कर्णालीमा बनेका तटबन्ध भत्किँदा बस्ती जोखिममा l

टीकापुर, १२ साउन (रासस) :- हरेक वर्ष कर्णाली नदीले धार परिवर्तन गर्दा यहाँका तटीय क्षेत्रका नागरिकलाई समस्या हुन थालेको छ । नदीले बर्सेनि नदीको धार परिवर्तन गर्दै आएको छ । जसले नदी नियन्त्रणका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजनाले निर्माण गरेका वा निर्माणाधीन अवस्थामा रहेका तटबन्ध नै भत्काउन थालेको छ ।   ...

बैतडीमा दुई हजार मतदाता थपिए l

बैतडीमा दुई हजार तीन सय ८१ मतदाता थपिएका छन् । थपिएका मतदातामा एक हजार एक सय दुई महिला र एक हजार दुई सय ७९ पुरुष छन् । जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर तर्कराज जोशीका अनुसार थपिएका मतदातामा एक महिला र ६ पुरुष अर्को जिल्लाका रहेका छन् । मतदाताले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् । गत वैशाखम...

शनिबारसम्म वर्षाको सम्भावना

आगामी शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा वर्षा हुने भएको छ । मनसुन सक्रिय रहेकाले शनिबारसम्म देशभर आंशिकदेखि सामान्य बदली रही देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । “प्रदेश न १, मधेस, बागमती, गण्ड...

सवारी दुर्घटनामा तनहुँमा एक वर्षमा ४९ जनाको मृत्यु

तनहुँमा सवारीसाधन दुर्घटनाबाट एक वर्षको अवधिमा ४९ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा ३५ पुरुष, १२ महिला, एक बालक र एक बालिकाको मृत्यु भएको हो ।   सो अवधिमा एक सय सवारीसाधन दुर्घटनामा परेका थिए । ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक गोकर्ण...

”कर्णालीमा बालीको उत्पादन घट्यो”

कर्णाली प्रदेशमा बालीको उत्पादन घटेको छ । आर्थिक वर्ष २०७८÷७९ को पुस मसान्तसम्म समग्र कृषि बालीको उत्पादन ११.२४ प्रतिशतले घटेको पाइएको छ । नेपाल राष्ट्र बैंक, सुर्खेत कार्यालयद्वारा सार्वजनिक आव २०७८÷७९ को अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनका अनुसार अघिल्लो आवको तुलनामा कृषि बालीले ढाकेको क्षेत्र र उत्प...

परवानीपुर र दुम्कौलीमा अत्यधिक वर्षाको कारण खतराको साइरन बजाइयो l

रिलेटेड खबर २०७९ साउन १२ गते काठमाडौं । बारा, पर्सा, चितवन, पूर्वी नवलपरासी, रुपन्देही र कास्कीका केही स्थानमा भारी वर्षा भएको छ । वर्षा र बाढीले क्षति पुर्‍याउन सक्ने भएकाले तटीय क्षेत्र आसपास र डुबान भइरहने होचा भूभागमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागको बाढी सूचना...

पोखरामा आजदेखि राष्ट्रिय दोहोरी गीत प्रतियोगिता

कास्कीको पोखरामा आजदेखि सर्वाधिक पुरस्कार राशि भएको राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता हुने भएको छ ।   ‘लोकसंस्कृति जोगाऔँ, हाम्रो चिनारी बचाऔँ’ नारासहित कल्याण शेरचन स्मृति प्रतिष्ठान नेपालले उक्त प्रतियोगिता गर्न लागेको हो । तीन दिनसम्म हुने उक्त प्रतियोगितामा देशभरबाट ४६ समूहको सहभागिता रहेको र सबै...

कोरोना सङ्क्रमण दर बढ्दो, सचेत रहन आग्रह

काठमाडौँ, ११ साउन (रासस) ः छिमेकी मुलुक भारतमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको बेला नेपालमा पनि यसको प्रभाव देखिन थालेको छ । ओमिक्रोनको ‘विएफाइभ’ जातिको भेरियन्ट देखिएसँगै नेपालमा सङ्क्रणम दिनानुदिन बढिरहेको छ । विएफाइभ सङ्क्रमण उच्चदरमा फैलिने भएकाले पनि अहिले नेपालमा सङ्क्रमण बढिरहेको छ । सङ्क्रमण दर शून्...

छोराले दिए बुबालाई कलेजो

कलेजो दान दिएर बागलुङ नगरपालिका–२ का निलेश राजभण्डारीले बुबा अशोकगोविन्दको जीवनरक्षा गर्नुभएको छ । कलेजो बिग्रेर कामै नगर्ने अवस्थामा पुगेपछि छोरा निलेशको कलेजोको आधा भाग ७० वर्षीय बुबामा प्रत्यारोपण गरिएको हो । गत शुक्रबार भारतको नयाँ दिल्लीस्थित एक अस्पतालमा शल्यक्रिया गरी कलेजो प्रत्यारोपण गरिएको राजभण्डारीले ट...

बङ्गलादेशले टि २० विश्वकप आयोजना गर्ने

बङ्गलादेशले आगामी सन् २०२४ मा महिलाको टि २० विश्व कप आयोजना गर्ने भएको छ । साथै इङ्गल्याण्डले सो खेलकूद सन् २०२६ मा आयोजना गर्ने भएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले घोषणा गरेको छ । साथै भारतले सन् २०२५ मा ५० वर्षभन्दा माथिका महिलाको विश्वकप क्रिकेट आयोजना गर्ने भएको घोषणा पनि सो काउन्सिलले गरेको छ । मङ्गलबार आ...