डेङ्गुका बिरामी बढे

धादिङ जिल्लामा डेङ्गुका बिरामी बढ्न थालेका छन् । पछिल्लो एक महिनाको अवधिमा जिल्ला ४९ डेङ्गुका बिरामी पहिचान भएका हुन् ।बिरामी जाँच गराउन आएकामध्ये धादिङ अस्पतालमा ४६, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा दुई र सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा एक गरी ४९ जनालाई डेङ्गुको सङ्क्रमण पुष्टि भएकोे हो । पोथी लामखुट्टेल...

खेतमा सिक्टाको पानी पुगेपछि किसान हर्षित

सिक्टा सिँचाइ आयोजनाको पानी खेतबारीमा पुगेपछि बाँकेको फत्तेपुरका किसान हर्षित भएका छन् । आयोजनाले पूर्वी नहरमार्फत राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरस्थित पुरानो नहरमा पानी छाडेपछि रमाएका हुन् । वर्षात् नभएका कारण सहजरूपमा धान रोप्न नसकेको बेला खेतबारीमा सिक्टाको पानी पुगेपछि किसानलाई ठूलो राहत पुगेको राप्तीसोनारी ग...

कर्णालीमा यसरी मनाइँदै ‘देउडा तथा साउने सक्रान्ति पर्व’

‘देउडा तथा साउने सङ्क्रान्ति पर्व’ आज कर्णालीमा धुमधामका साथ मनाइँदै छ । आजको दिन तीनै तहका सरकारको चालु आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा लैजाने प्रारम्भको दिन पनि हो । सरकारी तथा सांस्कृतिक दुवै हिसाबले आजको दिन निकै महत्वपूर्ण मानिन्छ । कर्णाली प्रदेश सरकारले ‘देउडा तथा साउने सङ्क्रान...

बन्दीपुर अस्पतालका लागि चिकित्सक र उपकरण माग

तनहुँको बन्दीपुर गाउँपालिकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग बन्दीपुर अस्पतालका लागि चिकित्सक र उपकरण माग गरेको छ । बन्दीपुर अस्पतालमा विगत लामो समयदेखि मेडिकल सुपरिटेण्डेन्ट पद रिक्त रहेको साथै स्थायी दरबन्दीमा रहेका मेडिकल अधिकृत (आठौँ तह) दुवै अध्ययनमा रहेकाले गाउँपालिकाले मन्त्रालयसँग चिकित्सक माग गरेको हो ...

साउने सङ्क्रान्ति मनाइँदै

दिनचाहिँ साउने सङ्क्रान्तिको भए पनि पानीझरी छैन । पानी नपर्दा दुई सातायता धान रोपाइँ बढाउन नसकेका किसान साउने सङ्क्रान्ति पर्वको संस्कृति थेग्न आज ‘लुतो फाल्ने’ तयारीमा छन् । खासगरी युवापुस्ता पर्वविशेषको सो चलनलाई रमाइलो बनाउन आज एकाबिहानैदेखि चहलपहलमा देखिन्छन् । जिल्लाको उत्तरवत्र्ती क्षेत्रका बर्दिवास, गौशाला, और...

बागलुङमा तरकारी, मकै र आलुका पकेट क्षेत्र विकास

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट बागलुङमा आर्थिक वर्ष २०७८÷७९ मा मात्रै ४४ कृषिका संरचना तयार भएका छन् । उत्पादनको भण्डारणका लागि आवश्यक संरचनादेखि कृषि बालीका लागि आवश्यक सिँचाइका संरचना परियोजनाले तयार गरेको हो । यो अवधिमा ६१ यन्त्र तथा उपकरण किसानलाई वितरण गरिएको छ । जिल्लाको ताराखोला गाउँपालिकामा आलु ...

कर्णाली र सुदूरपश्चिम जोड्न कर्णाली नदीमा दुई पुल निर्माण

कर्णाली नदीमाथि सुदूरपश्चिम र कर्णाली प्रदेश जोड्ने थप दुई पक्की पुल निर्माण सम्पन्न छन् । सुदूरपश्चिम प्रदेशको कैलाली र कर्णाली प्रदेशको सुर्खेत जिल्ला जोड्ने पुल बनेका हुन् । पुल निर्माण हुँदा आवतजावतमा सजिलो हुनुका साथै व्यापार व्यवसाय प्रवद्र्धनमा पनि सहज हुने जनाइएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका–११ कुइने ...

रूस–यूक्रेन युद्धका कारण जी–२० को अर्थमन्त्री स्तरीय वार्ता ओझेलमा

रूस–यूक्रेन युद्धले जी–२० समूहलाई विभाजित गरेपछि इन्डोनेसियामा आयोजना भएको शनिबार सम्पन्न २० प्रमुख अर्थतन्त्रको समूहका वित्त मन्त्रीहरूको दुई दिने बैठक समाप्त भएको छ । समूहको वैठकपछि संयुक्त विज्ञप्ति जारी गरी छलफलमा भएका निर्णयबारे सार्वजनिक गराउने परम्परा छ । यद्यपि युद्धका कारण उक्त समूहका सदस्यहरूबीच एक मत हु...

भुक्तानी पाउन नसकेका योजनालाई आगामी आवमा समावेश गर्न निर्देशन

मधेस प्रदेशसभा बैठकले चालु आर्थिक वर्ष २०७८/७९ मा सञ्चालन भई भुक्तानी पाउन नसकेका योजनालाई आगामी आर्थिक वर्ष २०७८/७९ मा समावेश गर्न प्रदेश सरकारलाई निर्देशन दिएको छ । प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यले प्रदेश सरकारको कमजोरी र कर्मचारीको लापरवाहीका कारण आफूहरूको संसदीय कोषबाट सञ्चालित योजनाको समयमा भुक्तानी न...

मकवानपुरगढीले ८० करार कर्मचारीको नवीकरण नगर्ने

मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले यहाँ कार्यरत ८० जना करार कर्मचारीको नियुक्ति नवीकरण नगर्ने भएको छ । गाउँपालिकाको हालको वित्तीय अवस्था कमजोर रहेकाले गाउँपालिकाले करारमा नियुक्त कर्मचारीको करार सम्झौता नवीकरण नगर्ने निर्णय गरेको गाउँपालिकाद्वारा जारी सूचनामा उल्लेख छ । शुक्रबार अबेर बसेको कार्यपालिका बैठकले करार क...