बाढीले मेलम्ची–हेलम्बु सडक अवरुद्ध

गए रातिको वर्षासँगै आएको बाढीले मेलम्ची–हेलम्बु सडकखण्डको ठाउँ–ठाउँमा बाटो बगाउँदा यातायात सेवा अवरुद्ध भएको छ । बाढीले हेलम्बुको चनौटेमा गत वर्षको बाढीपछि बनाइएको सडक क्षतविक्षत बनेको स्थानीय बलसित खड्काले जानकारी दिनुभयो । यस्तै हेलम्बुको ढुङ्गेबजार र मेलम्चीको सीमखेतमा पनि सडक अवरुद्ध भएको मेलम्चीका श्याममणि चा...

सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन निर्देशन

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारसम्बन्धी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले सरोकारवालासँग छलफल गरेको छ । मन्त्रालयले आज सेवा प्रवाहलाई छिटोछरितो एवं व्यवस्थित गर्न हाल प्रचलनमा रहेको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा देखिएका समस्या समाधानका बारेमा छलफल गरेको हो । सो...

बजेट खर्च झण्डै ६६ प्रतिशत

सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ मा विनियोजित कूल बजेटको ६६ दशमलव ६१ प्रतिशत अर्थात् रु २० अर्ब ९६ करोड ६१ लाख ९२ हजार खर्च भएको छ । आर्थिक मामिला मन्त्रालय धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार खर्च रकममध्ये चालुतर्फ रु नौ अर्ब एक करोड ६४ लाख ४० हजार (७१ दशमलव ७१ प्रतिशत) र पुँजीगततर्फ...

सुर्खेतमा दुई क्विन्टल अवैध मङ्गुर माछा जफत गरी नष्ट

कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरबाट दुई क्विन्टल अवैधरूपमा बिक्री वितरण गर्दै आइरहेको मङ्गुर माछा जफत गरी नष्ट पारिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख प्रशासकीय अधिकृत सूर्यबहादुर थापा नेतृत्वको बजार अनुगमन टोलीले मुख्य बजारमा रहेको हटियालाइन र मङ्गलगढी चोकबाट दुई क्विन्टल १० किलोग्राम मा...

रूसी सेना अब पूर्वी यूक्रेनमा ‘मात्र’ केन्द्रित नरहने विदेशमन्त्रीको भनाइ

यूक्रेनमा रुसको सैन्य लक्ष्य ‘केवल’ पूर्वमा मात्र केन्द्रित नरहने रूसले जनाएको छ । विदेशमन्त्री सर्गेई लाभरोभले भने, ‘पश्चिमी हतियारको आपूर्तिले क्रेमलिनको अपेक्षामा परिवर्तन आएको छ । लाभरोभले राज्य सञ्चालित एक सञ्चारमाध्यमलाई दिएको अन्तवार्तामा भने, “अहिले भूगोल फरक छ । यो डोनेट्स्क पिपुल्स रिपब्लिक (डीएनआर) र लु...

पाकिस्तान :डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या पचास पुग्यो

पाकिस्तानमा सोमबार विवाहमा गएका मानिसहरू बोकेको डुङ्गा दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या बुधबार ५० पुगेको अधिकारीहरूले बताएका छन् । करिब १०० मानिस बोकेको डुङ्गा मध्य पञ्जाब प्रान्तको सादिकबादस्थित सिन्धु नदीमा डुबेको थियो । अधिकारीहरूले डुङ्गा दुर्घटनामा परी वेपत्ता अन्य व्यक्तिहरूको खोजी भइरहेको बताएका छन् । ...

भरतपुर विमानस्थल विस्तार चालु आवदेखि शुरु हुन्छ : मन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले भरतपुर विमानस्थल विस्तारको काम चालु आर्थिक वर्षदेखि नै अघि बढ्ने बताउनुभएको छ । भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको विमानस्थल विस्तारसम्बन्धी अन्तक्र्रियामा उहाँले तत्काल काम अघि बढाइने बताउनुभयो । हालसम्म भएका छलफल र कार्यप्रगति सुनेपछि मन्त्री श्रेष...

थप ३९१ जनामा सङ्क्रमण पुष्टि

पछिल्लो समय ३९१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ९८१ जनामा गरिएको परीक्षणमा आज देशभर सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा समिरकुमार अधिकारीले ललितपुरमा २२, भक्तपुर नौ र काठमाडौँमा १८५ जनामा सङ्क्रमित पुष्...

आगामी निर्वाचनसम्म तालमेल हुन्छ : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आगामी निर्वाचनसम्म तालमेल गरेर जाने निर्णय भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले तालमेल गर्न जटिल भए पनि आगामी निर्वाचनसम्म अहिलेकै गठबन्धनको तालमेल हुने बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहको निर्वाचनको अनुभवल...

श्रीलङ्काको राष्ट्रपतिमा रनिल विक्रमसिङ्घे निर्वाचित

देशको नयाँ राष्ट्रपतिमा कार्यवाहक राष्ट्रपति रनिल विक्रमसिङ्घे निर्वाचित भएका छन् । संसद्मा आज भएको राष्ट्रपतीय निर्वाचनमा एकसय ३४ मतका साथ उनी विजयी भएका हुन् । सभामुख महिन्दा यापा अबेवर्देनाले सदनलाई निर्वाचन परिणाम सुनाउँदै विक्रमसिङ्घेका मुख्य प्रतिद्वन्द्वी एसएलपिपीका सांसद दुल्लस अलाहापेरुमाले ८२ मत र नेसन...