पर्वतमा करेन्ट लागेर वडा सदस्यको मृत्यु

पर्वतमा करेन्ट लागेर एक वडा सदस्यको मृत्यु भएको छ । जिल्लाको विहादी गाउँपालिका–१ बाच्छाका ३९ वर्षीय दीपक गुरुङको आज दिउँसो करेन्ट लागेर मृत्यु भएको हो । गुरुङ गत स्थानीय तह निर्वाचनमा वडा सदस्यमा विजयी हुनुभएको थियो । उनान्चालीस वर्षीय गुरुङको घरमा टाँगिएको फलामको तारमा कपडा सुकाउँदा करेन्ट लागेको र घटनास्थलमै मृत...

अबदेखि मङ्सिरभित्रै योजना सम्झौता

योजना तथा बजेट कार्यान्वयमा बागलुङ नगरपालिकाले कडाइ गर्ने भएको छ । साउनदेखि नै नयाँ आवको बजेट कार्यान्वयन सुरु गरी मङ्सिर मसान्तभित्रैमा योजना सम्झौताको नीतिगत प्रबन्ध गरिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले आव २०७९/८० को स्वीकृत नीति, कार्यक्रम र बजेटमा सो प्रावधान रहेको उल्लेख गर्नुभयो ...

‘फोहर व्यवस्थापनमा कामपालाई सहयोग गर्छाैँ’

चन्द्रागिरि नगरपालिकाले फोहर व्यवस्थापनमा काठमाडौँ महानगरपालिकालाई सहयोग गर्दै थप सहकार्यसमेत गर्ने प्रतिबद्धता जनाएको छ । यसका लागि उपत्यकाभित्रको ठूलो क्षेत्रफल भएका ती पालिकाकाका प्रमुखका बीचमा पहिलोपटक आपसी संवादसमेत भएको छ । कामपा आगामी साउन १ गतेदेखि फोहर व्यवस्थापनअन्तर्गत कुहिने र नकुहिने फोहर अलग–अलग सङ्कलन...

बाँकेमा २८१ फरार प्रतिवादी पक्राउ

बाँकेमा प्रहरीले ठूलो सङ्ख्यामा फरार प्रतिवादी पक्राउ गरेको छ । विभिन्न मितिमा विभिन्न ठाउँबाट पक्राउ परेका उनीहरु चालू आर्थिक वर्ष २०७९÷८० मा २८१ जना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला अदालतबाट दोषी करार भएर कैद भुक्तानबाट बच्ने आशले उनीहरु फरार भए पनि दिनहुँजसो प्रहरीले जिल्लामा फरार प्रतिवादी पक्र...

नेपाल इयुको उडान सुरक्षा सूचीबाट कहिले हट्छ ?

काठमाडौँ, ३२ असार (रासस) : नेपालले हवाई सुरक्षामा विश्वस्तरको मापदण्डअनुरुप उल्लेखनीय प्रगति हासिल गरे पनि युरोपेली सङघ (इयु) ले अझै पनि आफ्नो उडान सुरक्षा सूचीबाट हटाएको छैन । हवाई सुरक्षामा गम्भीर चासो औँल्याउँदै इयुले १० वर्षदेखि नेपालको हवाई उड्डयन क्षेत्रलाई उडान सुरक्षाको सूचीमा राखेको छ । नेपालले हवाई सु...

मेलम्चीवासीको समस्या समाधान गरेर मात्र पानी काठमाडौँ लैजान आग्रह

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले मेलम्चीवासीको समस्या समाधान गरेर मात्र यहाँको पानी काठमाडौँ लैजान आग्रह गर्नुभएको छ । बाढीले तहसनहस बनाएको हेलम्बुलाई सङ्घीय सरकारले बेवास्ता गरेको उहाँको गुनासो थियोे । स्थानीय सरकार र केन्द्र सरकारबीच तालमेल नमिल्दा विगत लामो समयदेखि काठमाडौँवासीको सपनाका रुपमा रहेक...

घरभित्रै जलेको शव भेटियो

चाँगुनारायण नगरपालिका–२ दुवाकोट फक्सिङटार बस्ने ८४ वर्षीय जगतप्रसाद शिल्पकारको शव जलेको अवस्थामा फेला परेको छ । आफ्नै घरको भुइँतलाको कोठामा कम्मरदेखि माथिको भाग जलेर मृत्यु भइरहेको अवस्थामा शव भेटिएको भक्तपुर महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । प्रहरीले घटनास्थलको प्रारम्भिक ...

सत्ता साझेदार बैठकमा गभर्नरका विषयमा छलफल

सत्ता साझेदार दलहरुको बैठकमा हालै विभिन्न सञ्चारमाध्यममा नेकपा (एमाले)को अर्थ तथा योजना विभागको सदस्य एम अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएको विषयमा आएका समाचारबारे चर्चा भएको छ । सञ्चारमा आएका एम अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नै रहेको भनी विभिन्न सञ्चारमाध्यममा समाचार आ...

डोटी पूर्णखोप सुनिश्चित तथा दिगोपन जिल्ला घोषित

डोटीलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । जिल्लाका १६ देखि २३ महिनासम्मका तीन हजार ८६ बालबालिकाले असार महिनाको अन्तिमसम्म पूर्णरुपमा नियमित खोप पाए...

घण्टाघरको घडी ठप्प

सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइले कैलालीको टीकापुरमा घण्टाघर निर्माणका लागि रोयल प्रशंसा जेभीसँग सम्झौता ग¥यो । घण्टाघर निर्माणका लागि एकाइले रोयल प्रशंसासँग २०७५ फागुन १९ गते सम्झौता गरेको थियो । सम्झौताअनुसार निर्माण कम्पनीले २०७७ भदौ २५ गते काम सम्पन्न गर्नुपर्ने भए पनि कोरोना सङ्क...