नेप्से परिसूचक झिनो अङ्कले ओरालो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ३६ अङ्कले ओरालो लागेर दुई हजार ४० दशमलब ७० मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव २८ अङ्कले उकालो लागेर तीन सय ९४ दशमलब ६७ ...

परराष्ट्र सल्लाहकार सुवेदी र राजदूत पोलिटबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार अरुण सुवेदी र नेपालका लागि संयुक्त अधिराज्यका राजदूत निकोला क्याथरिन पोलिटबीच शिष्टाचार भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय हितका विविध विषयमा छलफल भएको सल्लाहकार सुवेदीले जानकारी दिनुभयो । भेट...

पर्यटकले पृथ्वीनारायण शाहसँग तस्बिर खिच्न पाउने

ऐतिहासिक गोरखा दरबार सङ्ग्रहालय परिसरमा अबदेखि नेपाल एकीकरणका अभियानकर्मी तथा राष्ट्रिय एकताका प्रतीक तत्कालीन राजा पृथ्वीनारायण शाहसँग बसेर तस्बिर खिच्न पाइने भएको छ । ऐतिहासिक क्षेत्र संरक्षण तथा विकास समितिले तल्लो दरबारको मूलगेटमा नक्कली पृथ्वीनारायण शाहको स्वरुपको प्रतिविम्ब खडा गर्ने व्यवस्था गरेपछि दरबार सङ...

कञ्चनपुरमा ज्वरोका बिरामीका सङ्ख्यामा वृद्धि

कञ्चनपुरमा ज्वरो आउने, टाउको दुख्ने, नाकबाट पानी बग्नेलगायतका समस्या लिएर स्वास्थ्य संस्थामा पुग्ने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । लालझाडी गाउँपालिकाको देखतभुली स्वास्थ्यचौकीका प्रमुख लीलाकान्त झाका अनुसार दैनिक स्वास्थ्यचौकीमा ज्वरोको समस्या लिएर आउने बिरामीको सङ्ख्या ३० देखि ३५ जनासम्म रहने गरेको छ ।स्वा...

बालबालिकालाई विद्यालयमै ‘फाइजर भ्याक्सिन’

बैतडीमा पाँचदेखि १२ वर्षमुनिका ३८ हजार बालबालिकालाई कोरोनाविरुद्धको ‘फाइजर भ्याक्सिन’ दिइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै जिल्लामा ती उमेर समूह लक्षित खोप अभियान सञ्चालन गर्न निर्देशन गरेसँगै यहाँ खोप अभियान सञ्चालनको तयारी गरिएको हो । स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टका अनु...

स्थानीय कानुनले सरकार सञ्चालनमा सहजता

विधायिकीय अधिकार पाएपछि स्थानीय तहले आफ्नो क्षेत्राधिकारभित्र रहेर कानुन निर्माण गरी कार्यान्वयनमा ल्याएका छन् । पहिलो कार्यकालमै महत्वपूर्ण कानुन बनेपछि दोस्रोपटक निर्वाचित जनप्रतिनिधिलाई स्थानीय सरकार सञ्चालन तथा व्यवस्थापनमा सहजता भएको छ । अघिल्लो कार्यकालमा विज्ञ जनशक्तिको अभावकै बीच स्थानीय तहले अतिआवश्यक ऐन,...

आयात–निर्यातको सटही सुविधामा कडाइ

नेपाल राष्ट्र बैंकले आयात–निर्यातका लागि प्रदान गरिने विदेशी मुद्राको सटही सुविधामा कडाइ गरेको छ । त्यस माध्यमबाट हुने सक्ने सम्पत्ति शुद्धीकरणको कार्यलाई नियन्त्रण गर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले आज एकीकृत निर्देशिका जारी गर्दै आयात तथा निर्यातका माध्यमबाट हुने ‘मनी लण्डरिङ’को कार्यलाई निरुत्साह तथा...

दुर्घटनामा एक युवकको मृत्यु

बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँमा आज मोटरसाइकल दुर्घटना हुँदा एक युवकको निधन भएको छ । लु३६प ४७४२ नंको मोटरसाइकल दुर्घटना हुँदा बुटवल–११ कालिकानगरका २८ वर्षीय सञ्जय खत्रीको बिहान ५ बजे निधन भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिनुभयो । खत्रीको शवपरीक्षणका लागि लुम्बिनी प्रादे...

एचआइभी सङ्क्रमितलाई रामपुर अस्पतालबाटै औषधि

एचआइभी सङ्क्रमितहरुलाई दृष्टिगत गरी रामपुर अस्पतालले औषधि उपलब्ध गराउन थालेपछि सहज भएको छ । सङ्क्रमितलाई नियमित औषधि सेवन गर्न अन्यत्र जानुपर्ने समस्याले झन्झट र खर्चिलो भएपछि रामपुरबाटै सेवा सुरु गरिएको हो । हाल यस अस्पतालबाट नियमित औषधि उपलब्ध, परामर्श र परीक्षण पनि गर्न थालिएको छ । यसभन्दा अघि सदरमुकाम तानसेनस्थ...

जुम्ली खसभाषाको अभिलेखीकरण गरिने

कर्णाली, ३१ साउन (रासस)ः नेपाली भाषाको माउ भाषाकारुपमा परिचित जुम्ली खसभाषा अभिलेखिकरण गरिने भएको छ । यसका लागि स्थानीय सरकारको पहलमा भाषा आयोगले अभिलेखिकरण प्रक्रिया थालेको छ । खस भाषाको उद्गमस्थल जुम्लाको सिञ्जा उपत्यका मानिदै आएपनि अहिलेसम्म खसभाषा राष्ट्रिय भाषा आयोगमा दर्ता नभएपछि स्थानीय सरकारले समेत ...