रोहिंग्या शरणार्थीले पाँचौं ‘नरसंहार स्मृति’ मनाए

हजारौँ रोहिंग्या शरणार्थीले म्यानमारमा सैन्य आक्रमणबाट भागेको पाँच वर्ष पूरा भएकामा बङ्गलादेशका शिविरमा बिहीबार ‘नरसंहार स्मृति’ मा ¥याली आयोजना गरेका छन् । सन् २०१७ को अगष्टमा यहाँका सेनाको ज्यादतीबाट करिब सात लाख ५० हजार मुस्लिम अल्पसङ्ख्यक म्यानमारको सिमानामा झरेका थिए । उनीहरु यहाँबाट भागेर बङ्गलादेश पुगेका थिए ...

पूर्वप्रधानमन्त्रीको सुरक्षामा कमजोरी भएको स्वीकार गर्दै जापानका प्रहरी प्रमुखले राजीनामा दिने

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको गत महिना भएको हत्याको जिम्मेवारी लिन जापानको प्रहरी निकायका प्रमुखले बिहीबार राजीनामा दिने बताउनुभएको छ । जापानको प्रहरी (एनपीए) का आयुक्त जनरल इटारु नाकामुराले चुनावी अभियानका क्रममा सडकमा भाषण दिने क्रममा आबेको गोली लागेर मृत्यु भएको समयमा सुरक्षाको समीक्षा सार्वजनिक गरेपछि ...

धौवादीको फलाम खानी उत्खनन गर्दा पर्यावरण बिग्रन दिँदैनौँ ः मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पूर्वी नवलपरासीको धौवादीमा रहेको फलाम खानीमा उत्खनन र प्रशोधन गर्दा यस क्षेत्रको पर्यावरण बिग्रन नदिने बताउनुभएको छ । आज पूर्वी नवलपरासीको हुप्सेकोटमा रहेको धौवादी फलाम खानीको अवलोकन गर्न आइपुग्नुभएका मन्त्री बडूले फलाम खानी आसपासको क्षेत्रको पर्यावरण र स्थानी...

नवौँ राष्ट्रिय खेलको लागि ६० करोड

सरकारले गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी र सम्पन्न गर्नका लागि रु ६० करोड बजेट छुट्याएको छ ।   आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताको लागि रु ६० करोड छुट्याएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङले बताउनुभयो । उहाँले उक्त...

आजको मौसम : मेघ गर्जनसहित वर्षाको सम्भावना

देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम र मधेस प्रदेशका एक–दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । रातको समयमा प...

अवैध संरचना निरन्तर भत्काइन्छ : कामपा

काठमाडौँ महानगरपालिकाले अवैधरुपमा निर्माण भएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम निरन्तर जारी राख्ने भएको छ । “यो अभियानको रुपमा सञ्चालन गर्ने हो, कामपाको ३२ वटै वडामा अवैध रुपमा निर्माण भएका संरचना बाँकी राखिने छैन”, कामपा प्रमुख बालेन्द्र साहको सचिवालय सदस्य सुनिल लम्सालले भन्नु...

साहसी आमा : जसले चितुवाको मुखबाट छोरा खोसिन्…

तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाटारमा बुधबार साँझ सुवास परियारका तीन वर्षीय छोरा सुलभ परियारलाई चितुवाले आक्रमण गरी सख्त घाइते बनाएको छ । साँझ करिब ५ बजेको समयमा सोही ठाउँका हेमबहादुर रानाको खसीलाई चितुवाले आक्रमण गरेर घाइते बनाएपछि बालक परियारलाई समेत चितुवाले आक्रमण गरेको थियो । रानाले होहल्ला गरेपछि भागेको ...

सासूलाई कुटपिट गर्ने दुई बुहारी पक्राउ

अछाममा मानसिक सन्तुलन गुमाएकी सासूलाई कुट्ने दुई बुहारीलाई प्रहरीले पक्राउ गरेको छ । पञ्चदेवल विनायक नगरपालिका–६ की ५० वर्षीया जैसरा न्यौपानेलाई कुटपिट गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीले कुटपिट गर्ने बुहारीको नाम सार्वजनिक गरेको छैन । सासुमाथि अभद्र व्यवहार गर्दै कुटपिट गरेको श्रव्यदृश्य (भिडियो) स...

गाउँबाटै नागरिकता पाएपछि स्थानीय उत्साहित

रामपुर (पाल्पा), ९ भदौ (रासस) : इलाका प्रशासन कार्यालय रामपुरबाटै नागरिकता वितरण गर्न थालिएपछि स्थानीय उत्साहित भएका छन् । पछिल्लो समय सेवाग्राहीको सङ्ख्यासमेत बढेको छ । दैनिकरुपमा नागरिकता बनाउन आउनेहरु बढ्दै गएका छन् । आर्थिक वर्ष २०७८÷७९ मा तीन हजार नौ ७८ जनाले नागरिकता बनाएका छन् । यो अघिल्लो आर्थिक वर्षको तुल...

नौ किलो खपटासहित तीनजना पक्राउ

प्रहरीले संरक्षित वन्यजन्तु सालकको आखेटोपहार (खपटा)सहित तीन जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) काठामाडौँ र काभ्रेपलाञ्चोकस्थित इलाका प्रहरी कार्यालय बनेपाको संयुक्त टोलीले अवैधरुपमा ओसारपसार भइरहेको खपटासहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चो...