आजको मौसम : मेघ गर्जनसहित वर्षाको सम्भावना

देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिक देखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा भा...

रुपन्देहीमा डेङ्गुको सङ्क्रमण बढ्दै

रुपन्देहीमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । गतवर्षको तुलनामा यो वर्ष डेङ्गुका बिरामी धेरै देखिएका छन् । आर्थिक वर्ष २०७८÷७९ मा दुई सय ६९ डेङ्गुका बिरामी भेटिएका थिए । गत आवमा ४६ जनामा डेङ्गु सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोलर निरीक्षक केदारनाथ शाहले जानकारी दिनुभयो । जिल्लामा २०६...

नेप्से परिसूचकको ओरालो यात्रा कायमै

धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक झण्डै छ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबारमापक नेप्से परिसूचक ५ दशमलब ९१ अङ्कले ओरालो लागेर दुई हजार ५६ दशमलब ८८ अङ्कमा ओर्लिएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलब ६८ अङ्कले घटेर तीन सय ९५ दशमलब ७...

तोकिएकै समयमा निर्वाचन हुन्छ : मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले तोकिएकै समयममा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न हुने बताउनुभएको छ । मन्त्री पौडेलले आज हेटौडामा प्रेस सेन्टर मकवानपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा चुनावमा हारजित जसको भए पनि लोकतान्त्रिक प्रणाली स्थापित गर्न तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न...

मोटरसाइकल चोरी गर्ने पाँचजना पक्राउ

प्रहरीले मोटरसाइकल चोरीमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले चलाएको ‘अप्रेसन बाइक हन्ट’ अभियानअन्तर्गत पाँच मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउपर्नेमा नुवाकोटको तादी गाउँपालिकाका २२ वर्षीय विशाल तामाङ, १९ वर्षीय राजन तामाङ, १९ वर्षीय दिनेश तामाङ, नु...

गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित

प्रतिनिधिसभाको बैठक गणपूरक सङ्ख्या नपुगेपछि स्थगित भएको छ । संविधानको धारा ९४ अनुसार कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न एक चौथाइ सांसद हुनुपर्ने व्यवस्था भए पनि सो सङ्ख्या नपुगेपछि स्थगित भएको हो । बैठकमा भौतिक, पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले राष्ट्रियसभाको सन्देशसहितको ‘सहरी क्षेत...

बालाजुको जुत्ता कारखानामा आगलागी

काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बालाजु बाइपास नजिकको एक जुत्ता कारखानामा आगलागी भएको जानकारी दिनुभयो । अहिले उक्त स्थानमा प्रहरी ...

पक्की पुलले जोड्यो बिनौना र कचनापुरलाई

बाँकेको राप्तीसोनारी गाउँपालिकाको मदुवाघाटमा पक्की पुल निर्माण भएपछि आवागमनमा सहजता भएको छ । राप्ती सोनारी गाउँपालिका –२ र ५ को सिमानामा पर्ने राप्ती नदीको मदुवाघाटमा पाँच सय ५० मिटर लामो पक्की पुल निर्माण भएपछि वडा नं ५ बिनौना र वडा नं २ कचनापुरवासीको सिधा सम्बन्ध र सम्पर्क जोडिएको छ । पुल नहुँदा वर्षाद्को सम...

प्रशासकीय अधिकृत ठाकुरको हृदयाघातबाट निधन

जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत प्रशासकीय अधिकृत बालवीर ठाकुरको गएराति हृदयाघातबाट निधन भएको छ । महोत्तरीको गौशाला नगरपालिका निवासी ४५ वर्षीय प्रशासकीय अधिकृत ठाकुरको हृदयाघातका कारण निधन भएको धनुषा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । गएराति घरमा सुतेकै अवस्थामा स्वास्थ्यमा समस्या...

विद्यार्थी बेहोस् हुन थालेपछि पठनपाठन प्रभावित

बैतडीको तल्लो स्वराडका विद्यार्थी बेहोस् हुने समस्या आएपछि पठनपाठन प्रभावित भएको छ । मेलौली नगरपालिका–७ स्थित मणिलेक माविमा अध्ययनरत छात्रामा विद्यालयमै बेहोस् हुन थालेपछि पठनपाठन प्रभावित भएको हो । विद्यालय आइसकेपछि छात्रा रुने, कराउने, काप्ने, बेहोस् हुने समस्या देखिएको मणिलेक माविका प्रधानाध्यापक रमेशदत्त बाग...