दोब्बरले बढे शुक्लाफाँटामा पाटे बाघ

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटे बाघको सङ्ख्या दोब्बरले बढेको छ । पाटे बाघको सङ्ख्या बढेर ३६ पुगेको छ । निकुञ्ज कार्यालयका निमित्त प्रमुख संरक्षण अधिकृत मनोज ऐरका अनुसार १६ पोथी, १२ भाले र लिङ्ग नखुलेका बाघको सङ्ख्या आठ रहेको छ । बाघको बासस्थानमा सुधारसँगै आहारा प्रजातिको पर्याप्तता, पानीको व्यवस्था, चोरी शिका...

आहा रारा गोल्डकप घाटामा

पोखराको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा गोल्डकपको २० औँ संस्करणमा आयोजकलाई रु तीन लाख ४७ हजार आठ सय घाटा लागेको छ । प्रतियोगिताको आयोजक सहारा क्लब पोखराले आज पत्रकार सम्मेलन आयोजना गरी आयव्यय सार्वजनिक गरेको हो । प्रतियोगितामा विभिन्न प्रायोजन तथा सङ्घसंस्थाबाट कूल आम्दानी रु ६६ लाख ४१ हजार एक सय ८१ भएकामा ख...

पर्सामा राष्ट्रिय भूमि आयोगद्वारा काम सुरु

राष्ट्रिय भूमि आयोगले पर्साका अधिकांश पालिकामा जग्गा व्यवस्थापनका लागि काम थालेको छ । ‘हाम्रो अभियान भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्याको समाधान हाम्रै पालामा’ भन्ने नारालाई साकार पार्न राष्ट्रिय भूमि आयोग पर्साले जिल्लाका अधिकांश पालिका काम अघि बढाएको हो । राष्ट्रिय भूमि आयोगले दोस्रो चरण...

सुदूरपश्चिमः सक्रिय सङ्क्रमित सय नाघे

भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय नाघेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार थप १९ मा सङ्क्रमण देखिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय नाघेको हो । हाल यो प्रदेशमा सक्रिय सङ्क्रमित एक सय १६ रहेका छन् । जसमा सबैभन्दा बढी कैलालीमा ७५, कञ्चनप...

सरकारी विद्यालयमा उपचारका शय्या

दाङ तुलसीपुर–४ रक्षाचौरस्थित गुरुजजुर माविले चार शय्याको स्वास्थ्य कक्ष स्थापना गरेको छ । बिरामी परेका विद्यार्थीलाई उपचार गर्नका लागि उक्त शय्या स्थापना गरिएको हो । विद्यालयले नै रु चार लाख लगानी गरेर विद्यालयमा चार वटा शय्या सञ्चालनमा ल्याएको हो । विद्यालयका सहायक प्रधानाध्यापक प्रमोद न्यौपानेका अनुसार विद्यालयम...

मानवअधिकार जिल्ला समन्वय समिति गठन

काभ्रेपलाञ्चोकमा मानवअधिकार जिल्ला समन्वय समिति गठन गरिएको छ । समितिले स्थानीय तहमा मानवअधिकारका विषयलाई गम्भीरतापूर्वक लिई योजनाबद्ध ढङ्गले काम गर्ने जनाइएको छ । स्थानीय तहका प्रमुख, उपप्रमुख तथा सुरक्षा निकायका पदाधिकारीको उपस्थितिमा समिति गठन गरिएको हो । मानवअधिकार आयोगले यस्तो समिति बनाउने काभ्रेपलाञ्चोक पहिलो भए...

न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन गर्ने उद्योगमाथि मुद्दा

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटाँैडाले न्यून गुणस्तरको खाद्य पदार्थ उत्पादन गर्ने आठ उद्योगमाथि गत आर्थिक वर्ष २०७८÷७९ मा मुद्दा दायर गरेको छ । विभिन्न उद्योगबाट उत्पादित नमूनाको सङ्कलन गरी जाँच गर्दा मापदण्डअनुसारको उत्पादन नभएकाले ती उद्योगमाथि सम्बन्धित जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयमा मुद्...

हल्का वर्षाले राहत

साउन दोस्रो साता बित्नै लाग्दा शुक्रबार साँझ परेको पानीले राहत दिएको छ । साउन लागिकन राम्रो वर्षा नहुँदा अचाक्ली बढेको गर्मीबाट महोत्तरीमा शुक्रबार साँझको वर्षाले राहत दिएको हो । शुक्रबारको वर्षा महोत्तरी, धनुषा र सर्लाही जिल्लाका पूर्वपश्चिम राजमार्ग आसपासमा बढी परेको छ । धान रोप्न पाइने गरी नपरे पनि पुरानो रोपोल...

सामाजिक सुरक्षा भत्ता वितरण गर्न मेयर गाउँ–गाउँमा

बैतडीको मेलौली नगरपालिकामा गाउँ गाउँमा गएर सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको छ । नगरपालिकाले हाल अभियानकैरुपमा सामाजिक सुरक्षा भत्ता लिन बैङ्कसम्म जान नसक्नेका लागि गाउँघरमै पुगेर भत्ता वितरण गरिरहेको छ । भत्ता वितरणका लागि नगरपालिकाका प्रमुख भीमबहादुर चन्द गाउँटोलमा खटिनुभएको छ । नगरका ज्येष्ठ नागरिक र अशक्त व्...

राम्रा कलेज रोज्दै जिपिए ४ ल्याउने विद्यार्थी

माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा जिपिए ४ ल्याउने विद्यार्थीहरुले कक्षा ११ मा भर्नाका लागि उत्कृष्ट शिक्षाको वातावण, पर्याप्त खेल मैदान, सुविधा सम्पन्न पूर्वाधार, सुविधा सम्पन्न विज्ञान प्रयोगशाला भएका कलेज रोज्न थालेका छन् । उनीहरुले पढाइका अतिरिक्त फुटबल, फुटसल, बास्केटबल, क्रिकेट जस्ता खेलहरुको प्रशिक्षण ...