बन्द उद्योगलाई सञ्चालनमा ल्याइए औद्योगिक उत्पादन बढ्न सक्छः मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय उत्पादन बढाउनका लगि भएका उद्योगलाई पूर्ण क्षमतामा चलाउने र बन्द रहेका उद्योगलाई सञ्चालनमा ल्याइए मात्रै औद्योगिक उत्पादन बढ्न सक्ने बताउनुभएको छ ।धनगढी विमानस्थलमा आज सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा उहाँले यसरी सञ्चालनमा रहेका उद्योगलाई पूर्ण क्षम...

ठमेलभित्रको अव्यवस्थित तार हटाइने

राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्र अव्यवस्थितरूपमा रहेका तार हटाइने भएको छ । ठमेल पर्यटन विकास परिषद्को कार्यालयमा बिहीबार सरोकारवाला निकायसँग बसेको बैठकले ठमेलभित्र अव्यवस्थित तरिकाबाट राखिएका विभिन्न सेवा प्रदायक कम्पनीका तार हटाउने निर्णय गरेको हो । परिषद्का अध्यक्ष भविश्वर शर्माले राजधानीको प्रमुख पर्...

बाख्रापालक कृषक समूहलाई २० लाख अनुदान

पोखरा महानगरपालिकाले व्यावसायिक बाख्रापालक कृषकलाई प्रोत्साहन गर्न रु २० लाख अनुदान वितरण गरेको छ । महानगरपालिका पशु सेवा शाखाद्वारा बिहीबार आयोजित बाख्रा मेला प्रदर्शनी तथा अनुदान वितरण कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले महानगरका चार कृषक समूहलाई रु पाँच लाखका दरले अनुदान विरतण गर्नुभएको हो । ‘मेयरमैत्री बा...

मेघगर्जनसहित वर्षाको सम्भावना

देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी व...

बुबाको मृत्युपछि ६ बालबालिकाको बिचल्ली

बुबाको मृत्युपछि ६ बालबालिकाको बिचल्लीअरिङ्गालको टोकाइबाट बुबाको मृत्यु भएपछि पर्वतको कुश्मा नगरपालिका–१, पाङ नेवारका ६ बालबालिकाको बिचल्ली भएको छ । स्थानीय ३५ वर्षीय श्रीराम परियारको मृत्यु भएपछि उहाँका सन्तानको बिचल्ली भएको हो । परियारको गत साउन १२ गते अरिङ्गालको टोकाइबाट मृत्यु भएको थियो । उहाँले ज्याला मजदुर...

भक्तपुरका आठ मतदान स्थल परिवर्तन

भक्तपुरमा आठ मतदान स्थल परिवर्तन गरिएको छ । मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ बमोजिम जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको सिफारिसमा ती मतदान स्थल परिवर्तन गरेको हो । कार्यदलले स्थलगत अध्ययनका आधारमा सिफारिस समितिले सिफारिस गरे बमोजिम परिवर्तन गरेको जिल्ला निर्वाचन कार्यालयका सू...

काठमाडौँ विश्वविद्यालयमा स्नातकोत्तर तहमा सञ्चार अध्ययन

  काठमाडौँ विश्वविद्यालयले अन्य विश्वविद्यालयले भन्दा पृथक पाठ्यक्रममा आधारित रहेर स्नातकोत्तर तहमा सञ्चार अध्ययन (मास्टर्स इन मिडिया स्टडिज) कार्यक्रम सुरु गरेको छ । विगत १६ वर्षदेखि सो विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्दै आएको विश्वविद्यालयको मानविकी सङ्कायअन्तर्गत भाषा तथा आमसञ्चार विभागले यसै शैक्षि...

अमेरिका र भारतका विदेशमन्त्रीबीच भेटवार्ता

अमेरिका र भारतका विदेशमन्त्रीबीच कम्बोडियामा भेटवार्ता भएको छ । दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको संघ ९आसियान० को मन्त्रीस्तरीय बैठकका क्रममा उहाँहरुका बीचमा बिहीबार भेटवार्ता भएको अधिकारीहरुले जानकारी दिएका छन् । बैठकमा भाग लिन भारतका विदेश मन्त्री एस जयशंकर, अमेरिकाका विदेश मन्त्री एन्टोनी ब्लिन्केनलगायतका नेताह...

सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणले तनाव सृजना- महासचिव गुटेरेस

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बुधबार अमेरिकी सदनका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणले तनाव सृजना गरेको बताउनु भएको छ। उहाँले विश्व निकायको एक चीन नीति रहेको समेत स्पष्ट पार्नुभएको छ। युक्रेन सङ्कटबारे ग्लोबल क्राइसिस रेस्पोन्स ग्रुपको प्रतिवेदन सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उहाँले...

अमेरिका र ताइवान बीचको साँठगाँठलाई रोक्ने: चिनियाँ सेना

चिनियाँ सेनाका प्रवक्ताले बिहीबार ताइवान टापुको वरिपरि हुने सैन्य अभ्यासले संयुक्त राज्य अमेरिका र ताइवान क्षेत्रबीचको साँठगाँठलाई निष्तेज पार्न बलियो बन्देज हुने भएको बताएका छन्। अमेरिकी प्रतिनिधि सभाका सभामुख न्यान्सी पेलोसीको चीनको ताइवान क्षेत्रको भ्रमणप्रति कडा आक्रोशयुक्त प्रतिक्रिया व्यक्त गर्दै चीनको राष्ट्र...