युद्धका क्रममा मारिएका ४५ जना युक्रेनी सैनिकको शव रूसले फिर्ता गरेको छ । आफ्ना सैनिकको शव फिर्ती रूससँगको आदानप्रदानको एक हिस्सा भएको युक्रेनी पुनःएकीकरण मन्त्रालयले जनाएको छ । रूस–युक्रेन द्वन्द्वमा मारिएका सैनिकको शव आदानप्रदानका लागि युक्रेनका बेपत्ता व्यक्तिका आयुक्त ओलेग काटेन्को र देशको कानुन कार्यान्वयन निक...

कोरियामा कोरोना सङ्क्रमण बढ्यो

दक्षिण कोरियामा बितेका २४ घण्टामा ७६ हजार चारसय दुईजना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । यो सँगै देशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ८९ लाख ३७ हजार नौसय ७१ पुगेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् । कोरिया डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन एजेन्सीका अनुसार अघिल्लो दिन ७३ हजार पाँचसय ८२ सङ्क्रमित फेला परेका...

फर्जी पूर्जा बनाइ जग्गा बिक्री गरेको खुलासा

काभ्रेपलाञ्चोक, ४ साउन (रासस) ः फर्जी लालपूर्जा बनाइ नक्कली जग्गा बिक्री गरेको खुलासा भएको छ । जिल्ला प्रहरी कार्यालयले अर्काको जग्गा देखाएर नक्कली पूर्जा बनाइ बिक्री गरेको आरोपमा केही व्यक्तिलाई पक्राउ गर्दै थप अनुसन्धान गरिरहेको छ । हुँदै नभएको जग्गा खरिद गर्नेमध्ये चार जनाले प्रहरी कार्यालयमा गरेको उजुरीका आ...

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक सर्वसम्मतिले स्वीकृत

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ माथिको दफाबार छलफल गरियोस् भनी राख्नुभएको प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । राष्ट्रियसभाको आजको बैठकमा उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो । सो अवसरमा मन्त्री पौडेलले छलफलमा उठेका प्रश्नको जवाफ ...

राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक दासानायकेको राजीनामा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिनुभएको छ । श्रीलङ्काली मुलका क्यानेडियन प्रशिक्षक दासानायकेले आफ्नो व्यक्तिगत समस्या देखाउँदै आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आफनो पदबाट राजीनामा घोषणा गर्नुभएको हो । उहाँले आफनो निर्णय अहिलेसम्मकै कठिन निर्णय रहेको भन्दै व्यक्तिगत कारण...

नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.८९ अङ्कले उकालो लागेर दुई हजार ५०.५९ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९७ अङ्कले उकालो लागेर ३९२.५० मा पुगेको छ । कूल २१७ कम्पनीको ४१ लाख ...

खानेपानीका जारभित्र कीरा र लेउ

काठमाडौँ उपत्यकाभित्रै हैजाको महामारी फैलिएको वर्तमान समयमा सर्वसाधारणले पैसा तिरेर पिउने पानीमाथि पानी उत्पादन कम्पनीले अत्यन्तै लापरवाही गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माको नेतृत्वमा चाँगुनारायण नगरपालिका–३ झौखेलमा सञ्चालित विभिन्न खानेपानी कम्पनी अनुगमनका क्रम...

नयाँ प्रविधिको प्रयोगबाट कारबाहीसँगै राजस्व सङ्कलनमा वृद्धि

ट्राफिक प्रहरीले जाँचमा नयाँ प्रविधि प्रयोगमा ल्याएपछि कारबाही र राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको छ । मधेश प्रदेशमा विगतमा जाँचमा प्रयोग गरिएको ‘हैण्डहेड राडर गन’भन्दा पछि प्रयोगमा ल्याइएको ‘सिसी टिभी बिथ राडर गन’ प्रविधिले कारबाहीमा सहजता र राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ...

कर्णाली प्रदेशसभा बैठक सुचारु गर्न सर्वदलीय बैठक बस्दै

कर्णाली प्रदेशसभाको बैठक सुचारु गर्न सभामुख राजबहादुर शाहीले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र)ले मङ्गलबार प्रदेशसभा बहिष्कार गरेपश्चात् स्थगित भएको बैठक सुचारु गर्न उहाँले बैठक बोलाउनुभएको हो । सर्वदलीय बैठक आज दिउँसो ३ बजे बोलाइएको सभामुख शाहीले राससलाई जानकारी द...

दामनमा पाँच हजार किलो स्याउ उत्पादन

थाहा नगरपालिकास्थित दामनमा रहेको शितोष्ण बागवानी केन्द्रले स्याउको बिरुवा पनि उत्पादन गरेको छ । बागवानीमा फुजी, गाला, रेड डेलिसियस, गोल्डेन डेलिसियस स्याउको नयाँ र पुराना गरेर करिब पाँच हेक्टर जमिनमा ५७५ स्याउका बोट रहेको जनाइएको छ । बागवानी प्रमुख रवि केसीले ती बोटबाट यस वर्ष करिब पाँच हजार किलो स्याउ उत्पादन भएको ब...