प्रचण्ड गर्मीका कारण स्पेनमा एकै हप्तामा ६७९ को मृत्यु

स्पेनमा प्रचण्ड गर्मीका कारण तातो हावा चल्दा एक हप्तामै ६७९ जनाको मृत्यु भएको छ ।स्पेनको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ जुलाई १० देखि १७ सम्ममामा ६७९ जनाको ज्यान गएको छ । स्वास्थय मन्त्रालयकाअनुसार जुलई १७ मा मात्र एकै दिन १६९ जनाको तातो हावाबाट ज्यान गएको बताइएको छ । यहाँको एक स्वास्थ्य संस्...

भारतमा एक्काईस हजारभन्दा बढी कोरोना सङ्क्रमित

भारतमा बितेका २४ घण्टामा २१ हजार पाँच सय ६६ सङ्क्रमित फेला परेका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ । हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३८ लाखभन्दा बढी पुगेको छ । भारतमा हाल एक लाख ४८ हजार आठ सय ८१ जना सक्रिय सङ्क्रमित छन् । पछिल्लो एक दिनमा १८ हजार दुई सय ९४ कोरोना सङ...

मधेस प्रदेशमा पुनः कोरोना सङ्क्रमण बढ्दै

मधेस प्रदेशमा पछिल्लो केही दिनदेखि कोरोना सङ्क्रमण पुनः बढ्न थालेको भन्दै धनुषा प्रशासनले सतर्कता अपनाउन अपिल गरेको छ । असार महिना अन्तिम सातासम्म मधेस प्रदेशमा शून्य रहेको कोरोना सङ्क्रमण पुनः बढ्न थालेको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले आज सूचना जारी गरी सर्तकर्ता अपनाउन अपिल गरेको हो । हाल कोभिड–१९ को सङ्क...

प्रेस युनियनको महाधिवेशन प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको भोलि साउन ६ गते हेटौँडामा उद्घाटन गर्नुहुने भएको छ । सो महाधिवेशन सञ्चालनका लागि आवश्यक सभागृह तथा सहभागी प्रतिनिधिहरुलाई होटलहरुको व्यवस्थापनलगायत अन्य व्यवस्थापन मिलाइसकिएको महाधिवेशन आयोजक स्थानीय समितिका अध्यक्ष कुमार अधिकारीले जानका...

एक हजारले घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले ओरालो लागेर रु ९३ हजार तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु ९४ हजारमा कारोबार भएका थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ५०० छ । उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला रु...

कर्णाली प्रदेशसभा बैठक सञ्चालन हुन सकेन

सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र)ले सदन बहिष्कार गरेदेखि कर्णाली प्रदेशसभाको बैठक सञ्चालन हुन सकेको छैन । यही साउन ३ गते बसेको प्रदेशसभाको १०औँ अधिवेशनको २६औँ बैठकमा माओवादी केन्द्र सदन र सरकारप्रति असन्तुष्टि जनाउँदै बैठकबाट बाहिरिएको थियो । बैठकको सुरुआतमै सत्ता साझेदार दल बैठकबाट बाहिरिएपछि सभाम...

देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही पहाडी भू–भागका धेरै स्थानमा र अन्य भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम र प्रदेश नं १ का केही स्थानमा भारी वर्षाको सम्भावन...

फुकोट–कर्णाली आयोजनाले स्थानीयलाई १० प्रतिशत सेयर दिने

फुकोट–कर्णाली जलविद्युत् आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत सेयर दिने भएको छ । चार सय ८० मेगावाट क्षमताको उक्त आयोजनाले सेयर दिने निर्णय गरेको हो । प्रभावित क्षेत्र वा जिल्लाभरका बासिन्दालाई दिने भन्ने निर्णय चाँडै गरिने आयोजनाका प्रमुख हीरामन वाइबाले जानकारी दिनुभयो । “स्थानीयलाई सेयर दिने निर्णय गरिएको छ, प्...

महेन्द्रनगर बसपार्कबाट किशोरीको उद्धार

मोबाइल बनाउने बहाना बनाएर काठमाडौँबाट महेन्द्रनगर पु¥याइएकी एक किशोरीको उद्धार गरिएको छ । काठमाडौँबाट नेपालगञ्ज हुँदै महेन्द्रनगर पु¥याएर भारत लैजान लागेको अवस्थामा उनको महेन्द्रनगर बसपार्कबाट उद्धार गरिएको हो । महेन्द्रनगर बसपार्कबाट उदयपुरकी १६ वर्षीया किशोरीलाई गैरसरकारी संस्था साहसी महिला नेपालले उद्धार गरी सुरक...

स्याङ्जामा पोखरीमा डुबेर दुईजनाको मृत्यु

स्याङ्जाको गल्याङ–६ पेलाकोटमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ । बुधबार साँझ पेलाकोटस्थित सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर गल्याङ–६ का ३३ वर्षीया बिन्द्र गुरुङ र चार वर्षीया सोफिया गुरुङको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार सोफिया पोखरीमा डुबेको देखेपछि उनको उद्धार गर्न...