खाल्डोमा डुबेर दाजुभाइको मृत्यु

सर्लाहीको पर्सा गाउँपालिका–४ जिङ्गडवास्थित बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स र १० वर्षीय दिपु रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक दीपेन्द्र पन्जियार थारूले जानकारी द...

काठमाडौँ महानगरपालिकाद्वारा छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरु

काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न प्रक्रिया सुरुआत गरेको छ । संस्थागत विद्यालयले छात्रवृत्ति प्रदान गर्न कञ्जुस्याइँ गर्ने भएकाले महानगरपालिका आफैँले छात्रवृत्तिका लागि प्रक्रिया सुरु गरेको महानगरपालिकाका प्रमुख बालेन साहले जानकारी दिनुभयो । उहाँका अनुसार महानग...

मकवानपुरमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु

मकवानपुरमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । आज बिहान पौने २ बजे मनहरी गाउँपालिका–६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्व पश्चिम सडकखण्डमा हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना६ख ६६६७ नंको ट्रक र विपरीत दिशातर्फबाट आउँदै गरेको ना६ख ६३१ नंको ट्रक एकापसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै ट्रकमा आगलागी भएको जिल्ला प्रहर...

ककनीको पानी हङकङ र मकाउ निर्यात

ककनीको पानी हङकङ र मकाउ निर्यात गर्न सुरु गरिएको छ । डेढ दशकदेखि ‘बोतलबन्द पानी’को व्यापारमा संलग्न चार व्यवसायी मिलेर हङकङ र मकाउमा नेपालबाट पानी निर्यात सुरु गर्नुभएको हो । गुणस्तर परीक्षणका लागि हवाईमार्गबाट पठाइएको पानीको नमूना स्वीकृति भएपछि कम्पनीले गत जेठदेखि निर्यात सुरु गरेको वेभ नेपाल प्रालिका सञ्चाल...

क्रिकेट खेलाडीले १६ महिनापछि पाए सरकारले घोषणा गरेको पुरस्कार

कैलालीको धनगढीमा विसं २०७८ चैतमा आयोजना भएको १९ वर्षमुनिको महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेता खेलाडीले सरकारले घोषणा गरेको पुरस्कार पाएका छन् । नेपाल क्रिकेट सङ्घले आयोजना गरेको प्रतियोगिताको च्याम्पियन बनेको गण्डकी प्रदेशको टोलीलाई गण्डकी प्रदेश सरकारले त्यति बेला घोषणा गरेको जनही रु ५० हजार पुरस्कार ...

डोटीमा घर भत्किँदा महिलाको मृत्यु

डोटीमा गए राति घर भत्किँदा एक  महिलाको मृत्यु भएको छ । घर भत्किँदा च्यापिएर दिपायल सिलगढी नगरपालिका–५ गैराकी ३० वर्षीया गङ्गा मालासीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार गए राति एकतले घर भत्किँदा सुतिरहेकी मलासीको च्यापिएर मृत्यु भएको हो । प्रहरी नायव निरीक्षक आ...

ग्यास्ट्रिकका लक्षण र यसबाट बच्ने उपाय

प्रायः नेपालीमा ग्यास्ट्रिक हुन्छ । खाना र व्यायाममा ध्यान नदिँदा ग्यास्ट्रिकको सिकार बन्न पुगिन्छ । बजारमा उपलब्ध विभिन्न तयारी खाद्य पदार्थ, रेस्टुरेन्ट आइटमको अत्यधिक प्रयोगले पनि ग्यास्ट्रिक बनाउँछ । शारीरिक श्रम कम गर्ने र अस्वस्थ जीवनशैली ग्यास्ट्रिकको मुख्य कारण हो । यस्ता छन् ग्यास्ट्रिकका लक्षण र त्यसबाट ब...

जन्मस्थान फर्किएपछि 

बाह्र वर्षपछि खोला पनि फर्किन्छ भनिन्छ तर नवीनलाई जन्मघर फर्कन भने तीन दशक लागेको छ । तर ढिलै गरी फर्किए पनि उहाँको सोच नवीन नै छ । केही गरौँ भन्ने हुटहुटी छ, आफ्नै जन्मस्थल बनाउने ।   तनहुँको व्यास नगरपालिका–८ रिस्ती बाहुन पोखराका नवीनराज पौडेलसँग नयाँ आलिसान घर बनाउन पैसा त छ तर रहर छैन । सञ्चारकर्मी, सञ्च...

बाढीले मेलम्ची र फट्टेको ह्युमपाइपमा क्षति

अविरल वर्षापछि मेलम्चीमा आएको बाढीले ह्युमपाइप राखेर बनाइएको दुई पुलमा क्षति पु¥याएको छ । गए रातिको वर्षाले मेलम्ची तथा इन्द्रावती दुवै नदीको ह्युमपाइपमा क्षति भएको फट्टेका स्थानीय दशरथ दनुवारले जानकारी दिनुभयो । “फट्टेबाट अब सवारीसाधन चल्ने अवस्था छैन”, उहाँँले भन्नुभयो । फट्टेको पुल क्षति हुँदा मेलम्ची नगरपालिक...

इलाममा श्रीमतीको हत्या गरी आत्महत्या

इलाममा एकजनाले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । माइजोगमाई–२ टारसिंहका ५६ वर्षीय पिताम्बर खतिवडाले ५२ वर्षीया श्रीमती राधिकाको हत्या गरी आत्महत्या गरेको इलामका प्रहरी उपरीक्षक दिलीपकुमार घिमिरेले जानकारी दिनुभयो । राधिका पिताम्बरी जेठी श्रीमती भएको बताइएको छ । गए राति करिब १०ः३० बजेतिर चिच्याएको आवाज सु...