तामाखानी उत्खनन गर्न माग

धौलागिरि गाउँपालिका–५ मल्कबाङका स्थानीय लालबहादुर छन्त्यालको घरमा विसं १९०४ मिति उल्लेख भएर बनाइएका तामाका भाँडाकँुडा छन् । उहाँका जिजुबाजेले गाउँकै तामाखानीबाट उत्खनन गरेको तामाबाट उक्त सामानहरु बनेका थिए । उहाँको घरमा उक्त मिति उल्लेख भएका छ माने, पाथी, गाग्रीलगायतका तामाका सामग्री सुरक्षित छन् । एक सय ७४ वर्ष अघ...

हेटौँडामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, ३६ घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुर जिल्लाकोे हेटौँडा उपमहानगरपालिका–१५ चुरियामाई मन्दिर नजिकै बिहान यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक–५ मोडेल क्याम्पस नजिक बस्ने ६० वर्षीय दिल्लीबहादुर दर्जी र मोरङ बेलबारी नगरपालिका–८ बस्ने ५१ वर्षीया कल्पना राजवंशी रहेको जिल्ला प्र...

दशैँ गाउँमै रमाइलो ः घर फर्कनेको लर्काे

गलकोट, १७ असोज (रासस) ः रोजगारी, बसाइसराइ तथा बढ्दो शहरीकरणका कारण अहिले धेरै गाउँ उजाडिएका छन् । गाउँका प्रायः घरमा झार पलाएका छन् भने परिवार भएको घरमा समेत बुढाबुढी मात्रै देखिन्छन् । दश वर्ष अघि बागलुङ नगरपालिका–८ स्थित मैनाकली कार्कीको परिवार गाउँमै ठूलो थियो । एघार जनाको परिवार रहेको उहाँका श्रीमान् मृत्यु भय...

पोखरा–बागलुङ–बेनी सडकमा ‘टाइमकार्ड’

गण्डकी प्रदेशको राजधानी पोखरादेखि धवलागिरीका तीन जिल्ला जोड्ने सडकमा चल्ने यात्रुवाहक सवारी साधनका लागि ‘टाइमकार्ड’ कार्यान्वयनमा आएको छ । दुर्घटना न्युनीकरणका लागि म्याग्दीको बेनी, बाग्लुङ र पर्वतको कुश्मादेखि पोखरा जाने–आउने जीप, ट्याक्सी, मिनिबस, हाइस, माइक्रोबसका लागि मंगलबारदेखि लागू हुने गरी समय टाइमकार्ड का...

सार्वजनिक जग्गा मिच्ने

काठमाडौँ, १५ असोज (रासस) ः काठमाडौँ महानगरपालिकाले अवैध ढगाबाट निर्माण गरिएका भौतिक संरचना भत्काउने क्रममा सार्वजनिक जग्गा मिच्नेको सङ्ख्या बढी पाइएको जनाएको छ ।   कामपाले गत भदौ ६ गतेदेखि नक्सा पास बिना निर्माण भएको, निर्माण भएअनुसार प्रयोग नभएको र सार्वजनिक जग्गा मिचेका बनेका संरचनालाई अवैध ठहर गर्दै त्य...

करिब सात सयको नाम सिफारिस

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को सबै जिल्ला समितिले प्रत्यक्ष उम्मेदवारमा करिब सात सयजनाको नाम सिफारिस गरेको छ । उम्मेदवारको सम्बन्धित निर्वाचन क्षेत्रमा कायम रहेको लोकप्रियता, पार्टी सङ्गठन सुदृढीकरणमा गरेको योगदानका आधारमा सिफारिस भएर आएका नाम...

घरैपिच्छे धारा र शौचालय

मनकुमारी दनुवारले आफ्नो जीवनको ५० वसन्त भालेको डाकोसँगै पानी लिन खोलामा पुगेर बिताउनुभयो । तर हिजोआज भने उहाँलाई पानीको कुनै चिन्ता छैन । जतिबेला चाहिन्छ, उति बेला घरको आँगनमा भएको धारामा गएर पानी थाप्नुहुन्छ उहाँ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको दनुवार बस्तीको जीवनशैली अचेल यही कारणाले फेरिएको छ । त्यहाँको प...

किसानलाई आधा मूल्यमा बीउ वितरण

भेरी नगरपालिका कृषि विकास शाखा जाजरकोटले आधा मूल्य अनुदानमा आलु र अन्य तरकारीका बीउ वितरण गरेको छ । चालु आर्थिक वर्षको प्रथम चौमासिक कार्यक्रम अनुसार कार्यालयको ५० प्रतिशत मूल्य अनुदान र कृषकको ५० प्रतिशत मूल्य सहभागितामा आलु तथा तरकारीको बीउ वितरण गरिएको हो । करिब ७० क्वीन्टल आलुको बीउ र अन्य तरकारीको बीउ दुई सय ...

दसैँँसँग जोडिएका संस्कृति लोप हुँदै गएकोमा चिन्ता

नुवाकोट, १५ असोज  ः नुवाकोट उपभोक्ता हित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष इन्द्रबहादुर पण्डित ३८ वर्ष अगाडिसम्म दुप्चेश्वर गाउँपालिका–७ शिखरवेसीमा बस्नुहुन्थ्यो । उहाँलाई दसैँको समयमा ब्याट्रीको कालोले घरको झ्याल ढोका सिगारेको सम्झना ताजै छ । रातो र कमेरो माटोले लिपेको घर गाजल लगाएकी महिला जस्तो लाग्थ्यो । थातथलो छाडेर...

महँगीको मारमा दसैँ

हिन्दू नेपालीको सबैभन्दा ठूलो पर्व हो दसैँ । मीठो खाने, राम्रो लगाउने र रमाइलो गर्ने पर्व यसपटक महँगीको मारमा परेको छ । अघिल्ला वर्षमा जस्तो बजारमा भीडभाड छैन । सर्वसाधारणमा उल्लास देखिदैन । किनमेलमा पनि तडक भडक छैन । यतिबेला भ्याइनभ्याइ व्यापार हुनुपर्ने खाद्यान्न र लत्ताकपडा पसलको व्यापार निकै कम छ । “एक त सबै साम...