भक्तपुर, ३० साउन (रासस) : सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर मानिने प्रसिद्ध डालेश्वर महादेव मन्दिर बाह्य तथा आन्तरिक पर्यटक र भक्तजनको प्रमुख गन्तव्य बन्न थालेको छ । साउनको सोमबार, महाशिवरात्री, अक्षय तृतीया, तीजलगायतका पर्वमा यस मन्दिरमा ५०औँ हजार भक्तजनको भीड लाग्ने गरेको छ । यो साउनमा प...
