आकस्मिक उपचार र विपन्न बिरामीलाई रगत निःशुल्क

नुवाकोटको त्रिशूली अस्पतालले आर्थिकरुपमा विपन्न तथा आकस्मिक उपचार गर्नुपर्ने बिरामीका लागि रगत र रक्ततत्व निःशुल्क उपलब्ध गराउन सुरु गरेको छ । त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दीपेन्द्र पाण्डेका अनुसार शुक्रबारदेखि लागू हुने गरी आर्थिकरुपमा विपन्न र आकस्मिक उपचार गर्नुपर्ने बिरामीलाई चाहिने रगत र रक्ततत...

इन्द्रदहमा स्नान गर्नेको भीड

राजधानीको उत्तरपश्चिमी भेगस्थित चन्द्रागिरी नगरपालिका–१ को इन्द्रदहमा भाद्र शुक्ल पूर्णिमाका अवसरमा स्नान गर्ने भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन यहाँ स्नान गरेमा इन्द्रसँगै स्वर्ग गइने जन विश्वास छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीको बेलुकी इन्द्रदहमा रहेको इन्द्र वासुकीको मन्दिर...

बाँकेमा डेङ्गु रोग सचेतना अभियान सञ्चालन हुने

नेपालगञ्ज उपमहानगरपालिकाले डेङ्गु रोग रोकथाम र नियन्त्रणका लागि सचेतनामूलक र प्रचारात्मक अभियान सञ्चालन गर्ने भएको छ । त्यसका लागि शुक्रबार भएको सरोकारवालाबीचको बैठकमा नगर उपप्रमुख कमरुद्धिन राईले डेङ्गु रोग नियन्त्रण र रोकथामका लागि नगर क्षेत्रमा लामखुट्टेको बास स्थान नष्ट गर्ने तथा समुदायमा सचेतना फैलाउने खालका ...

विद्यालयका भवन जीर्ण

दाङको तुलसीपुर उपमहानगरपालिका–१४ स्थित आधारभूत विद्यालय खौसापुरको भवन जीर्ण बनेको छ । विसं २०१७ मा स्थापना भएको उक्त विद्यालयका सबै भवन जीर्ण छन् । भवनबाट पानी चुहिन्छ । खानेपानीको अवस्था पनि त्यस्तै छ । शौचालय पनि जीर्ण छन् ।   विद्यार्थीलाई निकै त्रास हुने गरेको छ । “भवन निकै जीर्ण अवस्थामा छन्, यो उपमहानग...

चामल धानमा लगाएको करले नेपाली उद्योग मारमा

भारत सरकारले धान र चामलको निर्यातमा २० प्रतिशत भन्सार शुल्क लगाएकोमा बारा र पर्सा औद्योगिक करिडोरका चामल तथा धानसम्बन्धी कारोबार गर्ने व्यवसायीले त्यसको प्रत्यक्ष मार नेपाली बजारमा पर्ने बताएका छन् । वीरगञ्ज उद्योग वाणिज्य सङ्घले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै भारतले हाल जारी गरेको पत्रअनुसार शून्य भन्सार द...

प्रशासनिक रूपान्तरण नभएकाले चाहेजस्तो काम गर्न सकिएन : मुख्यमन्त्री

प्रशासनिक रूपान्तरण नभएकाले आफूले चाहेका काम गर्न नसकेको महसुस भएको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बताउनुभएको छ । कैलालीको टीकापुरमा सुरु भएको नेपाल जेसिजको एरिया ‘घ’ सम्मेलन उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले जनप्रतिनिधिका योजना राम्रा भए पनि धरातलीय यथार्थ भन्दा फरक भएका र प्रशासनिक रूपान्तरण न...

अवैध संरचना भत्काउँदा निस्किएका सामग्री व्यवस्थापन गरिँदै

अवैधरुपमा निर्माण गरिएका संरचना भत्काउने क्रममा निस्किएका सामग्री व्यवस्थापनको काम आगागी हप्तासम्ममा सकिने काठमाडौँ महानगरपालिकाले जनाएको छ । नक्सा विपरित निर्माण भएका, नक्सा अनुरुप निर्माण भए पनि सोही अनुरुप प्रयोग नभएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने क्रममा निसिकएको सबै सामग्री केही...

बाटो बिग्रिँदा यात्रुलाई सास्ती

पूर्वकै पर्यटकीय नगरी साागुरीगढी गाउँपालिकाको भेडेटारबाट सुरु भई धनकुटाको बुधबारे बजार हुँदै पाँचथर जोडिएको सडकको काम समयमा पूरा नहुँदा यात्रु मर्कामा परेका छन् । विगत १७ वर्षदेखि गाउँबाट तरकारी सङ्कलन गरेर तराईका बजार लगेर व्यापार गर्दै आउनुभएका चौबिसे गाउँपालिका मुढेवारका ४४ वर्षीय बलबहादुर थापाले बाटो बिग्रिएर व्...

पर्यटकले छुटाउन नहुने गन्तव्य पर्वत

कुश्मा, प्राकृतिक सुन्दरताले भरिपूर्ण हुँदाहुँदै पनि केही वर्ष अघिसम्म पर्वत पर्यटकीय गन्तव्य बन्न सकेको थिएन । पर्वत गुमनामको अवस्थामा थियो । “परिचयको क्रममा घर पर्वतभन्दा धेरैले ‘कहाँपर्छ’ भनेर प्रश्न गरिहाल्थे ।”, कुश्मामा होटल व्यवसाय गर्दै आउनुभएका सूर्य केसीले भन्नुभयो, “पोखरादेखि यता की उता, बागलुङभन्दा ट...