मुगुमा शाही सर्वसम्मत उम्मेदवार सिफारिस

नेपाली कांग्रेस मुगुका सभापति ऐनबहादुर शाहीलाई आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरिएको छ । पार्टीको जिल्ला कार्यसमिति बैठकमा शाहीलाई उम्मेदवार बनाउन सहमति भएको पार्टी सचिव लोकेन्द्रबहादुर मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला कार्य समितिले प्रतिनिधिसभामा समान...

दुई सय जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घन्टामा दुई सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार पाँच सय ३७ नमूना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । एक हजार तीन सय ८१ नमूनाको आरटी पिसिआर विधिबाट परीक्षण गर्दा ९२ र दुई हजार एक सय ५६ नमूनाको एन्टिजेन परीक्षण गर्दा एक सय आठ जनामा ...

ऊर्जामन्त्री भुसालद्वारा सार्वजनिक जग्गा संरक्षणका अगुवा सम्मानित

ललितपुर महानगरपालिका–२५ खोकना दोबाटोस्थित सार्वजनिक जग्गा संरक्षणमा अग्रणी भूमिका निर्वाह गर्ने स्थानीय एवं समाजसेवीलाई आज सम्मान गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले १०४ जनाभन्दा बढी सार्वजनिक जग्गा संरक्षण अभियन्तालाई सम्मान गर्नुभएको हो । खोकना डोबाटोस्थित करिब दुई रोपनी सार्वजनिक जग्गा भूम...

शिक्षण अस्पताल बन्दै प्राकृतिक चिकित्सालय

पूर्वी नवलपरासीको रजहरमा रहेको प्राकृतिक चिकित्सालयलाई प्राकृतिक चिकित्सा विज्ञान अध्यापन गराउने शिक्षण अस्पतालको रुपमा अगाडि बढाइने भएको छ । स्थानीयले धनधान्याञ्चल महायज्ञ आयोजना गरेर विसं २०६४ मा स्थापना भएको चिकित्सालयले विसं २०६७ बाट उपचार सेवा प्रारम्भ गरेको हो । यसलाई देशकै पहिलो प्राकृतिक चिकित्सा अध्यापन गराउ...

योजनाबद्ध रुपमा बनेको सहर नै डुबानमा

दोधारा चाँदनी, १८ भदौ (रासस) ः तत्कालीन राजा महेन्द्रले गुरुयोजनाअनुसार बसाएको महेन्द्रनगर बजार सामान्य वर्षामा पनि डुब्न थालेको छ । बजारमा ढल निकास व्यवस्थित नहुँदा सामान्य झरीमै बजार जलमग्न हुने गरेको छ । राजा महेन्द्रले भारतको चण्डीगढको नक्साअनुसार योजनाबद्ध रुपले महेन्द्रनगर बजार बसाल्नुभएको थियो । महेन्द्र...

वैकल्पिक मार्गको व्यवस्थापन हुँदै

वैकल्पिक मार्गलाई व्यवस्थित बनाई हल्का सवारी साधनको आवतजावतमा सहज बनाउन उत्तरगया गाउँपालिकाले बनुवा सडकको मर्मत कार्य सुरू गरेको छ । बनुवा घुम्तीबाट ठूलोबनुवा, हुर्रेडाँडा, चौकेटार हुँदै बोगटीटारसम्म करिब चार किमी दूरीको ग्रामीण सडक सञ्चालनको लागि दुई स्थानमा धमाधम ग्याबिन भर्ने काम अगाडि बढाइएको हो । ढाडे र गुहेख...

मुख्यमन्त्री पोखरेल र पाकिस्तानी राजदूतबीच भेटवार्ता

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपालका लागि इश्लामिक गणतन्त्र पाकिस्तानका राजदूत शैयद हैदर शाहबीच शुक्रबार भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा मुख्यमन्त्री पोखरेलले नेपाल र पाकिस्तानबीचको सम्बन्ध जनस्तरसम्म सदृढ रहेको भन्दै शिक्षा, स्वास्थ्य र पर्यटनका क...

प्रसिद्ध टेम्केसिद्ध मन्दिर जीर्ण

भोजपुरको धार्मिक तथा पर्यटकीय क्षेत्र टेम्के डाँडामा रहेको प्रसिद्ध टेम्केसिद्ध मन्दिर जीर्ण बनेको छ । समुन्द्री सतहबाट तीन हजार एक सय मिटर उचाइमा रहेको यो मन्दिर संरक्षणको अभावमा जीर्ण बनेको हो । मानिसहरुको धार्मिक आस्थाको केन्द्रको रुपमा रहेको यो मन्दिरको संरक्षणमा सरोकारवाला पक्षको ध्यान नपुगेको देखिन्छ । मन्दि...

एकीकृत समाजवादीद्वारा उम्मेदवारको नाम सिफारिस

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि काभ्रेपलाञ्चोकबाट प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवार सिफारिस गरेको छ । सो पार्टीको सङ्घीय क्षेत्र नं १ र २ को समिति बैठकले उम्मेदवारको नाम सिफारिस गरेको हो । प्रतिनिधिसभा क्षेत्र नं १ मा प्रत्यक्षतर्फ क...

जलविद्युत् आयोजनाको संस्थापक शेयर : यस कारण भइरहेको छ विवाद

काठमाडौँ, १७ भदौ (रासस) : विद्युत् नियमन आयोगले यही भदौ ११ गते माथिल्लो तमोर जलविद्युत् आयोजनाको सार्वजनिक सुनुवाइको सूचना प्रकाशित गर्‍यो । सोही प्रकृतिको सूचना आयोगले भदौ १२ गते पनि प्रकाशित गर्‍यो । त्यसदिनको सूचनामा कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको सार्वजनिक सुनुवाइको विषय समावेश थियो । काल...