ । विशेष गरी महिलाले सन्तानको दीघार्यु, पर...

चिनियाँ नेता ली भ्रमण सम्पन्न गरी फिर्ता

सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा सोमबार यहाँ आउनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु भ्रमण सम्पन्न गरी आज फिर्ता हुनुभएको छ । चिनका उच्चस्तरका नेता अध्यक्ष ली बिहान विशेष विमानबाट फिर्ता हुनुभएको हो । उहाँलाई त्रिभु...

माओवादी कमजोर भए प्राप्त उपलब्धी गुम्न सक्छ : अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी पार्टी र आन्दोलन कमजोर भए देशमा प्राप्त भएका परिवर्तन तथा उपलब्धि गुम्न सक्ने भएकाले इमान्दार भएर जनतामा जान पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । माओवादीका दिवङ्गत नेता पोष्टबहादुर बोगटीको आठौँ स्मृति दिवसका अवसर...

भरतपुर महानगरमा बजार अनुगमन

भरतपुर महानगरमा बजार अनुगमनचाडपर्व नजिकिँदै गर्दा भरतपुर महानगरपालिकाले संयुक्त बजार अनुगमन थालेको छ । उपभोक्ताको हितलाई ध्यानमा राखी स्वच्छ बजार कायम राख्न महानगरले आफ्नो क्षेत्रभित्र हुने स्थानीय बजारमा अनुगमन थालेको हो । मङ्गलबार नारायणगढ क्षेत्र र बुधबार भरतपुरको बसपार्क क्षेत्रमा अनुगमन गरिएको छ । महानगरको ...

बसले ठक्कर दिँदा वृद्धाको मृत्यु

पोखराको लेखनाथमा माइक्रोबसको ठक्करबाट एक वृद्धाको मृत्युु भएको छ । बुधबार साँझ शिसुवा चोकमा ग१ख ६८३० नंको माइक्रोबसले ठक्कर दिएपछि गम्भीर घाइते भएकी पोखरा–३१ मोहोरिया निवासी ७८ वर्षकी देवकला बन्जराको मृत्युु भएको हो । पैदलयात्रा गरिरहेको अवस्थामा बसले बन्जरालाई बसले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते ब...

सिन्धुलीमा लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान

लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगको जोखिम सिन्धुलीमा बढेको छ । छोटो अवधिमै डेङ्गु रोगका बिरामी ह्वात्तै बढेका सिन्धुली अस्पतालका डा सागर देवकोटाले जानकारी दिनुभयो । दिनकै दुई–तीन बिरामीमा डेङ्गु रोगको सङ्क्रमण देखिएको उहाँको भनाइ छ । साउनयता मात्रै बिरामी भएर अस्पताल आएका ९७ जनामा उक्त रोग देखिएको जनाइएको छ । ...

‘बच्चा चोर’ अफवाह ः भ्रामक प्रचार नगर्न अनुरोध

रुपन्देही, २९ भदौ (रासस)ः गत आइतबार रुपन्देहीको तिलोत्तमामा ‘बच्चा चोर’ फेला परेको जनाउँदै केही तस्वीर र भिडियो सार्वजनिक भयो । चाउमिन खुवाउने बहानामा बालिकालाई भगाउन खोजेको भन्दै स्थानीयले एक महिलालाई नियन्त्रणमा लिए । यो दृश्य केही फेसबुक पेजबाट सेयर भएपछि हेर्ने र सेयर गर्ने काम भयो । केहीबेरमै भिडियो भाइरल बन्...