मिनीट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक गम्भीर घाइते

नुवाकोटको बेलकोटगढी नगरपालिका–७ महादेवफाँटमा गए राति मिनीट्रकको ठक्करबाट एक जनाको निधन भएको छ । गम्भीर घाइते भएका अर्का एक जनालाई उपचारका लागि काठमाडाँै लागिएको छ । गएराति महादेवफाँटस्थित बा२०च ९४४२ नंको कार सडक छेउमा रोकेर त्यसबाट ओर्लन लागेका दुई जनालाई मिनीट्रकले ठक्कर दिएको जनाइएको छ । ठक्करबाट बेलकोटगढी –७ का...

छात्रालाई पढाइमा उत्प्रेरित गर्न साइकल वितरण

माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरी कक्षा ११ को अध्ययन थालेका महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाका ५३ छात्रालाई साइकल प्रदान गरिएको छ । छोरी शिक्षालाई प्रवद्र्धन गर्ने उद्देश्यले मटिहानी–८ स्थित श्री राम माध्यमिक विद्यालयमा अध्ययनरत ती छात्रालाई साइकल प्रदान गरिएको हो । नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयमा ...

नेपालद्वारा पाकिस्तानलाई राहत सामग्री उपलब्ध गराइने

नेपालद्वारा पाकिस्तानलाई रु दुई करोड मूल्य बराबरको राहत सामग्री सहयोगस्वरुप उपलब्ध गराइने भएको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी पाकिस्तानमा आएको बाढीबाट धनजनको क्षति भएको जनाउँदै राहतस्वरुप सहयोग उपलब्ध गराइने बताउनुभयो । यही भदौ २१ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर...

डायलायसिसमा पालो नपाउँदा समस्या

रुकुम भुमे गाउँपालिका–९ चुनवाङ निवासी ५५ वर्षीया तुलसी पुन तीन वर्षअघिदेखि मिर्गौलापीडित हुनुहुन्थ्यो । दुवै मिर्गौला फेल भएपछि उहाँ नियमित डायलायसिस गर्दै आउनुभएको थियो । केही समय काठमाडौँमा डायलायसिस गरेपछि दाङको लमहीमा डायलायसिसका लागि आउनुभयो । छोरीको घर तुलसीपुर भएकाले तुलसीपुर ल्याउनका लागि पहल भयो । सोहीअनुसार...

पहाडमै पाइन थाले डेङ्गुका बिरामी

सुदूरपश्चिमका उच्च पहाडी जिल्लामा डेङ्गुको सङ्क्रमणबाट स्थानीय बासिन्दा बिरामी पर्न थालेका छन् । जलवायु परिवर्तनका कारण वायुमण्डलमा तापक्रम बढ्दा पहाडी क्षेत्रमा डेङ्गु सार्ने लामखुट्टे पाइन थालेपछि बिरामीको सङ्ख्या बढ्न थालेको जनाइएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कार्यक्रम सम्पर्क व्यक्ति हेमराज...

निर्माण कम्पनीलाई धरौटी जफतको चेतावनी

झापाको बिर्तामोड नगरपालिकाले समयमै भवन निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने भएको छ ।बिर्तामोडको नगर अस्पतालको भवन निर्माणको ठेक्का पाएको धुलिखेल निर्माण सेवालाई नगरपालिकाले सम्झौता अवधि सकिँदासमेत काम सम्पन्न नभएको जनाउँदै पत्राचार समेत गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपा...

अव्यवस्थित प्रचार सामग्री हटाउने अभियान

शङ्खरापुर नगरपालिकाले नगरभित्रका अव्यवस्थित होर्डिङ बोर्डलगायतका प्रचार सामग्री हटाउन थालेको छ । नगरलाई सफा र व्यवस्थित बनाउने उद्देश्यले अभियान नै सुरु गरेर अव्यवस्थित होर्डिङ बोर्ड, पोष्टर, झण्डा, व्यानरलगायतका सामग्री हटाउन सुरु गरेको नगर प्रहरी प्रमुख आङ्काजी शेर्पाले जानकारी दिनुभयो । नगरपालिकाले इन्द्रायण...

इन्द्रदहमा स्नान गर्नेको भीड

राजधानीको उत्तरपश्चिमी भेगस्थित चन्द्रागिरी नगरपालिका–१ को इन्द्रदहमा भाद्र शुक्ल पूर्णिमाका अवसरमा स्नान गर्ने भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन यहाँ स्नान गरेमा इन्द्रसँगै स्वर्ग गइने जन विश्वास छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीको बेलुकी इन्द्रदहमा रहेको इन्द्र वासुकीको मन्दिर...

प्रशासनिक रूपान्तरण नभएकाले चाहेजस्तो काम गर्न सकिएन : मुख्यमन्त्री

प्रशासनिक रूपान्तरण नभएकाले आफूले चाहेका काम गर्न नसकेको महसुस भएको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बताउनुभएको छ । कैलालीको टीकापुरमा सुरु भएको नेपाल जेसिजको एरिया ‘घ’ सम्मेलन उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले जनप्रतिनिधिका योजना राम्रा भए पनि धरातलीय यथार्थ भन्दा फरक भएका र प्रशासनिक रूपान्तरण न...