सडक क्षेत्रका संरचना हटाउन निर्देशन

वीरेन्द्रनगर नगरपालिकाले गणेशचोकबाट मङ्गलगढी चोकसम्म रहेका सडक क्षेत्रमा पर्ने संरचना हटाउन निर्देशन दिएको छ । नगरपालिकाले मुख्य बजार क्षेत्रमा अवस्थित उक्त सडकको स्तरोन्नति भइरहेकाले विद्युत्, टेलिकमका पोल–तारलगायत निजी क्षेत्रबाट बनाइएका संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको हो । नगरपालिकाका प्रमुख प्रशासकिय ...

हट्यो भारतीय बाटो प्रयोग गनुपर्ने बाध्यता

कञ्चनपुरको दोधारा चाँदनीका बासिन्दालाई भारतीय बाटो भएर महेन्द्रनगर आउनुपर्ने बाध्यता हटेको छ । भीमदत्त नगरपालिका –१२ स्थित महाकाली नदीमा चार लेनको पक्की पुल बनेपछि यहाँका बासिन्दालाई भारतको शारदा ब्यारेज हुँदै महेन्द्रनगर आवतजावत गर्नुपर्ने बाध्यता हटेको हो । विसं २०७४ मा निर्माण सुरु गरिएको पुलको काम सम्पन्न भइसकेक...

चाहिएजति विद्युत् उपलब्ध गराउने सरकारको तयारी ः ऊर्जामन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अब छिट्टै सबैका घरमा चाहिएजति विद्युत् जडान हुने बताउनुभएको छ । उहाँले अहिले करिब ९५ प्रतिशत जनताका घरमा विद्युत् पुगेको भन्दै दुई वर्षभित्रै सबै घरमा चाहिएजति विद्युत् उपलब्ध गराउने गरी सरकारले काम गरिरहेको बताउनुभयो । बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन रुपन्देहीको...

नेप्से परिसूचकको ओरालो यात्रा जारी, कारोबार रकम अर्ब पनि पुगेन

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक चार दशमलव २९ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७३ दशमलव शून्य एकमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ८२ अङ्कले ओरालो लागेर तीन सय ८२ दशमलव ९५ मा ओर्लेको छ । कूल दुई सय २४ कम्पनीको २४ लाख ४४ हजार तीन हजार ४४ कित्ता शे...

बुटवलका अधिकांश मासु पसल फोहर र अव्यवस्थित

बुटवलका अधिकांश मासु पसल फोहर र अव्यवस्थित रहेको पाइएको छ । बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा देवी अर्यालको नेतृत्वमा आज भएको अनुगमनका क्रममा बधशाला सरसफाइमा ध्यान नदिएको पाइएको हो । चाडपर्वमा सबैभन्दा बढी उपभोग हुने मासुजन्य पदार्थमा हुने कालोबजारी तथा गुणस्तरहीन बस्तुको बिक्री वितरण नियन्त्रण गर्न उपमहानग...

विप्लव समूह परित्याग गरी कांग्रेस प्रवेश

नेकपा विप्लव समूहका एक दर्जन नेता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उहाँहरूलाई कांग्रेसको सदस्यता दिएर पार्टी प्रवेश गराउनुभएको हो । नेकपा विप्लव समूहका वैकल्पिक केन्द्रीय सदस्य एवं बैतडी इन्चार्ज रमेश परियार, जनमुक्ति पार्टी...

दुई सय जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घन्टामा दुई सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार पाँच सय ३७ नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । एक हजार तीन सय ८१ नमूनाको आरटी पिसिआर विधिबाट परीक्षण गर्दा ९२ र दुई हजार एक सय ५६ नमूनाको एन्टिजेन परीक्षण गर्दा एक सय आठ जनामा ...

ऊर्जामन्त्री भुसालद्वारा सार्वजनिक जग्गा संरक्षणका अगुवा सम्मानित

ललितपुर महानगरपालिका–२५ खोकना दोबाटोस्थित सार्वजनिक जग्गा संरक्षणमा अग्रणी भूमिका निर्वाह गर्ने स्थानीय एवं समाजसेवीलाई आज सम्मान गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले १०४ जनाभन्दा बढी सार्वजनिक जग्गा संरक्षण अभियन्तालाई सम्मान गर्नुभएको हो । खोकना डोबाटोस्थित करिब दुई रोपनी सार्वजनिक जग्गा भूम...

शिक्षण अस्पताल बन्दै प्राकृतिक चिकित्सालय

पूर्वी नवलपरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सालयलाई प्राकृतिक चिकित्सा विज्ञान अध्यापन गराउने शिक्षण अस्पतालको रुपमा अगाडि बढाइने भएको छ । स्थानीयले धनधान्याञ्चल महायज्ञ आयोजना गरेर विसं २०६४ मा स्थापना भएको चिकित्सालयले विसं २०६७ बाट उपचार सेवा प्रारम्भ गरेको हो । यसलाई देशकै पहिलो प्राकृतिक चिकित्सा अध्यापन गराउ...

योजनाबद्ध रुपमा बनेको सहर नै डुबानमा

दोधारा चाँदनी, १८ भदौ (रासस) ः तत्कालीन राजा महेन्द्रले गुरुयोजनाअनुसार बसाएको महेन्द्रनगर बजार सामान्य वर्षामा पनि डुब्न थालेको छ । बजारमा ढल निकास व्यवस्थित नहुँदा सामान्य झरीमै बजार जलमग्न हुने गरेको छ । राजा महेन्द्रले भारतको चण्डीगढको नक्साअनुसार योजनाबद्ध रुपले महेन्द्रनगर बजार बसाल्नुभएको थियो । महेन्द्र...