सात महिनामा तीन लाख विदेशी पर्यटक भित्रिए

सन् २०२२ को सात महिनामा झण्डै तीन लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कानुसार जनवरीदेखि जुलाई महिनासम्म हवाईमार्ग भएर दुई लाख ८५ हजार तीन सय ६३ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । पछिल्लो जुलाईमा ४४ हजार चार सय ६२ पर्यटक आएका छन् । सन्...

बझाङमा १२ किलो लागुऔषधसहित एक जना पक्राउ

जिल्लास्थित वित्थडचिर गाउँपालिका–८ बागथलाबाट १२ किलो लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दार्चुला शैल्यशिखर नगरपालिका–१ का ४३ वर्षीय वीरेन्द्रबहादुर खडायत छन् । अस्थायी प्रहरी चौकी बागथलामा खटिएको नियमित जाँच टोलीले बुधबार उनलाई पक्राउ गरेको थियो । बझाङ सदरमुकाम चैनपुरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको...

जापानी भाषा र सीप परीक्षा उत्तीर्णलाई जापान पठाइने

जापानी भाषा र सीप परीक्षा उत्तीर्ण गरी जापान जाने तयारी अवस्थामा रहेका नेपालीलाई यथाशक्य छिटो पठाउने विषयमा सहजीकरण गर्ने निर्णय गर्दै नेपाल–जापान संयुक्त कार्यसमितिको बैठक सम्पन्न भएको छ । काठमाडौँमा आज सम्पन्न बैठकमा जापानको स्पेसिफाइड स्किल वर्कर्स (एसएसडब्लु) प्रणाली कार्यान्वयन गरी नेपाली नागरिकलाई जापानमा पठ...

कञ्चनपुरमा एकै दिन ३९ मा कारोनाको सङ्क्रमण पुष्टि

कञ्चनपुरमा आज एकै दिन ३९ जनामा कारोनाको सङ्क्रमण देखापरेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार पश्चिमी सीमा नाका गड्डा चौकीमा ११, भीमदत्त नगरपालिका मा १४, बेलौरी नगरपालिकामा ११, शुक्लाफाँटामा तीन, पुनर्वासमा एक र कृष्णपुरमा दुईमा कोरोना सङ्क्रमण देखापरेको हो । चार सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा ३९ को नतिज...

महिलाको नाममा लिखत ः दुई करोड बढी राजस्व छुट

मालपोत कार्यालय तनहुँमा आर्थिक वर्ष २०७८÷०७९ मा महिलाको नाममा जग्गा पास गर्दा रु दुई करोड ८८ लाख २३ हजार पाँच सय आठ राजस्व छुट भएको छ । मालपोत कार्यालयमा चार हजार दुई सय ५७ महिलाको नाउँमा जग्गा नामसारी गर्दा उक्त राजस्व छुट भएको हो । सहरी क्षेत्रका तीन हजार ११ र ग्रामीण क्षेत्रका एक हजार दुई सय ४५ महिलाको नाममा जग...

सवारीसाधनको नम्बर प्लेटमा नेपाली भाषा लेख्न बारको माग

नेपाल बार एशोसिएशनले यातायात व्यवस्था विभागबाट प्रदान गरिने सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषा (देवनागरी लिपि)मा लेख्नुपर्ने अनिवार्य व्यवस्था गर्न माग गरेको छ । बारका महासचिव अधिवक्ता अञ्जिता खनालले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा नेपाली नागरिकले प्रयोग गरी आएको भाषाको संरक्षण, सम्वद्र्धन गर्ने गराउने कार...

प्रजातान्त्रिक खेमाबाट टान निर्वाचनमा बाँस्तोला आधिकारिक उम्मेदवार

प्रजातान्त्रिक खेमाका पर्यटन व्यवसायीहरुका तर्फबाट ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को आगामी निर्वाचनमा अध्यक्ष पदका लागि वरिष्ठ पर्यटन व्यवसायी निलहरि बाँस्तोलालाई आधिकारिक उम्मेदवार बनाइने भएको छ । नेपाली कांग्रेसको शुुभेच्छुक दुुई भिन्दाभिन्दै सङ्गठनले टानको आगामी साउन ३० गते हुने निर्वाचनका लागि व्यवसाय...

मध्यपुरथिमिमा घरघर र चोकचोकमा थुप्रियो फोहोर

भक्तपुर, १९ साउन (रासस) ः मध्यपुरथिमि नगरपालिकाको कार्यालय नजिकै पाटी विहार अगाडि दुई सातादेखि फोहोर थुप्रिएको छ । धेरै वर्ष फोहोर फाल्ने ठाउँको रुपमा रहेको सो क्षेत्रमा केही महिना अगाडि मात्रै सफाई गरेर नगरपालिकाले निषेधित क्षेत्रको ब्यानर टाँगेर फोहोर फाल्न मनाही गरेको थियो । नगरपालिकाको त्यो व्यबस्था एक महिन...

पौवादुङमामा वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

पौवादुङमा गाउँपालिकाले जिल्लामै पहिलोपटक वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण थालेको छ । गाउँपालिका केन्द्रमा रहेको बैंकसम्म आउन वृद्धवृद्धा तथा अशक्त नागरिकलाई समस्या भएपछि गाउँपालिकाले वडास्तरबाट सेवा दिन थालिएको हो । वडा नं ६ ठूलोदुम्मामाकी ९१ वर्षीया मिता राईले आफ्नै घरछेउबाट भत्ता लिन पाउँदा सहज भएको ...

सप्तकोसीमा पानीको बहावमा उतारचढाव

सप्तकोसी नदीमा पानीको बहावमा उतारचढाव हुने क्रम जारी छ । गए राति कोसी ब्यारेज भएर प्रति सेकेन्ड दुई लाख ४२ हजार नौ सय ६५ क्युसेकका दरले पानीको बहाव रहेको थियो । आज बिहान ६ बजे दुई लाख २९ हजार तीन सय पाँच क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । यसैगरी...