छ हजार ग्राहकको विद्युत लाइन काटियो

नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालय हेटौँडाले विद्युत् महसुल नतिर्ने छ हजार चार सय ७७ ग्राहक विद्युत् लाइन काटिदिएको छ । लामो समयदेखि पटकपटक ताकेता गर्दासमेत महशुल नतिर्ने ती ग्राहकको आर्थिक वर्ष २०७८÷७९ मा प्राधिकरणले विद्युत् बन्द गरिदिएको हो । कार्यालय प्रमुख दीपेन्द्रराज द्विवेदीका अनुसार वि...

घरेलु तथा साना उद्योगका प्रविधि विकास गर्न अनुदान

लघु, घरेलु तथा साना उद्योगका लागि आवश्यकपर्ने प्रविधिको अध्ययन, अनुसन्धान र विकासका लागि सहयोग आदानप्रदान गर्ने उद्देश्यले उद्योग मन्त्रालय मातहतको लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र र राष्ट्रिय आविष्कार केन्द्रबीच समझदारी भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूको उपस्थितिमा आज १...

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक एक दशमलव ६७ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७० बराबरमा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलव ७४ ले ओरालो लागेर तीन सय ८...

गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकालाई असहाय गाईबाच्छा मुक्त गरिने

राजधानीको उत्तरपूर्वी भेगका कागेश्वरी मनोहरा र गोकर्णेश्वर नगरपालिकालाई असहाय गाईबाच्छा मुक्त गरिने जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । कागेश्वरी मनोहरा नगरपालिकाले असहाय गाईबाच्छा उद्धार गरी संरक्षणका लागि एम्बुलेन्स खरिद गर्न दिएको रु २३ लाख आर्थिक सहयोगबाट खरिद गरिएको एम्बुलेन्स हस्तान्तरण गर्न आज आयोजित कार...

प्रधानमन्त्रीका प्रेस सल्लाहकार परियार काठमाडौँ ६ बाट प्रतिनिधिसभा समानुपातिक उम्मेदवारमा सिफारिस

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियार काठमाडौँ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा समानुपातिक सदस्यको उम्मेदवारमा सिफारिस हुनुभएको छ । नेपाली कांग्रेस क्षेत्रीय समितिको बिहीबार बसेको बैठकले परियारलाई प्रतिनिधिसभाको समानुपातिकतर्फ सांसदका लागि पुरुषतर्फ एकल नाम सिफारिस गर्ने निर्णय गरेको हो । ...

नेकपा एमाले देश निर्माणको अभियानमा लागेको छ– अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी देश निर्माणको अभियानमा लागेको बताउनुभएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) प्रदेश नं १ कमिटीद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय दुई दिने प्रशिक्षण कार्यक्रममा उहाँले लोकतन्त्रको संरक्षण तथा स्वाधीनता र राष्ट्रियहितको रक्षाको साझा अभियान...

साफ च्याम्यिनसिपका लागि दुई राष्ट्रका खेलाडी काठमाडौँमा

नेपालले दोस्रो पटक आयोजना गर्न लागेको साफ च्याम्पियसिपमा सहभागिता जनाउनका लागि दुई राष्ट्रका खेलाडी नेपाल आइपुगेका छन् । यही भदौ २१ देखि असोज ३ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताका लागि भूटान र पाकिस्तानका खेलाडीहरु नेपाल आइपुगेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता सुरेश शाहले आज यहाँ आयोजित पत्रकार सम्मे...

अलैँची विकास केन्द्रमै अकबरे खुर्सानीको बीउ उत्पादन

मङ्गलबारे, १७ भदौ (रासस): अलैँची विकास केन्द्र इलामले खुर्सानीका बिरुवा उत्पादन सुरु गरेको छ । नेपालको एकमात्र अलैँची विकास केन्द्रले अकबरे जातको खुर्सानीको बीउ उत्पादन थालेको हो । इलाममा व्यावसायिक खेती हुने अकबरे खुर्सानीको बिरुवा माग बढेपछि बिरुवा उत्पादन सुरु गरिएको कार्यालयका सूचना अधिकारी दिलबहादुर श्रेष्ठले ज...

जुम्ला प्रतिष्ठानका चिकित्सक डा साहविरुद्ध मुद्दा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा करण साहविरुद्ध बाल हिंसासम्बन्धी कसुरको मुद्दा प्रहरीमा दर्ता गरिएको छ । यही भदौ २ गते डा साह प्रतिष्ठानको आकस्मिक कक्षमा कार्यरत रहेका बेला एसिया इन्टरनेशनल मोडेल इङ्लिस स्कुल जुम्लामा युकेजीमा अध्ययनरत चन्दननाथ नगरपालिका–२ जुम्ला भण्डारीवाडाका छ वर्षीय बालक ...

डेङ्गु नियन्त्रणका लागि मकवानपुरमा घरदैलो अभियान

मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले डेङ्गु नियन्त्रणका लागि घरदैलो अभियान सञ्चालन गरिने भएको छ । उपमहानगरपालिकाका विभिन्न वडामा डेङ्गु सङ्क्रमण बढ्दै गए पछि घरदैलो अभियान थाल्ने तयारी छ । हेटौँडा–४, ५, १० र ११ मा केही सातादेखि फैलिएको डेङ्गु सङ्क्रमण अझै नियन्त्रणमा आउन सकेको छैन । ती चारवटै वडामा बिहीबार अपराह्नसम्...