नायक प्रदीप खड्काले मागे भुवन केसीको राजीनामा

काठमाडौं । चलचित्र प्रेमगीत-३ का नायक प्रदीप खड्काले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा मागेका छन् । कात्तिक १ गतेदेखि लागू हुने गरी राति ११ बजेपछि चलचित्र हल बन्द हुने निर्णय गरेको भन्दै खड्काले केसीको राजीनामा मागेका हुन् । विकास बोर्डको यो निर्णय असोज ७ गतेदेखि विश्वभर रिलिज हुन लागेको प्रेमगीत–३...

तीस वर्ष झोला बोकेका महावीर पुन यसरी बने संसारकै हिरो !

काठमाडौ, १ असोज (रासस) ः ‘मलाई पैसा बोकेर हिँड्न डर लाग्छ, झोला बोकेर हिँड्न रहर लाग्छ’ हालै एक कार्यक्रममा नगद रु एक करोडको पुरस्कार ग्रहणपछि चर्चित वैज्ञानिक एवं अनुसन्धानकर्ता महावीर पुनले भन्नुभयो । मानिसहरु परिवर्तन चाहन्छन् । परिवर्तनको कुरा गर्छन् तर, असल हिरो ती हुन् जो अगाडि बढ्छन् र आफैँ परिवर्तन् हुन्छन् ।...

कञ्चनपुरको वनहरा शिविर डुबानमा परेपछि उद्धार

शुक्रबारदेखि भइरहेको लगातारको वर्षाले कञ्चनपुरको वनहरा शिविर डुबानमा परेको छ ।यहाँको पूर्व–पश्चिम राजमार्गको वनहरा पुल छेउमा टहरा बनाएर बसेको बस्ती आज बिहानैदेखि डुबानमा परेपछि सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् । शुक्लाफाँटा नगरपालिका–११ मा पर्ने उक्त शिविरका ३० भन्दा बढी घर डुबानमा परेकाले त्यहाँ रहे...

माटो प्रयोग गरेर पर्खाल निर्माण

नेपालको सबैभन्दा ठूलो ताल मुगुको रारा ताल जोड्ने ताल्चा सल्लेरी सडकखण्डमा मेसेनरी वाल बनाउन बालुवा प्रयोग गर्नुपर्नेमा माटो मात्र प्रयोग गरेको पाइएको छ । ताल्चा जिरो पोइन्टदेखि सल्लेरीसम्मको करिब चार किलोमिटर सडकखण्डमा बालुवाको नाममा माटो मात्र प्रयोग गरिएको पाइएको हो । मुगुको रारा जोड्ने उक्त सडकखण्डको सडकको स्वरुप ...

शुक्लागण्डकीमा अतिक्रमित संरचना हटाइने

तनहुँको शुक्लागण्डकी नगरपालिकाले अतिक्रमण गरेर बनाइएका संरचना हटाउने भएको छ । काठमाडाँै महानगरपालिकालगायत केही स्थानीय तहले सार्वजनिक जग्गा मिचेर बनाएका संरचना हटाउने अभियान तीव्र पारेका बेला उक्त नगरपालिका पनि त्यसतर्फ अग्रसर भएको हो । सार्वजनिक जग्गा, स्थल र सडकको क्षेत्राधिकार मिचेर बनाइएका संरचना हटाउन लागिए...

गैरसरकारी सङ्घसंस्थाले सूचना लुकाएको आरोप

कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले गैरसरकारी सङ्घसंस्थामा आर्थिक पादर्शीता नभएको बताउनुभएको छ । राष्ट्रिय सूचना आयोगले शुक्रबार सिन्धुलीमाढीमा आयोजना गरेको सूचनाको हकसम्बन्धी अन्तक्र्रियामा उहाँले उक्त बताउनुभएको हो । सेवामूलक संस्थाका सञ्चालक नाफामुखी भएका उहाँको भनाइ थियो । “गैरसरकारी सङ्घसंस्था...

निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार मतदाता

निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाताहरुको अन्तिम नामावली स्वीकृत गरेको छ । निर्वाचन घोषणा भएको गत साउन १९ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी निर्वाचन हुने अघिल्लो दिन मङ्सिर ३ गतेससम्ममा १८ वर्ष उमेर पूरा हुने ८८ लाख ४...

हुम्लामै रोकिए पर्यटक

मानसरोवर कैलाशको दर्शन गरेर फर्कनुुपर्ने धार्मिक पर्यटक मौसम खराब हुँदा हुम्लामा नै रोकिएका छन् । दुई दिनदेखि हुम्लामा लगातार वर्षा भएका कारण धार्मिक पर्यटक नाम्खा गाउँपालिकाको ताक्ची र सिमकोटमा रोकिएका छन् । बुधबार रातिदेखि वर्षा भइरहेका कारण हवाई सेवा अवरुद्ध हुँदा गन्तव्यमा लाग्नुुपर्ने पर्यटक रोकिनुपरेको हो । ...

महिला साफ च्याम्पियनसिप फुटबल : मध्यान्तर अघि भारतविरुद्ध नेपाललाई अग्रता

छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलअन्तर्गत सेमिफाइनलमा नेपालले भारतविरुद्ध अग्रता लिएको छ । नेपालले मध्यान्तर अघिको खेलमा भारतलाई १–० गोलले पछि पारेको छ । पहिलो हाफ सकिँदा नेपालका लागि रश्मीकुमारी घिसिङले गोल गरेकी हुन् । उनले मध्यान्तर अघिको इन्जुरी समयमा गोल गरेकी हुन् । नेपाली टोलीको कप्तानी एन्जिला ...

साउदीसँग छिट्टै श्रम समझदारी हुने

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियासँग छिट्टै श्रम सम्झौता हुने बताउनुभएको छ । आफूसँग शिष्टाचार भेटका लागि आज सिंहदरबार पुग्नुभएका नेपालका लागि साउदी अरेबियाका राजदूत साद नासेर अब्दुल्ला अबु हैमदलाई मन्त्री कुँवरले दुई देशबीचको श्रम सम्झौताको काम अगाडि बढि...