विपद् प्रतिकार्य योजना कार्यान्वयन गर्न निर्देशन

जिल्ला प्रशासन कार्यालय सुर्खेतले विपद्को पूर्वतयारी तथा प्रतिकार्य योजनाको कार्यान्वयन गर्न स्थानीय तहलाई निर्देशन दिएको छ । जिल्लाका नौवटै स्थानीय तहलाई पत्राचार गर्दै प्रशासनले मनसुन सक्रिय भएसँगै विपद्जन्य जोखिममा सतर्कता अपनाउन र उद्धारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको हो । प्रमुख जिल्ला अधिकारी खगेन्द्...

अझै सुध्रिएन नरभक्षी बाघको आनीबानी

नवलपुर, १९ असार (रासस): मान्छे मारेका कारण चितवन राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको नरभक्षी बाघको ‘आनीबानी सुध्रिएको’ जनाउँदै यस वर्ष निकुञ्जले चार बाघलाई प्राकृतिक वासस्थानमै छाडेको छ । निकुञ्जले यस वर्ष छवटा बाघ नियन्त्रणमा लिएकामा चार बाघ छाडेको जनाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले ...

नगरप्रमुख हर्क साम्पाङद्वारा श्रमदान

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको अगुवाइमा धरान २० स्थित पकुवाखोलामा खानेपानीका लागि सयौँ स्थानीयवासीले श्रमदान गरेका छन् । पूर्वनिर्धारित योजनाअनुसार हरेक शनिबार एक दिन सो खोलामा पुगेर खानेपानीको मुहानमा ढुङ्गा बोक्ने र ‘इन्टेक ’बनाउने काममा उनीहरु खटिएका हुन् । शनिबार सोही क्षेत्रमा वृक्षरोपण पनि गरिएक...

कोटेश्वर महादेव मन्दिर क्षेत्रको फोहर व्यवस्थापन

कोटेश्वर महादेव मन्दिरको पश्चिमी वाग्मती किनारमा सफाइ गरी शनिबार करिब तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको आज ४७७औँ हप्तामा कोटेश्वर महादेवको पश्चिम भागस्थित श्रीनगर गणेश मन्दिर चोक क्षेत्रको वाग्मती नदी किनारमा सफाइ गरिएको हो । सफाइमा दैलेखका सांसद पार्वती विशुङ्खे, अधिकारसम्पन्न वाग्म...

लमजुङमा पर्याप्त वर्षाले छिटो रोपाइँ

लमजुङमा हालसम्म ३५ प्रतिशतभन्दा बढी रोपाइँ सम्पन्न भएको छ । गत वर्षको तुलनामा पर्याप्त पानी परेसँगै अधिकांश भागमा छिटो रोपाइँ थालिएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ । कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख सुदीप खतिवडाले गत वर्षको तुलनामा छिटो रोपाइँ भएको बताउनुभयो । गत वर्ष यतिबेला मुस्किलले ३० प्रतिशतको हा...

नेप्सेमा पहिरो, दुई कम्पनीको शेयरमा सर्किट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको वृद्धि एक दिन पनि टिक्न सकेन । बिहीबार उच्च अङ्कले उकालो लागेको कारोबार मापक नेप्से पसिरसूचक आज भने पुनः ओरालो लाग्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८.८७ अङ्कले ओरालो लागेर दुई हजार २८.७७ अङ्कमा पुगेको छ । त्यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्...

बैंकिङ कसुर मुद्दामा फरार शर्मा र गुरुङ पक्राउ

नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उच्च अदालत पाटनको फैसलाअनुसार जरिवना र कैद सजाय तोकिएका महोत्तरी घर भई ललितपुर बस्ने २८ वर्षीय गौरभ शर्मा र धादिङ घर भई काठमाडौँको मनमैजु बस्ने ३१ वर्षीय प्रेमबहादुर गुरुङलाई आज पक्राउ गरेको हो । ब्य...

फलाम बोकेको ट्रक दुर्घटना हुँदा एक जना भारतीय नागरिकको मृत्यु

मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखा नजिक आज फलाम बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दिउँसो हेटौँडाबाट ठिंगनतर्फ जाँदै गरेको सि जी ०७ बि एच ५५२७ नम्बरको फलाम बोकेको भारतीय ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा ट्रक चालक भारत पटना जिल्ला महाबलिपुर बस्ने ४...

ढुङ्गा, गिटी उत्खननसम्बन्धी सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश

सर्वोच्च अदालतले ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड संशोधन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरु कुमार रेग्मी र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले आज ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ लाई संशोधन गर्ने मन्त...

निजी क्षेत्रलाई रासायनिक मल कारखाना स्थापनामा सहयोग गर्ने– मुख्यमन्त्री राई

  प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारले प्रदेशमा निजी क्षेत्रले रासायनिक मल कारखाना स्थापना गर्न चाहेमा आवश्यक सहयोग गर्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेशको चौथो साधारणसभाको आज यहाँ उद्घाटन कार्यक्रममा उहाँले मुलुकको कृषि उत्पादन बढाउन अन्य उद्योगसरह मल उद्योग स्थापनाको सहज...