प्रतिनिधिसभाः वर्षा र बाढीबाट विस्थापितलाई सहयोग गर्न सांसदको माग

सांसदहरुले निरन्तर वर्षाका कारण विस्थापित भएकाहरुको व्यवस्थापनमा ध्यान दिन सरकारसमक्ष माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा सांसदहरुले वर्षाका कारण सडकलगायतका पूर्वाधारमा क्षति पुगेको, विभिन्न रोगको सङ्क्रमण बढेको, उपत्यकामा फोहर व्यवस्थापन हुन नसकेकोलगायतका विषयमा धारणा राखेका छन् । सांसद लक्ष्मी...

राष्ट्रपतिबाट डा गिरीको स्वास्थ्यस्थितिबारे चासो

राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरीको स्वास्थ्यस्थितिबारे चासो व्यक्त गर्नुभएको छ । राष्ट्रपतिका तर्फबाट उहाँका सूचना तथा सञ्चार विज्ञ टीका ढकाल आज अस्पताल पुगेर डा गिरी र उहाँको सचिवालयलाई भेटी स्वास्थ्यलाभको कामना गर्नुभएको हो । ढकालले...

पिपुल्स पावरले सर्वसाधारणलाई आइपिओ निष्कासन गर्दै

पिपुल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही साउन ३१ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गर्ने भएको हो । कम्पनीले प्रति शेयर रु १०० अङ्कित दरका २४ लाख ६७ हजार चारसय कित्ता अर्थात् दुई प्रतिशत कम्पनीका कर्मचारीलाई र एक...

प्राविधिक बिषय अध्ययन गर्न इलाम नगरपालिका र रत्नकुमार वान्तवा बहुप्राविधिक शिक्षालयबीच सम्झौता

प्राविधिक विषय अध्ययनका लागि इलाम नगरपालिका र रत्नकुमार वान्तवा बहुप्राविधिक शिक्षालयबीच तीनवर्षे डिप्लोमा तहमा सञ्चालित कार्यक्रम अध्ययनका लागि सम्झौता भएको छ । यसमा पशु विज्ञान, बाली विज्ञान, वन विज्ञान, सिभिल इन्जिनियरिङ र फार्मेसी कार्यक्रमका कक्षाहरु सञ्चालन हुनेछन् । इलाम नगरवासी प्राविधिक विषय अध्ययन गरेर...

ट्रक पल्टिँदा चालकको मृत्यु

गुल्मीको रेसुङ्गा नगरपालिका राङबासबाट सामान छोडेर तम्घास फर्कंदै गरेको लु१ख १८६६ नंको ट्रक रेसुङ्गा–१० सिमिचौरमा पल्टिँदा चालक गुल्मीदरबार गाउँपालिका–३ का अन्दाजी ३२ वर्षीय रनबहादुर ढेगाको ज्यान गएको छ । आज विहान ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी माधव खरेलले जानकारी दिनुभयो । ट्र...

 तीन प्रदेशमा भारी वर्षाको सम्भावना ः सतर्कता अपनाउन आग्रह

देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम...

कृषि पढ्दै, व्यवसाय गर्दै

एकातिर पढाइ भइरहेको हुन्छ, अर्कोतिर उम्रिँदै गरेका सयपत्रीका बोटहरु । यसरी सयपत्रीका बोटहरु वृद्धि हुँदै जान्छन्, विद्यार्थीको ज्ञान नि त्यसरी नै बढ्दै गएको अनुभूति गर्छन, विद्यार्थीहरु । किनकि किताबी ज्ञानले मात्रै पुग्दैन्, त्यो ज्ञान प्रयोगात्मक रुपमा पनि आउनुपर्छ भन्ने मान्यतालाई आत्मसात् विद्यार्थीहरु किताब मा...

कर वृद्धि फिर्ता गर्न माग

गण्डकी प्रदेश सरकारबाट बढाइएको कर वृद्धि तत्काल खारेज गर्नका लागि नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले माग गरेको छ । पार्टीको प्रदेश कार्य सम्पादन समितिको शनिबारको बैठकले जनतालाई नै सास्ती दिने गरी भएको निर्णयलाई तुरुन्त बदर गरी गत वर्षको करलाई यथावत् गर्नका लागि सरकारको ध्यानाकर्षण गराइएको बैठक पछि पार्टी प्रवक्ता ...

कर्णाली नदी कटान ः सत्ती पुल, बर्दियाको राजापुर, टीकापुरको श्रीलङ्का जोखिममा

कर्णाली नदीले बर्दियातर्फ कटान तीव्र पारेपछि सत्ती पुल, बर्दियाको राजापुर र टीकापुर–८ स्थित श्रीलङ्का गाउँ जोखिममा रहेका छन् । कैलाली र बर्दिया जोड्ने सत्ती पुलको बर्दियातर्फ कटान भएपछि पुल र बस्ती जोखिममा परेको हो । पुलको उत्तरपट्टि करिब २० मिटर माथि गरिएको तटबन्ध भत्किएको र ड्याम भासिएर भत्कन थालेको छ । सत्ती पुल न...

धार्मिक पर्यटनको गन्तव्य बन्दै टुटेश्वर

वरिपरि सघन वनक्षेत्रको हरियाली । नजिकै मडहा नदी र खोल्सीहरुमा बग्ने कञ्चन पानी । अनि चुरे काछको पहाडी शृङ्खलामा सिँढी उक्ँिलदै पुग्नुपर्ने शिवालय । पूर्वपश्चिम राजमार्गको महोत्तरी जिल्लामा पर्ने टुटेश्वरचोकबाट आठ किलोमिटर घना वनक्षेत्र छिचोलेर पुग्नुपर्ने टुटेश्वर महादेवस्थान ठाउँको परिवेशले नै मान्छेको मन लोभिने ठाउ...