विमानस्थल विस्तार गर्न जग्गा अधिग्रहणका लागि सहजीकरण गर्न आग्रह

भीमदत्त नगरपालिका–१६ मझगाउँस्थित विमानस्थल विस्तार गर्न जग्गा अधिग्रहणका लागि सहजीकरण गर्न माग गरिएको छ । विमानस्थल विस्तार गर्न ४५ बिघा जग्गा अधिग्रहण गर्नुपर्ने देखिएको छ । विमानस्थलका नाममा ५२ बिघा जग्गा मात्रै रहेको छ । “विमानस्थललाई विस्तार गर्न वरिपरि रहेको निजी, सार्वजनिक जग्गा, नेपाली सेनाका नाममा रहेको जग...

सुनको मूल्य रु ९४ हजार ५००

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९४ हजार ५०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९४ हजारमा कारोबार भएको उक्त सुन आज प्रतितोला रु ५०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार पुगेको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला रु ९३...

वर्षा हुँदा पाङ्ग्रेभिर खण्ड जोखिमपूर्ण

तीन वर्षअघि पहिरो झरेर करिब एक साता सडक अवरुद्ध भएको मेची राजमार्गको फाल्गुनन्द गाउँपालिका–३ स्थित पाङ्ग्रेभिर खण्ड वर्षा हुँदा जोखिमपूर्ण बन्ने गरेको छ । राजमार्गभन्दा माथि जमिनको ठूलो भाग भत्किएर सडकभन्दा माथि थुप्रो लागेको छ । पहिरो झरेका समय सडकभन्दा माथिको जमिनको केही हिस्सामात्रै सडक पार गरेर बगेको थियो । भत...

काभ्रेमा कोरोना सङ्क्रमण बढ्दै

यहाँ दैनिक कोरोना सङ्क्रमणदर बढिरहेको पाइएको छ । पछिल्लो २४ घण्टामा १०३ जनामा गरिएको परीक्षणमा २० मा सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । अघिल्लो दिन १८ जनामा गरिएको परीक्षणमा पाँच सङ्क्रमित फेला परेको हो । कार्यालयका अनुसार जिल्लामा दुई सातादेखि दैनिक कोरोना सङ्क्रमण देखिएको छ । १३ स...

हराएकी महिलाको दुई दिनपछि शव फेला

बाख्रा चराउने क्रममा हराएकी सिरहाको विष्णुपुर गाउँपालिका–२ का एक महिला दुई दिनपछि मृतावस्थामा फेला परेकी छिन् । गत बिहीबारदेखि हराएकी विष्णुपुर गाउँपालिका–२ निवासी ४७ वर्षीया उर्मिलादेवी यादवको शव शनिबार साँझ स्थानीय कटनियाँ खोलामा फेला परेको प्रहरीले जनाएको छ । बाख्रा चराउन भन्दै घरबाट हिँडेकी उनी घर नफर्केपछि ...

पहिराको त्रासले रित्तियो गाउँ

पल्लोपाखा सामुदायिक माध्यमिक विद्यालयका दुई शिक्षकले यस वर्ष एकैपटक काम छाड्नुभयो । पढाउन थालेको झण्डै १० वर्षमा विद्यालय छाड्नुभएका राजु पौडेल र सात वर्षमा विद्यालय छाड्नुभएका विकास पौडेल विद्यालयबाट मात्रै टाढा हुनुभएन, उहाँहरू जन्मेको थातथलो नै छाडेर हिँड्नुभयो । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराको टारगाउँ...

विकास निर्माणका काममा हामी एकताबद्ध होऔँ : ऊर्जामन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विकासका निर्माणका काममा एकताबद्ध भएर अगाडि बढ्न आग्रह गर्नुभएको छ । ललितपुरको गोदावरी नगरपालिका वडा नं १२ ठेचोमा आज ‘पाको पार्क’ उद्घाटन कार्यक्रममा उहाँले विकास निर्माण निरन्तरको प्रक्रिया भएकाले सबैको ऐक्यबद्धता आवश्यक हुने बताउनुभयो । मन्त्री भुसालले भन्नुभयो, “विक...

द्रौपदी मुर्मु भारतको पन्ध्रौँ राष्ट्रपति घोषित

  भारत सरकारले द्रौपदी मुर्मुलाई देशको पन्ध्रौँ राष्ट्रपति राष्ट्रपति घोषणा गरेको छ । बिहीबार राति मतगणना समाप्तिसँगै राज्यसभाका महासचिव एवम् राष्ट्रपति चुनावका निर्वाचन अधिकृत पिसी मोदीले द्रौपदी मुर्मुलाई दिल्लीस्थित उनको निवासमा राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गरेर आधिकारिक रूपमा देशको...

७४ लाख मूल्य बराबरको सामान बरामद

    करिब रु ७४ लाख मूल्य बराबरको हार्डवेयरका पार्टस एवं खुद्रा सामान बोकेको एउटा ट्रकलाई पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ । बिल विजकभन्दा बढी हार्डवेयरका पार्टस एवं खुद्रा सामान बोकेको ना६ख ५२७३ नंको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बाराम...

जङ्गली जनावरद्वारा बालीनाली नोक्सान

  जिल्लामा जङ्गली जनावरले बालीनाली नोक्सानी गर्न थालेका छन् । दुम्सी, बाँदर, बँदेललगायतका जनावरले यहाँका गाउँघरमा किसानले लगाएका बाली नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका छन् । मकै हुर्किने र घोगा लाग्ने बेलामा जङ्गली जनावरले खाएर तथा भाँचेर नष्ट गर्न थालेपछि किसानलाई समस्या भएको छ । जिल्लाका बोगटान फुड्सिल...